निर्णय नं. ८२७ - हकसफा गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२७ - हकसफा गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०४/२९ २११६ निर्णय नं. ८२७ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १६६ फैसला भएको मिति : २०३१।४।२९।३ मा निवेदक : दाङ गैराखुटी बस्ने चूर्णबहादुर बुढाथोकी विरुद्ध विपक्षी : दाङ हरिद्वार वगिया धनी बस्ने चिन्तामणि उपाध्याय मुद्दा : हकसफा गरिपाउँ (१) निखनाइपाउँ भन्ने कुरामा निखन्न दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने बाहेक अरू कुरामा रजिष्ट्रेशनको ३५ नं.२ दफाले माललाई अधिकार प्रदान गरेको । प्रस्तुत मुद्दामा प्रतिवादीले बयान गर्दा हक सफा गर्न पाउने ६ महिना ऐनको म्याद नाघेकाले थैली बुझ्न मञ्जुर छैन भन्नेसम्म जुन कारण देखाएको छ, त्यो प्रमाण बुझी इन्साफ दिनु पर्ने हकबेहकसम्बन्धी कुरा होइन । त्यो त मालमै रहेको श्रेस्ता कागज र लेनदेन व्यवहारको ११ नं. को आधारमा मालबाटै निर्णय गर्न सकिने कुरा हो । कानूनले उजूर सुन्ने अधिकार दिएको छ भने त्यो उजूरी कानूनको म्यादभित्र परेको छ, छैन भन्ने प्रारम्भिक कुरा उजूर सुन्ने अड्डाले हेर्न नपाउने हुँदैन । निखनाइपाउँ भन्ने कुरामा निखन्न दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने बाहेक अरू कुरा उक्त रजिष्ट्रेशनको ३५ नं.२ दफाले माललाई अधिकार प्रदान गरेकै छ प्रस्तुत मुद्दामा उक्त रजिष्ट्रेशनको ३५ नं.२ दफाबमोजिम मालले नालिस गर्नु भनी सुनाउने अवस्थाको जस्तो कि सबूत प्रमाण बुझी त्यसको आधारमा निर्णय गर्नुपर्ने हक बेहकसम्बन्धी प्रश्न नै नउठेकोमा हकबेहक गर्ने अधिकार नभएको माल र प्र.जि.अ.ले फैसला गरेको बदर हुन्छ भनी ०२६।८।२३।२ को डिभिजन बेञ्चले कारवाईको सम्बन्धमा निर्णय गरेको देखिँदा अन्तिम फैसला नभएकोले त्यसको औचित्य हेर्न हुँनेमै उक्त निर्णयमा देखाएको तथ्य मिलेको नदेखिएकाले निवेदकतर्फका विद्वान अधिवक्ताले उठाउनु भएको उपरोक्त तर्कतर्फ अरू विचार गरिरहनु नै परेन । उक्त ०२६।८।२३।२ को डिभिजन बेञ्चको फैसला र सो आधारमा तहतह निर्णय हुँदै आएको राप्ती अञ्चल अदालत तथा ०२८।४।५।८ को डिभिजन बेञ्चको फैसलासमेत बदर हुने ठहर्छ । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट उल्लिखित मुद्दा : १.दे.फु.नं. ११२ डि.नारायणदत्त वि.ले.ज.माधव शमशेर, जिमिदारी जिरायत २. दे.फु.नं. १३३ जिवछ साहू रौनियार वि.रामरत्न माडवारी, जग्गा दर्ता फैसला न्या. वाशुदेव शर्मा १. प्रस्तुत मुद्दा ०२८।७।२।३ को डिभिजन बेञ्चबाट छिनेको दोहर्‍याइपाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग राजदरवारमार्फत ०२८।९।६।३ को हुकूम प्रमांगी बक्स भई आई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : दाजु पद्मप्रसादले दाङ प्र.अ.स.मौजे चैनपुरको ।।।२ पंक्ति जिमिदारी जग्गा विगाहा ३।।४।।२ जग्गा थैली रू.४५००। मा चूर्णबहादुर बुढाथोकीलाई २०२३।७।२ मा राजीनामा पास गरिदिएकोले ०२४।१।१ का दिन थाहा पाएको हुँदा सो दिन हक निखन्न जाँदा निखन्न नदिएकोले थैली रू.४५००। धरौट राख्न ल्याएको छु । थैली चूर्णबहादुरलाई बुझाई हक निखनी पाउँ भन्ने समेत ०२४।२।२।३ को वादी । ३. ६ महिना म्याद नाघिसकेपछि थैली धरौट राखेको हुँदा निखन्न दिन मञ्जुर छ