निर्णय नं. ९३७ - पसलबाट उठाई हक कायम गरी चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३७ - पसलबाट उठाई हक कायम गरी चलन चलाई पाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/06/12 २५६५ निर्णय नं. ९३७ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३१ सालको देवानी पुनरावेदन नम्बर २ फैसला भएको मिति : २०३२।६।१२ मा पुनरावेदीका : काठमाडौं जिल्ला काठमाडौं इन्द्रचोक बस्ने मिश्री कुस्लेनी विरुद्ध विपक्षी : काठमाडौं जिल्ला काठमाडौं भोसीको टोल बस्ने ऐश्वर्यमान श्रेष्ठ समेत विषय : पसलबाट उठाई हक कायम गरी चलन चलाई पाउँ (१) क्षेत्रीय अदालत नियमावली नियम १८ (ङ)–तल्लो तहको निर्णय फरक पर्ने सिंगलबेञ्चले देखेमा उक्त सिंगलबेञ्चको क्षेत्राधिकार समाप्त हुने । (प्रकरण नं. १६) फैसला न्या. वासुदेव शर्मा १. तथ्य यसप्रकार छ : बाजे गुमान सिं कुस्लेलाई १९५५ साल चैत्र वदी २ रोज ४ का हुकूम प्रमांगी सहितका दस्खत पुर्जि बमोजिम बाजे गुमान सिंबाट नक्सा बमोजिमको घरसमेत तयार भएको घरमा बनेको पसलको बहाल लिने कुरामा गुमानसिंका नाउँमा कारवाई चलाउँदा आखिर बहाल बढाबढ गर्ने गरी १९६७।३।३ मा निर्णय हुँदा बढाबढीमा विष्णुमान समेतले कबुल सकार गरेको आखिर बाजे गुमानसिंको निवेदन पर्दा बढाबढ गर्ने विष्णुमान रत्नमानलाई दिनु पर्दैन घर बाहेक पसलको बाहाल गुमानसिंबाटै लिने गरी पसलसमेत गुमान सिंलाई नै थामी दिनु भन्ने १९६७।१९ मा हुकूम प्रमांगी मुताविक कारवाही भई १९६८।२।३० गते बाजे गुमान सिं परलोक भई छोरा पिताजी चक्रमान भन्ने कान्छाको हक भई उहाँ परलोक भई आमा जेठी जोगलक्ष्मी कान्छी कृष्णमायाँको हक भई आमाको हकमा मिश्री र दिदी कर्णमायाँलाई आमा जोगलक्ष्मीले बकसपत्र पास गरी दिई कान्छी कृष्णमायाँको हक छोरी नातिकुमारलाई बकस दिएबाट रोख पोस मिलाई ०२८।९।२२ मा लिखतसमेत गरी भोगचलन गरिआएको उक्त पसल सहितको घर बनाउन का.न.पं.मा नक्सा दर्खास्त गर्दा मेरो हक भनी विपक्षीहरूले उजूर दिनुभयो । रत्नमान विष्णुमान यो नाताको भनी उल्लेख छैन । सन्तान दरसन्तान पर्याप्त उपभोग गर्न पाउने रिपोर्ट सदर भएको र तिरो भोगसमेत चलाएको स्वेच्छाले राखिएका विपक्षीहरूले अनधिकारको रसिदबाट मेरो भनी रु.५००१। मोलिने पूर्व कुमारको घर, पश्चिम बजार सडक उत्तर मठ दक्षिण काश्मिर बजार यति ४ किल्लाको घरको पश्चिम मोहडा पसल कवल ३ र सो सँगै जोडिएको दक्षिण मोहडाका पसल कवल १ समेत म आफैलाई व्यापार गर्न विपक्षहरूलाई उठाई मेरो हक कायम गरी अड्डैबाट चलन चलाई पाउँ भन्नेसमेत ०२८।१२।१ को वादी । २. गुमानसिंको सन्तान दरसन्तान भित्र वा विपक्षी नपर्ने हुँदा सम्पत्तिमा घर र पसलमा हक नलाग्ने हुँदा अ.बं.८२ नं. ले नालिस नलाग्ने भई खारेज गरिदिनु पर्छ । यो वादी विवाहिता छोरी भई मूल पुर्खाको सन्तान दरसन्तानको दायरा भित्र नपर्ने हुँदा घरको हकमा हक नलाग्ने र पसलमा गुमानसिंको हकै पुग्दैन त्यस्तो घर पसलमा वादीले दावा गर्न पाउने हकै छैन गुमानसिंको हक भए बढाबढ गर्नुपर्ने अवस्था छैन वार्षिक रु.५०। सरकारमा बुझाउने गरी मेरो बाजेको नाम सो पसलमा दर्ता रही साविक बहाल बुझाई चलन गरिआएको छु । गुमानसिंको हक भए कबुलियत रहनु पर्ने बाजेको नाममा दर्ता रहने थिएन लिखतहरू देख्न सुन्न पाए नामाकरण गर्नेछु । सुरुदेखि पोता तहसिलमा बहाल बुझाई आएको कुरा विचार गरी विपक्षीको हक लाग्न नसक्ने पसलको बहाल विषयमा निर्माण सञ्चार मन्त्रालयमा लेखापढी भई ०२३।१।१९ मा निर्माण भई बहाल बुझाई रसिद लिएका छौं । विपक्षीको पसलमा कुनै अधिकार नहुँदा पसलबाट उठ्न समे