निर्णय नं. ९४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/05/12 २४४२ निर्णय नं. ९४७ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३१ सालको रिट नम्बर १४०७ आदेश भएको मिति : २०३२।५।१२।५ निवेदक : का.जि. मनमैजु गा.पं. वडा नं. ८ बस्ने वसन्तराज शर्मा समेत विरुद्ध विपक्षी : माननीय उद्योग तथा वाणिज्य राज्यमन्त्री श्री ५ को सरकार समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) नेपालको संविधानको धारा १० ले कानूनमा समान संरक्षण हुनेमा, कसैलाई केही कसैलाई केही गर्ने गरी घर भएको वा नभएको भनी विशेषता देखाएको संवैधानिक संरक्षण हनन भएको निणर्यको मान्यता रहन नसक्ने । (प्र.नं. ५) निवेदक तर्फबाट : अधिवक्ता गणेशराज शर्मा विपक्षी तर्फबाट : सरकारी अधिवक्ता रतनलाल कनौडिया आदेश न्या. हेरम्बराज १. नेपालको संविधानको धारा ७१ अन्तर्गतका उपयुक्त आज्ञा आदेश पुर्जि वा उत्प्रेषणको आदेशद्वारा बदर घोषित गरी नेपाल राजपत्र खण्ड २३ संख्या ३० मिति २०३०।७।२७ मा प्रकाशित सूचनाको द्रष्टव्य ३ समेत बमोजिमको घरभाडा सम्वत् २०३१ साल जेष्ठ देखिको हिसाब गरिदिनु भनी विपक्षी कपडा उद्योगका नाउँमा परमादेश जारी गरी निवेदहरूको हकहरू प्रचलन गरिपाउँ भनी रिट निवेदन ०३१।११।२५।१ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य र जिकिर यसप्रकार छ : हामी निवेदकहरू बालाजु कपडा उद्योगमा लुम अपरेटर समेतको काममा वैतनिक मजदुर भई काम गर्दछौं र नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ अन्तर्गतका संरक्षकहरूको हक राख्दछौं । हामी कारखानामा काम गर्ने मजदुरहरूको हक हित र स्वार्थको संरक्षण भएका विभिन्न प्रयासहरूको परिणमस्वरुप श्री ५को सरकार, उद्योग वाणिज्य मन्त्रालयले नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ३७को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी नेपाल अधिराज्यका १३ जिल्लाहरूमा मजदुरहरूको वर्गीकरण अनुसारको निम्नतम वेतन दर तोकेको थियो र त्यस निम्नतम वेतनहरूलाई बालाजु कपडा उद्योगले पनि स्वीकार गरी लागू गरेको थियो । त्यो नियम लागू भएदेखि ०३१ साल बैशाख मसान्तसम्म आफ्नो घर हुने वा नहुने हामी सबै मजदुरहरूलाई बिना कुनै भेदभाव उक्त नियमबमोजिम घरभाडा प्रदान गरिएको थियो । कानून समान संरक्षणमा रहिआएको हामी मजदुरहरूलाई श्री माननीय उद्योग वाणिज्य राज्यमन्त्रीको मिति २०३१।१।८ को निर्णयको उल्लेख गर्दै मिति २०३१।२।२१ को पत्रद्वारा घर नहुने मजदुरलाई मात्र घरभाडा पाउनु पर्ने भनी श्री बालाजु कपडा उद्योगलाई लेख्नुभयो र सोही बमोजिम उक्त घरभाडा वापतको रकमबाट वञ्चित गरेको छ । विपक्षीहरूको त्यस अनुचित र भेदभावयुक्त व्यवहारको विरुद्धमा घर नहुने मजदुरहरूले पनि हाम्रो लागि सहानुभूति व्यक्त गरी हामीले नियमबमोजिम पाउनु पर्ने घरभाडाको रकम नपाउन्जेल आफूहरूले पनि सो रकम नलिई विपक्षीहरू माथि दवाव दिएका छन् र हामी सबै मजदुरहरूले अद्यापी दिइरहेको उक्त आग्रहबाट पनि कारखानाले श्री माननीय उद्योग तथा वाणिज्य राज्यमन्त्रीको निर्णयको आधारबाट हामीलाई हाम्रो स्थापित हकबाट बञ्चित गरिरहेको छ । कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा ३७(१)ले दिएको अधिकार प्रयोग गरी श्री ५को सरकारले राजपत्र खण्ड ३० मा प्रकाशित गरेको सूचना बमोजिमको घरभाडा दिनुपर्ने बाध्यता कारखानामा निहित छ । कारखानामा काम गर्ने समय र पटकहरूको व्यवस्थाले गर्दा घ