निर्णय नं. ९३८ - उत्प्रेषणको परमादेश वा अन्य उपयुक्त आदेश वा पुर्जि जारी गरी हक प्रचलन गराइ पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३८ - उत्प्रेषणको परमादेश वा अन्य उपयुक्त आदेश वा पुर्जि जारी गरी हक प्रचलन गराइ पाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/10/05 २९४१ निर्णय नं. ९३८ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३२ सालको रिट न.११६१ आदेश भएको मिति : २०३२।१०।५।६ निवेदक : स.स.अ. तथा स.स.अ. कार्यालय स्याङ्जाका का.मु. स.स.अ. भुपनिधि पन्त विरुद्ध विपक्षी : श्री सचिव, कानून तथा न्याय मन्त्रालय सिंहदरबार समेत विषय : उत्प्रेषणको परमादेश वा अन्य उपयुक्त आदेश वा पुर्जि जारी गरी हक प्रचलन गराइ पाउँ (१) बढुवा गर्दा एक विभागीय प्रमुख मातहतको उम्मेद्वार छँदा छँदै अर्को विभागीय प्रमुख मातहतको अदालतको कर्मचारी उम्मेद्वार हुन सक्दैन भन्न नमिल्ने । (प्र.नं. ७) निवेदक तर्फबाट : अधिवक्ता किशोरकुमार अधिकारी फैसला न्या. हेरम्बराज १. बढुवा समितिले सिफारिस गर्ने गरेको सदर गरी कानून तथा न्याय मन्त्रालयबाट विपक्षीलाई नियुक्ति गर्ने गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ । २. तथ्य यसप्रकार छ : मिति ०३२।४।१४ प.सं.न्या.प्र.४३।०३२ च.नं.७४ को कानून तथा न्याय मन्त्रालयले पश्चिमाञ्चल क्षेत्रीय सरकारी अधिवक्ता कार्यालय पोखरालाई लेखेको पत्रमा स्याङ्जा गुल्मीसमेतको स.स.तथा स.स.अ.पदपुर्ति महान्यायाधीवक्ताको कार्यालयबाट सुरुमा ०३०।४।४ मा र पछि ०३१।८।८ को गो.पं.मा सूचना प्रकाशित भएको पहिले सूचनामा सम्बन्धित अञ्चलको सबै संभाव्य उम्मेद्वारले दर्खास्त दिन पाउने भनिएको दोश्रो सूचनामा सरकारी वकिल सम्बन्धी नियमावलीको नियम ५.२ को समेत उल्लेख भई सरकारी वकिल कार्यालय बाहेकका उम्मेद्वारले पनि दर्खास्त दिन पाउने उल्लेख भएको उक्त नियमले अदालतका ३ वर्ष अवधि पुगेका डिट्ठा मुन्सीसमेत उम्मेद्वार हुनसक्ने देखिन्छ । दोश्रो सूचनामा नि.से.नि.र स.व.नियम दुबैको उल्लेख हुँदा अदालतका उम्मेद्वारलाई बाहेक गर्ने स्थिति रहँदैन । तर २ पदको सूचना प्रकाशित भएकोमा महान्यायाधीवक्ताको कार्यालयबाट काज खटिई गएका का.मु.स.अ.तथा स.स.अ.लाई मात्र उम्मेद्वार बनाई १ पद मात्र पूर्ति गरेको उपर्युक्त कारवाही भएको देखिँदैन । तर पूर्तिको सिफारिसतर्फ २ जनाको उजूरी परेको छ । त्यसतर्फ प्राप्त फाइलबाट नै पुरा निर्णय गर्नपर्ने भई विचार गर्दा सब भन्दा बढी अंक पाउने अम्बरबहादुरको उजूरी नै नभएकोले निजको हकमा विचार गर्न उपयुक्त र आवश्यक नभई उजूर गर्ने मध्ये बढी अंक पाउने गण्डकी अञ्चलकै नारायण दत्त गौतमलाई नियुक्ति गर्नपर्ने ठहराई भुपनिधि पन्तलाई सिफारिस गरेको बढुवा समितिको निर्णय बदर गरिएको व्यहोरा आदेशानुसार सूचना गरिएको छ भन्नेसमेत उल्लेख गरेको रहेछ । ३. उक्त विपक्षीलाई नियुक्ति गर्नपर्ने ठहराई गरेको निर्णय बदर गरिपाउँ भनी यस रिट निवेदनमा लिएका मुख्य जिकिरहरू निम्नलिखित छन् । ४. बढुवा गर्नुभन्दा अघि मेरो पदाधिकारी पश्चिमाञ्चल क्षेत्रीय सरकारी अधिवक्ता कार्यालय पोखारामा सारी सकिएको र मलाई एक विभागीय प्रमुख मातहतको एक अञ्चल भित्रको उम्मेद्वार ठहराई अञ्चलाधीशको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवामा सिफारिस गरेकोमा विपक्षीको उजूर परी कानून तथा न्याय मन्त्रालयबाट बढुवा समितिले गर्ने गरेको सिफारिस बदर गरी विपक्षीलाई नियुक्ति गर्ने निर्णय गरिएको छ । जानकारी पाउन अनुरोध गर्दा प्रतिलिपि दिन मिल्दैन भनिएको छ । म एक