निर्णय नं. ८२८ - बन्धकी निखनाइपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२८ - बन्धकी निखनाइपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०५/११ २२०७ निर्णय नं. ८२८ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२९ सालको दे.फु.नं. १३२ फैसला भएको मिति : २०३१।५।११।३ निवेदक : पूर्व १ नं.सि.पा.जि.थुंली स्त्री मौजेपैर माझगाउँ बस्ने विकुलाल श्रेष्ठ विरुद्ध विपक्षी : ऐ. बस्ने हरिभक्त श्रेष्ठ मुद्दा : बन्धकी निखनाइपाउँ (१) पहिलो राजीनामा यथावत भएपछि पछि लिखत गराई लिनेको जग्गामा हक पुग्ने र बन्धकी थैली बुझाइपाउँ भन्ने वादी पुग्न नसक्ने । विवादास्पद जग्गा प्रतिवादी विकुलालले नै भोग गरी आएको भन्ने कुरामा विवाद छैन रू.१७। को बन्धकीमा भोगी आएको भन्ने कुराको लिखत दोहरी केही देखिएन । विकुलाललाई अघिको लिखतको सट्टा ०१४।११।१५ मा गरिदिएको रू.६०। को राजीनामा झुक्याई सही गराएको भनी सार्किगोले तामाङ्गले बयान गरे तापनि त्यसको सबूत प्रमाण केही दिन सकेको छैन्, सो प्रतिवादी विकुलालको ०१४।११।१५ को राजीनामा यथावत भएपछि सोभन्दा पछि ०१५।६।१७ मा लिखत गराई लिने हरिभक्तका जग्गामा हक पुग्ने र बन्धकी थैली बुझाउन पाउँ भन्ने वादी दावी पुग्न आएन । (प्रकरण नं. १६) निवेदक तर्फबाट :  विपक्षी तर्फबाट :  उल्लिखित मुद्दा :  फैसला न्या. वाशुदेव शर्मा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : पूर्व दुर्गाप्रसादको खेत पश्चिम देवीप्रसादको खेत, उत्तर शिवप्रसादको खेत, दक्षिण खोल्सो यति ४ किल्लाभित्रको ५६७ नं.पैरे चौतारो मुरी ।२।१५ खेत सार्किगोले तामाङ्गले मबाट रू.८३। लिई बाउनेमाला माले जङ्गलाललाई ने.रू.१७ मा भोगबन्धकीमा दिएको निज जङ्गलाल मरेकोले निजको छोरा विकुलाललाई तिरी जम्मा ने.रू.१००। मा राजीनामा निखन्नु भनी ०१५।६।१७ मा मलाई राजीनामा गरिदिएको उक्त ने.रू.१७। बुझाउन जाँदा बुझी नलिएकोले सिं.पा.मालमा धरौट राखेकोमा बाबु जङ्गलालले ६७ मा राजीनामा लिएको भनी विपक्षीले बयान गरेको इलाका अदालतमा नालिस दिनु भनी मालले जनाउ दिएकोले नालिस गर्न आएको छु । बन्धकी थैली रू.१७। बुझ्न लगाई राजीनामा सदर गराइपाउँ भन्ने वादी । ३. ५६७ नं. पैरे चौतारे भन्ने कागे खेत मेरा बाबु जङ्गलालले पुपुलामासँग ६७ सालमा रू.६०। राजीनामा लिई सोसमेतको जग्गा ८९।२।१२ मा कालिकाप्रसादलाई बन्धकी दिएको म र भाइ हरिकृष्णले ०१४।१०।१६ मा थैली बुझाई निखनेको सो कागजसहित ०१४।११।५ मा घर आगलागी भई परेकोले दाता पुपुलामाको हक खाने नाति सार्किगोले तामाङ्गले ०१४।११।१५ मा रू.६० को राजीनामा सकार गरी अर्को राजीनामा मेरो नाममा फेरी दिएको छ । बन्धकी नभएकोले निखन्न दिनु नपर्ने भन्ने समेत प्रतिवादी । ४. सो खेत मेरो बाबु नेमा लामाले विकुलालको बाबु जङ्गलाललाई रू.१७। मा बन्धकी दिएको हो । बन्धकी रू.१७। बुझाई खानु भनी थप रू.८३। लिई जम्मा रू.१०० मा हरिभक्तलाई ०१५।६।१७ मा राजीनामा गरिदिएको हुँ । विकुलाललाई ०१४।११।१५ मा राजीनामा गरिदिएको छैन भन्ने सार्किगोले तामाङको बयान । ५. प्र.ले पेश गरेको रू.६०। को ०१४।११।१५ को राजीनामा मैले खुसीराजीसँग गरिदिएको होइन । कुनै किसिमबाट निजको मानिसद्वारा झुक्याई सही गराएको हो भन्ने सार्किगोलेको र झुक्याई गराएको छैन