निर्णय नं. ८३० - जग्गा बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३० - जग्गा बाली भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०५/०७ २४३१ निर्णय नं. ८३० ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३० सालको दे.फु.नं. १५२ फैसला भएको मिति : २०३१।५।७।६ निवेदक : मोरङ विराटनगर न.पं.वडा नं.१ तीनपैनी पोखरीया बस्ने अम्बरलाल थारुसमेत विरुद्ध विपक्षी : ऐ. बनिगामा गा.पं. प्रमानगढ सेता बजार बस्ने बनिगामा पञ्चायतको प्र.पं.ठिठरलाल खां थारु समेत मुद्दा : जग्गा बाली (१) लुटपिटको वारदात कायम हुन अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपायाको जग्गाको बालीसमेत हात हाली जबरजस्तीसँग खोसी लगेको हुनु पर्ने । लुटपिटको १ नं.बमोजिम लुटपिटको वारदात कायम हुनालाई त्यसमा उल्लेख भएको परिबन्दसँग अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपायाको जग्गाको बालीसमेत हात हाली जबरजस्तीसँग खोसी लगेको हुनुपर्छ अनिमात्र लुटपिटको वारदात कायम हुन सक्ने हो । प्रस्तुत नालिसमा त्यस किसिमसँग हात हाली जबरजस्तीसँग खोसी लगेको भन्ने नभई खमारमा रहेको बाली हाम्रो बटैदारसमेतलाई मिलाई निजहरूको भाग छुट्याई हाम्रो बाली आफू खुसी गरिलिएको भन्ने वादी दावीको वारदात हो । जिम्मा लगाएको बाली जिम्मा लिनेसमेतले आफू खुसी गरी लिए खाएको भनी सबैका हकमा एकैकिसिमको दावी लिई वादीहरूले नालिस गरेको यस्तो कुरामा वादी दावीसमेतको अभावमा अम्बरलाल बाहेक अरू वादीको हकमा लुटपिटको वारदात कायम हुने भनी ०२९।१।६।३ को डिभिजन बेञ्चले तर्क गरेको मिलेको देखिएन । वादी दावी कायम हुने नहुनेसमेत कुरा इन्साफ हुँदा ठहरेबमोजिम हुने हो । नालिसको हकमा वादीहरूको लेख दावीबाट सबैका हकमा देवानी बिषयकै एउटै कुरो देखिन आएको हुँदा अ.बं.७२ नं. ले एउटै नालिस लाग्न सक्ने प्रष्ट छ । (प्रकरण नं. १३) (२) जसबाट झगडाको बिषय एउटै भन्ने प्रष्ट हुन्छ । यस्तो एउटै झगडाको बिषयको कुरामा अ.बं. ७२ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर एउटै नालिस लाग्न सक्ने । वादीहरू ४ जनाको आफ्नो–आफ्नो भाग छुट्याई बण्डापत्र पास भइसकेकोले भिन्न भिन्न मानिसको अलग अलग हकमा अ.बं.७२ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने भन्ने हकमा उक्त अ.बं.७२ नं.मा जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै झगडाको बिषयको कुरा लेखी ल्याएको भए पनि लिई सबै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नुपर्ने व्यवस्था भएको पाइन्छ, प्रस्तुत विवादमा झगडाको बिषय एउटै छ, छैन त्यसतर्फ हेर्दा अम्बरलालसँगको झगडाको मुद्दाकै मूल कारणबाट अम्बरलालको साथै अरू वादीको समेत एकै खमारमा रहेको बाली जिम्मा लगाएकोमा सो बाली जिम्मा लिनेसमेतले एकैपटक आफू खुसी गरिलिएको भन्ने वादी लेखाइबाट देखिन आएको छ, जसबाट झगडाको बिषय एउटै भन्ने प्रष्ट हुन्छ, यस्तो एउटै झगडाको बिषयको कुरामा उक्त अ.बं.७२ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर पनि एउटै नालिस लाग्न सक्ने नै हुँदा वादीहरू ४ जनाको हकमा एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने भन्ने तर्कसँग सहमत हुन मिलेन । (प्रकरण नं. १४) निवेदक तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा :  फैसला प्र.न्या. रत्नबहादुर विष्ट १.प्रस्तुत मुद्दा ०२९।१।६।३ को डिभिजन बेञ्चबाट छिनिएको दोहर्यावइपाउँ भन्ने वादीहरूको निवेदन परेकोमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनु