निर्णय नं. ९३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/06/06 २३६७ निर्णय नं. ९३९ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको रिट नम्बर ९५७ आदेश भएको मिति : ०३२।६।६।५ मा निवेदक : काठमाडौं नगरपञ्चायत वार्ड नं.९ किलागल बस्ने गजेन्द्रभक्त माथेमा विरुद्ध विपक्षी : श्री म्यानेजर, यातायात संस्थान, नारायणी अञ्चल शाखा समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) नेपाल यातायात संस्थान विनियम, २०२२ को परिच्छेद ६ को नियम ६(२) मा कुनै खास अवस्थामा कारण नदेखाई बर्खास्त गर्न परेमा समितिले कारण जनाई राखी त्यसो गर्न सक्नेछ भन्ने लेखिएकोमा अस्थायी कर्मचारी भएको र माथि लेखिएअनुसारको कुरा रेकर्डबाट समेत प्रमाणित भईरहेको भन्दै निजसँग स्पष्टिकरण माग्न तथा सफाइको मौका दिन आवश्यक नसम्झी नियम ६(२) को प्रतिबन्धात्मक वाक्यांशको अधिकार प्रयोग गरी गरेको निर्णय उक्त विनियम विपरीतको निर्णय भन्न मिल्ने नदेखिने । (प्र.नं. ८) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : सरकारी अधिवक्ता रतनलाल कनौडिया आदेश न्या. धनेन्द्रबहादुर सिंह १. निवेदकलाई हटाउने विपक्षीको मिति ०३०।१।२१ र ०३०।११।३२ का पत्रमा उल्लिखित निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ । २. तथ्य यसप्रकार छ : नेपाल यातायात संस्थान नारायणी अञ्चल शाखा नेपाल रेलवेको ०३०।१।२१ को पत्रमा एकाउन्टेण्ट श्री गजेन्द्रभक्त माथेमाले नेशनल ट्रेडिङ्ग लिमिटेडको सेवामा रहँदा त्यस संस्थानको सम्पत्ति मासी आएको अभियोगमा ने.ट्रे.लि.कर्मचारी नियमावली बमोजिम विभागीय कारवाई भई ०२५।५।१७ को मितिदेखि त्यस संस्थानको सेवाबाट निज अलगिनु भएको र निजले संस्थाको सम्पत्ति हिनामिना गरेको विषयमा श्री ५ को सरकार विशेष प्रहरी विभागबाट अद्यापी कारवाई चलिरहेको व्यहोरा थाहा हुन आएकोले उक्त कारवाईको टुड्डो नलागेसम्म निजलाई यस संस्थानको सेवाबाट हटाइएको सूचना निजलाई दिन हुन आदेशानुसार जानकारी दिएको छु भनी केन्दीय कार्यालयको प.सं.प.४ सि.३१९९ मिति ०३०।१।२० को पत्र प्राप्त हुन आएको हुँदा तपाईं जिम्मा भएको नगदी जिन्सी कागजजात इत्यादिहरू बुझाउन सूचित गरिन्छ भन्ने र नेपाल यातायात संस्थान केन्द्रीय कार्यालय टेकुको ०३०।११।१२ को पत्रमा गजेन्द्रभक्त माथेमालाई नेशनल टेडिङ्गमा सम्पत्ति हिनामिना गरेको अभियोगमा सेवाबाट हटाउनुको साथै निज माथि विशेष प्रहरी विभागबाट समेत कारवाही चलाई राखेको बुझिएको एवं निजले यस संस्थानमा पनि जनकपुर रेलवेको तत्कालिन एकाउन्टेण्ट पदमा रहँदा लेखा परीक्षकको रिपोर्टअनुसार संस्थानको हित विपरीत काम गरेको देखिएकोले निजको काम प्रति विलकुलै कुनै विश्वासनीय आधार पनि नभएको साथै निज लोकसेवा आयोगबाट तथा सञ्चालक समितिबाट समेत नियमानुसार स्थायी भई नसकेको कर्मचारी भएकोले आर्थिक तथा प्रशासनीय दृष्टिकोणबाट निजको सेवाको आवश्यकता पनि नपरेको हुँदा निजलाई संस्थानको सेवाबाट हटाई खारेज गर्ने र सोही व्यहोरा सूचनासमेत दिने गरी सञ्चालक समितिबाट निर्णय भएकोले सो अनुसार आवश्यक कारवाहीको लागि सूचना गरिएको छ भन्नेसमेत उल्लेख भएको रहेछ । ३. निवेदकलाई हटाउने विपक्षीको मिति ०३०।१।२१ र ०३०।११।२२ को पत्रमा उल्लिखित निर्णय बदर गरिपाउँ भनी पर्न आएको यो रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यसप्रकार छन् : सेवाबाट ह