निर्णय नं. ९४५ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४५ - ज्यान भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/10/18 २९५० निर्णय नं. ९४५ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको फौज्दारी पुनरावेदन नम्बर ९२ फैसला भएको मिति : २०३२।१०।१८।५ पुनरावेदक : (हेमबहादुर गौतमको जाहेरीले) वादी श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जि. मोरङ विराटनगर न.पं. वा.नं. ८ बस्ने मोहनचन्द्र अधिकारी समेत मुद्दा : ज्यान (१) अ.बं.१८६ नं.का व्यवस्थाअनुसार मृत्युदण्ड सर्वस्वसहित जन्मकैद वा जन्मकैद भएका व्यक्तिका हकमा मात्र साधक जाहेर हुने नभई पुरै मुद्दाको साधक जाहेर हुने कानूनी व्यवस्था देखिने, त्यस्तो सजाय नभएका व्यक्तिका हकमा साधक तहबाट सजाय घटाउन नमिल्ने भन्ने जिकिर मुनासिव नदेखिने । (प्र.नं. २४) पुनरावेदक तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल फैसला न्या.वासुदेव शर्मा १. हेमबहादुर गौतमको जाहेरी परेको कर्णबहादुर मरेको ज्यान मुद्दामा विशेष अदालत मुकाम मेची अं.इलामबाट २०३०।११।२३।४ मा जाहेरी फैसला भए उपर वादी श्री ५ को सरकारको पुनरावेदन परिआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ । २. सगोलको मेरा दाजु कर्णबहादुर गौतम ०२८।२।३ गते पञ्चायततर्फ जानु भएको रात अं.८ बजेको समयमा दाइकै हली आई ज्यामीरगडीदेखि धुलाबारी जाने मूलबाटोमा मालिक कर्णबहादुरलाई कसले खुन गरी मारेछ भन्न आएकोले गई हेर्दा प्र.पं.समेत धेरै मानिसहरू बसेको रहेछन् । दाजुलाई कसले काटी मारेको अपराधी पक्राउ गरी सजाय गरिपाउँ भन्ने ०२८।२।४।३ को हेमबहादुरको जाहेरी र मेरा पिताले मसँग मलाई प्र.पं.बलबहादुर कुजो राजबंशी खोका राजबंशी, विरेन्द्र राजबंशी, झम्कु राजबंशी, लोकबहादुर समेतका मानिसले खुन खान्छौं भन्दैछन् मार्छन् क्यार पञ्चायतमा जाँदा खबरै भए नोकरलाई लिन पठाउनु भनी अहर्‍याई राख्नु भएको थियो सो बमोजिम गरेको थिएँ । ०२८।२।३ गते साँझ ६ बजेसम्म नआउँदा नोकर ललितबहादुरलाई लिन पठाएको अं.२ घण्टापछि मालिकलाई कसले मारेछ भन्न आएकोले गई हेर्दा लास देखें कर्तव्यबाटै मरेको हुँदा लेखिएका व्यक्तिहरू र विसु राजबंशी उपर शङ्का लाग्छ भन्नेसमेत मर्नेकी श्रीमती पुष्पा कुमारी गौतमको ०२८।३।२।४ को कागज । ३. गए जेष्ठ ३ गते मालिक आइपुग्नु भएन लिन जाउ भनी जेठा मालिक्नीले अह्राएकोले साँझ ६ बजे पञ्चायततर्फ जाँदा लास देखि अं.१० कदम उत्तर प्र.पं.बलबहादुर घुमनाथ आउँदै रहेछन् को भन्नु भएपछि कर्णबहादुरको गोठालो भन्दा ए हामी भन्दा अगाडि नै गए भन्नु भो घरमा पुग्नु भएको छैन भन्दा सिमल छेउमा रक्सी खाएको मानिस होकि को लडेको छ । बोलाँउदा बोलेन उज्यालो नहुँदा राम्रो चिनिएन भन्नु भएबाट गई उज्यालो बाली हेर्दा मारिरहेको देखियो निजैहरूको कर्तव्यबाट मारेको जस्तो लाग्छ भन्ने समेत ललितबहादुरको कागज । ४. चुपीको दाप खोकाको हो खोका लालबहादुर समेत भई मारेको शड्ढा लाग्छ भन्ने समेत लालबहादुर शङ्करप्रसाद समेतको र प्र.पं.बलबहादुरले बोलाएकोबाट जाँदा कर्णबहादुर मरेको रहेछ को कस्ले मारे मलाई थाहा छैन भन्ने समेत मेघराजको कागज । ५. २०२८।२।३ गते स्कूल बनाउने मिटिङ् भनी पञ्चायतमा गएको ६ बजे आज भएन भोलि भनी प्र.पं.ले भनेबाट हिड्यौं कर्णबहादुर धनियाँको दोकानमा थिए शंकर मेघराज कर्णबहादुरतर्फ जान हिंडे म र लोकबहादुर चिया खाई नून र मट्टितेल लिई घर गयौं तारणीको घरमा गाँजा खाई लोकबहादुर घर हिंडे कर्णबहादुरको नोकरले कर्णबहादुर कर्