निर्णय नं. ९४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/06/05 २८४१ निर्णय नं. ९४६ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको रिट नम्बर १२४२ आदेश भएको मिति : ०३२।६।५।१ निवेदक : का.जि. आदर्श गा.पं. वार्ड नं. १ बस्ने गणेशप्रसाद खरेल विरुद्ध विपक्षी : श्री मूलपूजारीमार्फत श्रीपशुपति अमालकोट कचहरी जयवागेश्वरी समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गाको बाली गुठी संस्थानमा धरौट राख्ने अवस्था कानूनमा भएको नदेखिने । (प्र.नं. ७) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल आदेश न्या. वासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरी विपक्षीहरूले गरेको निर्णय बदर गरी संवैधानिक तथा कानूनी हकको प्रचलन कायम गरिपाउँ भनी प्रस्तुत रिट निवेदन मिति २०३१।९।४।५ मा दर्ता भएको रहेछ । संक्षिप्त तथ्य यसप्रकार छ : श्री पशुपति अमालकोट कचहरी कार्यालयका खान्गीदार देसवर प्रधानको खान्गीमा दर्ता भएको सकिचा पाल खेत रोपनी ।।।ऽ को कूत मुरी १। घ्यू १।२४ पैसा लागेको खला १ र ऐ.सालको कूत मुरी १। लागेको सकिचा पाल रोपनी ।।।ऽ खला १ समेत जम्मा जग्गा खला २ को रोपनी १।।ऽ को कित्ता २ जग्गाको साविक जग्गा कमाउने मोही गणेशप्रसाद खरेलले २०२९ सालको बाली बराबर बाली नदिएकोले पशुपति अमालकोट कचहरी कार्यालयलाई भइरहेको सनद बमोजिम टाँस गरी बाली उपर गरिपाउँ भन्ने खान्गिदार साविकमा देसवार प्रधान हालको तहविलदार हेमराज वैद्यको श्री पशुपति अमालकोट कचहरी कार्यालयमा मिति ०३०।१।४।२ मा दर्खास्त पर्न आएकोले श्री पशुपति अमालकोट कचहरी कार्यालय समेतलाई भइरहेको सनद बमोजिम दिन १० को मोहीका नाउँको बाली कूत या जग्गा पजनी हुने बारेको म्याद काटी मिति ०३०।१।२९।६ मा म्याद टाँस हुन गएको र सो म्यादको टाँस मुचुल्कामा साक्षी बस्न नमिल्ने भनी भगवानस्थान आ.गा.पं.का वडापञ्चको पत्र जवाफसमेत संलग्न राखी मोहीको घरदैलामा म्याद टाँस भएकोमा उक्त म्यादमा उल्लेख भएको दिन १० भित्र साविकवाला मोहीले श्री पशुपति अमालकोट कचहरी कार्यालयमा लाग्ने बाली बुझाई जग्गा सकार गर्नुपर्नेमा सो नगरी त्यसै बसेको र हकदारको म्याद दिन ३ दिएकोमा सो हकदारको म्यादभित्र हकदारले कबुल गर्न आउनुपर्ने सो नआएकोले हकदार तथा मोहीको म्यादसमेत गुज्रेकोले जसले कबुल गर्छ उसैका नाउँमा बाली कूतमा जग्गा सकार गरी लिन पाउने हुनाले सो बखत मिति २०३०।२।११ गतेमा का.जि. देवपाटन गौरीघाट बस्ने मिठुदेवी सेढाईंले उक्त जग्गा खला २को रोपनी १।।ऽ को कूत मुरी २।घ्यू र ।२४ पैसा समेत राखी रु.१। को नोट साथै राखी उक्त जग्गा म सकार गरी लिन पाउँ भनी दरर्खास्त दर्ता गर्नु भएपछि दिनको ४बजेर १० मिनेट जाँदा घर दैलामा बाली कूतमा जग्गा टाँस गराउने साविकवाला लगत दर्ता भएका का.जि.कुमारीगाल बस्ने गणेशप्रसाद खरेलले बेटिकटको हु. द्वारा मैले श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालयबाट मिति २०३०।१।२९।६मा टाँस गरेको जग्गाको बाली मिति २०३०।२।५ गतेमा गुठी संस्थानमा धरौट राखेकोले सूचित गरेको छु भनी पठाएको मिति २०३०।२।५ को पत्र मिति ०३०।२।११ गतेमा प्राप्त हुन आएको हुनाले मिति २०३०।२।१२।६ मा श्री पशुपतिनाथ अमालकोट कचहरी कार्यालयको खान्गीदारको खान्गीवाला ताहाँ धरौट राखेको भन्ने गणेशप्रसादको पत्रद्वारा जानकारी हुन आएको हुनाले सो धरौटी रहेको भए कुन स्थानमा धर