निर्णय नं. ८२९ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२९ - अंश भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०५/२१ २९३३ निर्णय नं. ८२९ ने.का.प. २०३१ फुल बेञ्च सम्मानीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३० सालको दे.फु.नं. १०१ फैसला भएको मिति : २०३१।५।२१।६ पुनरावेदक : जि. पर्वत नु. लिमी कुघो साहूघर बस्ने कौसिला उपाध्यायनी विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने देवकुमारी उपाध्यायनी, हुमप्रसाद उपाध्याय मुद्दा : अंश (१) अदालतले रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा पक्षहरूको व्यवहारलाई विचार गरेर अंशबण्डा भइसकेको ठहराउन नमिल्ने । उपयुक्त कानूनी व्यवस्थाहरूले अचल सम्पत्तिको बण्डापत्र रजिष्ट्रेशन पारित हुनु पर्ने बाध्यात्मक व्यवस्था गर्नुका अतिरिक्त सोबमोजिम बण्डापत्र रजिष्ट्रेशन पारित नभएकोमा अंशबण्डा सदर नहुने कुरा प्रष्ट रूपमा व्यवस्थित गरेको देखिन्छ । यसप्रकार कुनै दुई वा सोभन्दा बढी अंशियारहरूका बीचमा अंशबण्डा भएको छ वा छैन भन्ने विवाद तथ्यको निर्णय गर्ने एउटा निश्चित मापदण्ड कानूनले नै निर्धारित गरेकोले त्यस्तो विवादको निरोपण गर्दा अदालतले आफ्नो विवेकको प्रयोग गर्ने कुनै ठाउँ देखिँदैन । कानूनले निर्धारित गरेको मापदण्डकै आधारमा विवादको टुड्डो लगाउन अदालत बाध्य छ । अचल सम्पत्तिको बण्डापत्र रजिष्ट्रेशन पारित नभएसम्म अंशबण्डा सदर नहुने प्रष्ट कानूनी व्यवस्था हुँदाहुँदै पनि अदालतले रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा पक्षहरूको व्यवहारलाई विचार गरेर अंशबण्डा भइसकेको ठहराउन मिल्दैन । यस सम्बन्धमा यस अदालतका विभिन्न फुल बेञ्चहरूबाट एकपछि अर्को परस्पर विरोधी निर्णयहरू हुन गई एउटा निश्चित नजीर कायम हुन नसकेकोमा आखिर वादी देवेन्द्रशमशेर विरुद्ध प्रतिवादी ज.लिलाशमशेरसमेत भएको दे.फु.नं. १८६ को मुद्दामा ०२९।८।२३।६ को फुल बेञ्चले कानूनी अनुरूप एउटा निश्चित सिद्धान्त कायम गर्न खोजेको देखिन्छ र सो मुद्दामा सो फुल बेञ्चले गरेको निर्णय नै आधिकारिक नजीरको ९ब्गतजयचबतबतष्खभ उचभअभमभलत० रूपमा कायम छ । उक्त मुद्दामा प्रतिवादी लिलाशमशेरले वादी देवेन्द्रशमशेरलाई अंश दिइसकेको छु भनी प्रतिवादी जिकिर लिई घरसारको बण्डापत्र पेश गरेकोमा प्रतिवादीको भनाइबमोजिमको लागि तत्काल अंशबण्डाको ४९ रजिष्ट्रेशनको ३ नं.बमोजिम रजिष्ट्रेशन पास भएको लिखत देखिएन भनी वादीलाई अंश दिइसकेको भन्ने प्रतिवादीको भनाइलाई मान्यता दिन अस्वीकार गर्दै उक्त फुल बेञ्चका सातजना माननीय न्यायाधीशहरूको बहुमतले कानूनबमोजिम रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा अचल सम्पत्तिको अंशबण्डा सदर नहुने कानूनी सिद्धान्त कायम गरेको देखिन्छ । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता मोतिकाजी स्थापित उल्लिखित मुद्दा : (दे.फु.नं. १८६ वादी देवेन्द्रशमशेर वि.प्रतिवादी ज.लिलाशमशेर) फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा ०३०।७।३०।२ मा डिभिजन बेञ्चबाट निर्णय हुँदा दे.फु.नं. १९०१ वादी खड्गबहादुर टण्डन प्र.टेकबहादुर टण्डनको अंश मुद्दामा ०३०।५।११।२ को डिभिजन बेञ्चबाट भएको फैसलाको रुलिङ्गसँग सहमत नभएकोले फुल बेञ्चमा पेश गर्नु भन्ने उल्लेख भई निर्णयको लागि यस बेञ्चमा पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : ससुरा पशुपतिका ५ भाइ छोरामध्ये अरु छोरा र निजको ब्