निर्णय नं. ९४८ - जासुसी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४८ - जासुसी भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/09/15 ३९८० निर्णय नं. ९४८ ने.का.प. २०३२ फुलवेन्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३० सालको फौ.फु. नं. २१ फैसला भएको मिति : २०३२।९।१५।६ निवेदक : श्री ५ को सरकार विरुद्ध विपक्षी : का.जि. डिल्लीबजार डेरा गरी बस्ने पूर्णकुमार प्रधान समेत मुद्दा : जासुसी (१) राजपत्रमा प्रकाशित सूचनालाई आफ्नो अधिकारको श्रोत देखाई गरेको फैसलामा जासूसी ऐन अन्तर्गतको विशेष अदालत भन्ने नामाकरण गरेको हुँदैमा स्वयं घोषित अदालत भन्न नमिल्ने । (प्रकरण नं. २०) (२) चेक पोष्ट र प्रहरी आ.वा.बाट प्रहरी प्रधान कार्यालयलाई पठाएको आ.वा.हरू अंग्रेजी रोमन लिपी सामान्य भाषाको हुँदैमा अन्यथा प्रमाणित हुनुको बेगर गोप्य रहन नसक्ने किसिमको भनी कल्पना गर्न नमिल्ने र श्री ५को सरकारबाट गोप्य हुने किसिमका हुन् भनी प्रहरी प्रधान कार्यालयले डि.एस.पी.कार्यालयलाई जवाफ दिएको भएपछि गोप्य राखिएको हो होइन भन्नेतर्फ शंका उठाउन वान्छनीय नहुने । (प्र.नं. २३) निवेदक तर्फबाट : महान्यायाधीवक्ता रमानन्दप्रसाद सिंह विपक्षीहरू तर्फबाट : अधिवक्ता लक्ष्मणप्रसाद अर्याल, अधिवक्ता गणेशराज शर्मा, वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ, अधिवक्ता गोविन्दप्रसाद उपाध्याय, अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिका सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५महाराजाधिराज सरकारबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : प्रहरी प्रधान कार्यालय आ.बा.शाखाका ई.पूर्णकुमार प्रधानले श्री ५को सरकार नेपाल गुप्तचर विभागको गोप्य सरकारी कागजहरू विदेश राष्ट्रको हितका लागि दिई आर्थिक लाभ हासिल गर्ने उद्योग गरेको भन्ने गुप्तचर विभागबाट लेखी आएकोले कानूनबमोजिम आवश्यक कारवाही गर्नु गराउनु भन्ने श्री गृह पञ्चायत मन्त्रालय स्थानीय प्र.शा.सु.शाखाबाट प्रहरी प्रधान कार्यालयलाई लेखी सो बमोजिम गर्नु भनी डि.एस.पी.कार्यालय काठमाडौलाई बोधार्थ दिएको ०२६।१२।२६।४ को पत्र । ३. ने.गु.वि.को खबर प्राप्त गर्नको लागि मैले सो विभाग का.ई.मदन सिं शाहसँग कुराकानी गरी खबर लिन प्रयास गरेको थिएं र निजबाट खबरहरू लिएपछि सो खबरहरू मैले नरेश कौसिकलाई दिनको लागि प्रयास गरेको हुँ सो खबरहरू दिएको बदलामा निजले मलाई के कति रुपैयाँ दिने हो सो कुरा ठेगाना लागेको थिएन मैले चेक पोष्टहरूको खवर आ.वा.द्वारा प्राप्त हुन आएको जति गोप्य कुराहरू फाइलबाट झिकी उतारी नरेस कौसिकलाई दिएको हुँ जम्मा दुई पटक खबर दिएको हुँ जसमा कोदारी चेक पोष्टको रिपोर्ट जुन चाइनिज, दूतावासको सचिव गएको भारतीय चेक पोष्टको स्टाफहरू लिन ट्रक गएको मुस्तांगमा खम्बाहरू ठाउँ सर्दैछन् सोधी पठाएको आठराईमा विरेन्द्र कलेजमा झगडा भएको समेत लेखिएको थियो धेरै दिन अगाडिको कुरा भएको हुनाले यो म्यासेजमा यो यो लेखी दिएको थिएं भन्न सकिंदैन तर सम्बन्धित फाइलहरू हेर्न पाए यो यो म्यासेज मैले नरेश कौसिकलाई दिएको दुई पटकको म्यासेज यो यो भनी छुट्याउन सक्छु नरेश कौसिकले ती खबरहरू भारतीय दूतावासमा दिन्छु भन्नेसम्म मसँग कुरा गरेको थियो । तर नाउँ र दर्जासमेत मलाई नबताएको हुनाले थाहा भएन सोधनी भएको टेपको उतारको बारेमा सूत्र भनेको हो म चिन्दीन र देखाएको ट