निर्णय नं. ८२६ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२६ - डाँका भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/१०/२६ २२२४ निर्णय नं. ८२६ ने.का.प. २०३१ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३० सालको फौजदारी पुनरावेदन नम्वर ८१३ फैसला भएको मिति : २०३०।१०।२६।६ पुनरावेदक : भारत जिल्ला मोतिहारी थाना तुर्कीलिया मौजे गोविन्दपुर घर भई हाल केन्द्रीय कारगार वीरगञ्जमा थुनामा रहेको रामचन्द्र राय अहिर विरुद्ध विपक्षी : अनुप महतो कोइरीको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका (१) मरणासन्न अवस्थामा भएको कागजलाई प्रमाण मानी डाँका गरेको ठहर्छ भन्न नमिल्ने । जाहेर उजूरवालाको जाहेरीमा ढोका तोडेको आवाजमा ब्युँझेको भन्ने र कागज बयानमा ढोकाभित्रको आलमाडी तोड्दा व्यूँझेको भन्ने लेखाई देखिन्छ र मौकामा ब्रहृमदेव र रामपरिछनलाई चिनें अरूलाई चिन्न सकिनँ भनी जाहेर उजूरवालाले उल्लेख गरेको छ । जाहेर उजूरवालाले चिनेका भनी उल्लेख गरेका व्यक्ति व्रहृमदेव र रामपरिछन समेत वारदातमा नठहरी सफाई दिएकोमा पुनरावेदन परेको देखिँदैन । उजूरवालाको घर मौका वारदातमा उजूरवाला र सर्जमिनका व्यक्तिसमेत कुनैले पनि प्र.पुनरावेदक रामचन्द्रलाई देखे चिनेको छैन । डाँकातर्फ बन्दुक फायर गरेको भनी मौकामा समात्न पक्रन नसक्ने उजूरवाला र नाम सर्जमिनका मानिस डाँका वारदात गरी गइसकेपछि डाँकाको पिछा गरी गएको भनिएको छ र खेतमा प्रतिवादी रामचन्द्रलाई भेट्टाएको भनी पक्राउ गरी कुटपिट गरी बेहोस भएपछि हथौडा (घन) र ट्रान्जिष्टर रेडियोको साथ पक्राउ गरी उजूरी दर्खास्त गर्नुभन्दा अगावै प्रहरीमा बुझाएको देखिन्छ । बरामद गराएको भनेको रेडियो गाउँपञ्चायतको भन्ने देखिन्छ । गाउँपञ्चायतको घरमा चोरी भएको छैन । रेडियो उजूरवालाका घरमा रहनु पर्ने मनासिव माफिकको कारण केही देखिँदैन । हतौडा (घन) भनेको पनि प्रतिवादी रामचन्द्रकै हो भन्ने नाम नं.घर अंकित हुने चिज होइन । सर्वसाधारण चिज हो सो हतौडा र रेडियो प्रतिवादीबाट बरामद भएको भन्ने कुरा नै शंकाजनक देखिन आउँछ । प्रतिवादी पुनरावेदक रामचन्द्र प्रहरीमा कागज गर्दा डाँका वारदात गरेमा सावित भई पुनरावेदन कागज गरिदिएको भन्ने हकमा प्रतिवादी पुनरावेदकलाई उजूरवाला समेतले पक्राउ गरी कुटपिट गरी बेहोस अवस्थामा प्रहरीमा बुझाएको प्रहरीले कागज गराएको मितिसम्मै निज प्र.रामचन्द्र मरणासन्न अवस्थामा रहेको डाक्टरको रायबाट देखिन आउँछ त्यस्तो अवस्थामा भएको कागजलाई प्रमाण मानी डाँका गरेको ठहर्छ भन्न नमिल्ने भएकोले समेत प्रतिवादी पुनरावेदक रामचन्द्रले डाँका गरेको ठहर्दैन । निजले सफाई पाउने ठहर्छ । तपसीलबमोजिम लगत दिई मिसिल नियमबमोजिम बुझाइदिनु । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : वैतनिक अधिवक्ता बलराम काफ्ले फैसला न्या. झपटसिंह रावल १. बारा जिल्ला अदालतले गरेको इन्साफ सदर ठहराई नारायणी अञ्चल अदालतबाट भएको फैसलामा चित्त बुझेन भन्ने प्र.रामचन्द्र राय अहिरको पुनरावेदन परी आएको यस मुद्दाको तथ्य यसप्रकार छन् : २. २०२६।६।२०।२ का रात म घरभित्र सुती निदाइरहेको बखत अं.१२, १ बजे रातको टायममा हातमा बन्दुक, भाला गडासा, घन, लाइटसमेत लिई २५, २६ जना आई ढोकामा फलामको घनले हिर्काउँदाको आवाजले निन्द्रा व्युँझी उठी हेर्दा, ठाकुर राउत अहिर ब्रहृमदेव र रामपरिछनसमेतलाई डाँकाले बालेका लाइटको उज्यालोले देखी चिनी ज्यान जोगाउन घरबाट बाहिर निस्की गाउँलेको मद्दतले डाँका भनी कराउँदा मेरा तपसीलका धनमालसमेत डाँका गरेकोले डाँकालाई लखेट्दै जा