निर्णय नं. ८२५ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२५ - जग्गा खिचोला भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०४/१८ २२६८ निर्णय नं. ८२५ ने.का.प. २०३१ फुल बेञ्च मानननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०२९ सालको दे.फु.नं. १३३ फैसला भएको मिति : २०३१।४।१८।६ निवेदक : भक्तपुर ठिमी नासननी बस्ने आशबहादुर प्रजापति विरुद्ध विपक्षी : ऐ. पोवु बस्ने लक्ष्मीमाया प्रजापतिसमेत मुद्दा : जग्गा खिचोला (१) जागिरदार खान्गीमा ठेकिएको जग्गा अरू नै मोहीले कमाएकोमा खान्गी खारेज भएपछि जागिरदारको हक स्वतः समाप्त हुने जग्गा जसले कमाई आएको छ, सो कमाउने मोहीकै नाममा दर्ता हुने । पहिले लालमोहर हुँदा धनपुरसिं कुमालले खाएको जग्गा निजकै जागिर जानी भोग गर्न पाउने गरी खान्गीमा ठेकिएको भए पनि १९८० सालको नापीमा जग्गा कमाउने मोही धिर्जमानका नाममा दर्ता हुन गएकोछ र २००३ सालमा सो कुमालले खान्गीमा यो प्रतिवादी आशाबहादुर हुँदा जग्गै आफूले भोग गर्ने गरी पाएको नभई बालीसम्म खान पाउने गरी पाएको निजका नामको २००५ सालको तिर्जामा २००५ सालको गहुँ बाली खाने भन्ने उल्लेख भएबाट प्रमाणित हुन्छ, यस्तो जागिरदार खान्गीमा ठेकिएको जग्गा अरू नै मोहीले कमाएकोमा खान्गी खारेज भएपछि जागिरदारहरुको हक स्वतः समाप्त हुने र जग्गा जसले कमाई आएको छ, सो कमाउने मोहीकै नाममा दर्ता हुने हो यो कुरा स्वयं प्रतिवादीले पनि मानिराखेकै पाइन्छ । खान्गी खारेज भएपछि तिर्जावाला जागिरदारकै नाममा दर्ता हुने कानूनी व्यवस्था भएको पाउन सकिएन । (प्रकरण नं. १५) निवेदक तर्फबाट : अधिवक्ता गङ्गाप्रसाद उप्रेती विपक्षी तर्फबाट : अधिवक्ता इच्छाहर्ष बज्राचार्य उल्लिखित मुद्दा :  फैसला न्या. ईश्वरीराज मिश्र १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : सीताराम कुमालका नाममा मोहियानी दर्ता भएको कंपुकोतमा भाडा बुझाउने कुमाले खान्गीको मचा ।४।१८।७।७ गहुँ ।१४।७।९ घिउ ।९२।३ लागेको हनुमन्ते ताकुया भन्ने खेत ५।३ जग्गा ७५ सालमा हंसराजले सीतारामसँग राजीनामा गरी लिई ७८।११।५ गते निजले मलाई राजीनामा गरी आधा आफैंले ९० सालमा भोग चलन गरिआएका थिए । निज मरेपछि खान्गीदारको हैसियतले आशाबहादुर कुमाल गहुँवालीदेखि भर्ना भई ०३ सालको बाली बुझाई आएको ०४ सालको धानबालीमा प्रतिवादीले खिचोला गरेकोले जग्गा खिचोला र जालसाजी मुद्दासमेत परेकोमा हाम्रै मोहियानी हक ठहरी जालसाजी नठहरी फैसला भयो । त्यसपछि विपक्षीलाई खान्गीबाट झिकी बुद्धिनारायण भर्ना भयो । निजले पनि बाली नबुझेकोले बुझाइपाउँ भन्ने नालिस दिई बुझाउन पाउने ठहरी ०७।८।२७।६ मा फैसला भयो । ०९ सालमा खान्गी खारेज भएपछि मालमा गई हामीहरूका नाममा दर्ता गरिपाउँ भनी दर्खास्त दिएपछि विपक्षीले पनि नामसारी गरिपाउँ भनी दर्खास्त दिएको रहेछ । मालबाट हाम्रो नाममा नामसारी गर्ने फैसला भएकोमा पुनरावेदन परी मध्यमाञ्चल उच्च अदालतमा हकबेहक गरिआउनु भनी सुनाइदिने भन्ने फैसला भयो हुकूमप्रमांगीबमोजिम सर्वोच्च अदालतबाट इन्साफ जाँच हुँदा म.उ.अ.को सदर भई ०२३।९।४।२ मा डिभिजन बेञ्चबाट फैसला भएको सो मितिले ३५ दिनभित्र नालिस गर्न आएको छु । खिचोला मेटाइपाउँ भन्ने समेत वादी । ३. १८७९ सालको लालमोहरबमोजिम कम्पुकोतमा चाहिँदो भाडा बुझाउने शर्तमा पाएको झग