निर्णय नं. ९४९ - विदेशी मुद्रा विनियत गर्योर भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९४९ - विदेशी मुद्रा विनियत गर्योर भन्ने भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/09/10 २७२७ निर्णय नं. ९४९ ने.का.प. २०३२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३१ सालको फौज्दारी पुनरावेदन नम्बर ८८ फैसला भएको मिति : २०३२।९।१०।५ पुनरावेदक : का.जि. मखन बस्ने रामचन्द्र रौनियार विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : विदेशी मुद्रा विनियत गर्यो भन्ने (१) प्रहरी इन्सपेक्टर अधिकार प्राप्त अधिकारी भएकोमा का.मु.डि.एस.पी.ले मुद्दा चलाएको गैरकानूनी हुने । (प्र.नं. १६) फैसला न्या. वासुदेव शर्मा १. डि.एस.पी.कार्यालय काठमाडौंका स.ई.दयाराम भण्डारीको जाहेरी परी रामचन्द्र रौनियार पक्राउ परी कारवाही भई बागमती अञ्चलाधीशको एक सदस्यीय विशेष अदालत प्र.रामचन्द्र विश्वनाथ रौनियारलाई २वर्ष कैद र रु.२०००। दावी जरिवाना र प्र.परसुराम रौनियारलाई १ वर्ष कैद रु.१०००। जरिवाना गर्ने गरी भएको फैसलालाई सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएका फैसला उपर प्र.रामचन्द्र रौनियारको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकारको रहेछ : २ . का.जि.मखन बस्ने रामचन्द्र रौनियारको घरको भन्सार नतिरेका रेडियो ट्रान्जिष्टर र अरू त्यस्तै अवैध सामानहरू खरिद गरी बिक्री गर्छन् भन्ने बुझिएकोले यथाशीघ्र निजको घर खानतलासी गरी कानूनबमोजिम कारवाही होस् भन्नेसमेत स.ई.दयाराम र हे.कं.बमबहादुर रायमाझीको जाहेरी प्रतिवेदन । ३. आजभन्दा ३ वर्ष अधिदेखि क्यूरियो सम्बन्धी मालहरू किनबेच गर्ने र विदेशीहरूसँग डलर पाउण्डहरू लिन सकिन्छ भन्ने विश्वनाथ रौनियारले सिकाएकोले डलरहरू किनी विश्वनाथलाई दिने गर्थें बरामद भएको सामान मध्ये टेप रेकर्डर ट्रान्जिष्टरहरू मैले टुरिष्टसँग किनेको हुँ क्यासेट रु.१५। दरले किनेको हुँ डलर किनबेच गर्नेमा भगवान महतो पशुराम र ए.एन.मेहता भन्ने पनि विश्वनाथसँग पैसा लिई किनबेच गरी पारिश्रमिक लिडरहरू विश्वनाथलाई दिने गर्छन् भन्नेसमेत प्रहरीमा र सामानहरू मेरै घरबाट बरामत भएका हुन विश्वनाथ समेतलई आफ्नो इच्छाले मैले पोलेको होइन जोर जुलुम गरी प्रहरीले पोल्न लगाएका हुन विदेशी मुद्राहरू र ट्राभलर चेकहरू मैले नचिनेका टुरिष्टहरूले मेरो घरमा छोडी गएका हुन् भन्नेसमेत विशेष अदालतमा रामचन्द्र रौनियारले गरेको कागज बयान । ४. आजभन्दा एकवर्ष अघिदेखि नाम नजानेका देखे चिन्ने ४ जना दलाली राखी काठमाडौं आएका टुरिष्टसँग डलरहरू लुकी किनी विश्वनाथ रौनियारलाई रातको १०,११ बजे निजको घर गई दिने गर्थे यस्तो डलर अवैध तरिकाबाट खरिद बिक्री गर्नेहरूमा भगवान रौनियार ए.एन.मेहता र रामचन्द्र रौनियार पनि हुन भन्नेसमेत प्रहरीमा र मैले आजसम्म कुनै व्यक्तिसँग यस्तो विदेशी मुद्रा व्यवहार गरेको छैन रामचन्द्र अमरनाथ विश्वनाथसँग मेरो लेनदेन कारवार भई झगडासमेत केही छैन रौनियार नातामा दाजुभाइ हुन अकारण मलाई किन पोले निजै जानून् प्रहरीमाथि मानिस यस्ता हुन भनी लेखाउन बाध्य भएं विदेशी मुद्रा खरिद बिक्रीको काम गरेको छैन भन्नेसमेत विशेष अदालतमा परशुराम रौनियारको कागज बयान । ५. २०२ ८ साल श्रावणदेखि श्री ५को सरकार अन्तःशुल्क विभागबाट लाईसेन्स लिई मखनटोलमा गाँजा र चरेसको पसल खोली व्यापार गर्दा सो व्यापारमा धेरैजसो विदेशी टुरिष्टहरू आउने हुँदा डलरहरू र अरू ट्राभलर चेकहरू बिक्री गर्थें मलाई डलर ट्राभलर चेकहरूको पैसा बढी दिन्छु भनेबाट विश्वनाथलाई मैले भेट्टाएसम्मका ड