निर्णय नं. ९४१ - जोत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४१ - जोत बदर भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/10/09 २४८४ निर्णय नं. ९४१ ने.का.प. २०३२ फुल बेञ्च सम्मानीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको दे.फु.नं. ८९ निवेदक : भक्तपुर जिल्ला सरस्वतीखेल बस्ने कृष्णबहादुर थापा क्षेत्री विरुद्ध विपक्षी : ऐ.ऐ. ७ नं.नुवाकोट बस्ने किर्तिमान प्रधान मुद्दा : जोत बदर (१) परस्पर अमिल्दो किसिमले बकेको कुराहरू प्रमाण योग्य मान्न नमिल्ने । (प्र.नं. ९) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : मेरी श्रीमती भिमकुमारीका नाममा दर्ता भ.पु.१७ नं.मौजे गाखुको साविक कि.नं.९२२ ख को रोपनी ४।। र मेरो दर्ता कि.नं.९२२ क को रोपनी १।।। समेत म आफैले जोत कमोत गरिआएको ०२१ सालको गहुँ बाली लुटेमा मेरो नालिस परिराखेको छ सो जग्गा हालको सर्भे नापीमा कि.नं.४२ ग भएको छ खुद म आफैले कमाएको जग्गालाई म जोताहा भनी विपक्षीले आफ्नो नाम लेखी अस्थायी पुर्जा लिएको सो जग्गाको लगत प्रकाशन भएकोबाट थाहा भएकोले प्रकाशन भएको मितिले ३५ दिनभित्र उजूर दिन आएको छु । विपक्षीका नाउँमा लेखाएको जोत बदर गरी मेरो नाममा कायम गरिपाउँ भन्नेसमेत वादी । ३. सो जग्गा वादीले कमाएको छैन वास्तविक जग्गा कमाउने मेरो नाउँमा जोताहा कायम भई फिल्ड बुकमा दर्ता भएको हो भन्नेसमेत प्रतिवादी । ४. २०२१ सालको बाली लुटपिटमा दुबै पक्षले दिएको मुद्दामा जोत प्रतिवादीको कायम भएको र फिल्डबुकमा जोताहा प्रतिवादी कायम भएको देखिएको समेत हुनाले दावी झुट्टा ठहर्छ भन्ने भ.पु.जि.अ.को फैसला । सो उपर चिक्त बुझेन इन्साफ जाँच गरिपाउँ भन्ने वादीको निवेदन परेकोमा प्रधान न्यायाधीशले निवेदनको व्यहोरा हेरी अन्याय परेको देखिन्छ भने रुल नियमबमोजिम मिसिल झिकी हेरी हेर्न लगाई निर्णय गर्नु भनी तहाँ पठाई दिनु भन्ने हुकूम बक्सेको छ भनी विशेष जाहेरी विभाग राजदरबारबाट ०२६।२।२१।३ मा लेखी आई तत्कालिन श्री प्रधान न्यायाधीशबाट इन्साफ जाँच गर्ने निस्सा भएको । ५. बाली लुटे भनी किर्तिमानले चलाएको लूटपीट मुद्दामा बाली लुटेको ठहरी बा.अं.अ.बाट ०३०।२।१९ मा फैसला भई अन्तिम भएकोबाट प्रतिवादी किर्तिमान जोताहा मोही भन्ने प्रमाणित हुन आएको छ अधिकांश सरजमिनले पनि ०२१ सालदेखि जग्गा प्रतिवादीले कमोद गरेको भनेको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) मा १ वर्ष जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त हुने व्यवस्था गरेको समेतबाट जोताहा मोही प्रतिवादी रहेनछ भन्ने मिलेन कूत बुझाएको रसिद दिएन दिलाई पाउँ भनी किर्तिमानले दिएको मुद्दामा तारिख गुजारी ०१६।९।५।१ मा डिसमिस भएको ०१६ सालको नापीमा किर्तिमानले मोही लेखाएकोमा कृष्णबहादुरको सर्भेमा उजूरी परी किर्तिमानलाई बुझ्दा कृष्णबहादुरकै मोही हुन् भनी कागज गरी दिएको भन्ने हकमा भू.सं.ऐन,०२१ को दफा २५(२) ले १ वर्ष जोत कमोद गरे पनि सोही कायम हुने व्यवस्था गरेको सरजमिनले ०२१ सालदेखि जग्गा किर्तिमानले जोत कमोद गरेको भनेको देखिनाले त्यसभन्दा पहिलेको प्रमाणले ०२१ सालदेखिको जोत कमोदलाई बदर गर्न