निर्णय नं. ९४० - उत्प्रेषणको युक्त परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४० - उत्प्रेषणको युक्त परमादेशको आदेश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/09/10 २६३२ निर्णय नं. ९४० ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् ०३१ सालको रिट नम्बर १२१९ आदेश भएको मिति : २०३२।९।१०।५ मा निवेदक : तनहुँ जि.सेमघर हटिया गा.पं.वार्ड नं.८ बस्ने सिरुमायाँ न्यौपानेसमेत विरुद्ध विपक्षी : भूमिप्रशासन कार्यालय नवलपरासी समेत विषय : उत्प्रेषणको युक्त परमादेशको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ ले मोहियानी हकको राजीनामा हुनै नसक्नेमा राजीनामा गराएको छु भन्ने निवेदकको भनाई बमोजिम हक प्रचलन गराउँन नमिल्ने । (प्र.नं. ८) आदेश न्या. हेरम्बराज १. विपक्षी भूमिप्रशासन कार्यालयको ०३१।६।१६ को तामेली निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ । २. तथ्य यसप्रकार छ : मैले प्राप्त गरेको जग्गाधनी प्रमाण पुर्जामा मोहीको महलमा विष्णुदेवको नाम रहन गएको छ त्यसमा मोहीको महलमा नाम लेखिएको बाहेक विष्णुदेव पाध्याको कुनै अस्तित्त्व छैन आफ्नो हक राजीनामा हुँदाकै बखत छोडी सक्नुभएको छ । त्यसकारण उक्त पुर्जाको मोहियानी महलबाट निज विष्णुदेव उपाध्यायको नाम कट्टा गरिपाउँ भन्ने निवेदन र जग्गा आफैले कमाई खानुहोला भनेकोले नाता सम्बन्धले सहीछाप बसी दिएको मात्र हो मोहियानी छाड्ने विचारले होइन भन्ने विष्णुदेवको व्यहोरा भएकोमा मोहीले मोहियानी छोड्न चाहेको भई छाडेकोमा दफा २६ को उपदफा १ को प्रतिबन्धात्मक वाक्यांश अनुसारको रीत पुगी कार्यालयबाटसमेत छानबिन भई मोहीको दर्ता किताबसमेत सच्चाइएको नदेखिएकोले विपक्ष विष्णुदेव उपाध्याय उल्लेखित उक्त जग्गाको मोही कायम नै रहेको देखिन आएकोले पक्षको दावी कानूनी देखिएन तसर्थ यो मिसिल तामेलीमा राखी दिने ठहर्छ भनी भूमिप्रशासकको निर्णय रहेछ। ३. उक्त निर्णय बदर गरिपाउँ भनी यो रिट निवेदनमा लिएका मुख्य जिकिरहरू यसप्रकार छन् : जग्गाधनी र मोहीको सम्बन्ध करारीय सम्बन्ध हो र यस प्रकारको पृथक व्यक्तित्व भएका सगोलको व्यक्तिमा हुन सक्दैन र मोही सम्बन्धमा गरिएको व्यवस्था आफै जग्गाधनी आफै मोही हुनेलाई लागू हुँदैन यसप्रकार जग्गाको हस्तान्तरण पश्चात् विपक्षी विष्णुदेव पाध्या कहिले मोहीको हैसियतमा रहनुभएको छैन नत भूमिसम्बन्धी ऐनको दफा ३४(१) अनुसार निवेदकसँग कबुलियत नै भएको छ न २४(२) अनुसार कूत बुझाएको भरपाई नै छ जसको अभावमा मोहीको हैसियत रहन्न । वस्तुतः उक्त राजीनामाको रजिष्ट्रेशन पासको फलस्वरुप विपक्षीको उक्त जग्गामा सबै प्रकारको दावा समाप्त भएको छ । ४. विपक्षी भूमिप्रशासकको लिखित जवाफमा निज मोही विष्णुदेवले मोहियानी हक छाड्न मञ्जुर छ भनी साक्षी बसेपछि निवेदक धनीहरूले मौकैमा भू.सु.ऐन, ०२१ को संशोधन सहितको दफा २६ (१) (क) मा व्यवस्था भएको प्रतिबन्धात्मक वाक्यांश पुरा भए गरेको हुनुपर्दछ । त्यसपछि मात्र मोहीले छाडेको मानिने छ भन्नेसमेत र विपक्षी विष्णुदेवको लिखित जवाफमा विपक्षले जग्गा किनेपछि मात्र म मोही भएको नभई पहिले देखि नै मोही भएकोले विपक्षीसँग कबुलियत गराई दिने कुनै आवश्यक भएन जग्गा मैले नै कमाई रहेको र कूत बुझाई आएको सम्बन्धमा भूमिप्रशासन कार्यालयमा प्रमाण पेश गरेकै छु भन्नेसमेत उल्लेख भएको रहेछ । ५. निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ को अभाव