निर्णय नं. ९५० - .

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९५० - . भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/04/30 २९५८ निर्णय नं. ९५० ने.का.प. २०३२ फुल बेञ्च सम्मानीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०३२ सालको री.फु.नं. ४९ फैसला भएको मिति : ०३२।४।३०।६ निवेदक : जि.रौ. गाउँ पञ्चायत सिरसिया वडा नं. १ बस्ने जमुनाप्रसाद श्रीवास्तव विरुद्ध विपक्षी : सचिव श्री ५ को सरकार गृह पञ्चायत मन्त्रालय काठमाडौं (१) प्रहरी कर्मचारीलाई प्रहरी फोर्स नियमावली, २०१५ को नियम ४ को खण्ड ५ र ७ को अभियोगमा सोही नियम ४ अनुसार नोकरीबाट हटाउने अथवा बरर्खास्त गर्ने आदेश दिँदा अवस्था हेरी कारण देखाउने मौका दिन वा नदिन पनि सक्ने अधिकार त्यस्तो आदेश दिने अख्तियारवालालाई भएको, प्रहरी ऐन २०१२ को परिच्छेद ३ दफा ९ को व्यवस्थाबाटै प्रष्टै हुने । (२) उक्त दफा ९ को प्रतिबन्धात्मक वाक्यांश खण्ड (ख) ले निर्दिष्ट गरेबमोजिम कारण देखाउने मौका दिन मुनासिव नदेखिएको भन्ने व्यहोराको पर्चा खडा गरी राखेकैमा त्यस्तो अवस्था किन नपरेको हो त्यसको बस्तुनिष्ट कारण र आधार पनि खुुलाउनु पर्ने कानूनी बाध्यता नभएको । (प्र.नं. १०) निवेदक तर्फबाट : अधिवक्ता गणेशराज शर्मा विपक्षी तर्फबाट : सरकारी अधिवक्ता मोहनप्रसाद शर्मा आदेश प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत निवेदन ०३१।११।५।२ को डिभिजबेञ्चबाट निर्णय हुँदा माननीय न्यायाधीशहरूको राय नमिलेकोबाट नियमानुसार निर्णयको लागि यसबेञ्च समक्ष पेश हुन आएको रहेछ । २ . तथ्य यसप्रकार छ : श्री ५को सरकार गृह पञ्चायत मन्त्रालय (प्रहरी कारागार प्र.शाखा) को मिति २०३०।१।७ को पत्रमा श्री ५को सरकारको मिति ०३०।१।५ को निर्णयानुसार तपाईं प्रहरी फोर्स (संशोधित सहित) नियमावली, २०१५ को परिच्छेद ९ को नियम ४ को खण्ड ५ र ७ को अभियोगमा प्रहरी ऐन, २०१२ को परिच्छेद ३ को नियम १ को खण्ड (च) अनुसार भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी प्रहरी सेवाबाट हट्नु भएको छ, आफ्नो जिम्मामा रहेको सरकारी नगदी जिन्सी जो छ ऐन नियमबमोजिम बुझाई दिनु होला श्री जमुनाप्रसाद श्रीवास्तव भन्ने समेत र प्रहरी प्रधान कार्यालय (स.ष.उप–शाखा) को ०३०।१२ ।१४ को पत्रमा भूृू.पु.प्रहरी निरीक्षक श्री जमुनाप्रसाद श्रीवास्तव तपाईंले म्याद भित्र पुनरावेदन दिएकोमा कारबाही हुँदा श्री ५को सरकारको ०३०।१।५ को निर्णयनै कायम भएको सूचना दिने भन्ने मिति ०३०।६।२ ८ मा श्री ५को सरकारको निर्णय भएकोले पत्र सूचना गरी दिन श्री गृह पञ्चायत मन्त्रालयबाट पत्र लेखी पठउनु भएकोले सो ब्यहोरा तपाईंलाई सूचना गरिएको छ भन्ने समेत उल्लेख भएको रहेछ । ३. सो उपर पर्न आएको प्रस्तुत रिट निवेदनमा श्री ५को सरकारले मलाई अभियोगका कुनै पूर्व सूचना नदिई प्राकृतिक न्याय बमोजिम र प्रहरी ऐन, ०१२ को दफा ९ बमोजिम सफाईको लागि कुनै मुनासिव मौका नै नदिई सेवाबाट हटाइएकोले सो आदेश कानून बर्खिलाप छ । मलाई प्रदान गरिएको सूचनामा ऐनको दफा ९ को खण्ड (ख) बमोजिमको पर्चा खडा गरेको भन्ने उल्लेख भएतापनि सो बमोजिमको पर्चा खडा भएको छैन, मलाई दिइएको सूचनामा उल्लेख गरिएको अभियोग र दोषारोपणका कुनै आधार छैनन् । त्यस बमोजिमको कुनै काम कारवाही मेरो आचरणबाट देखिँदैन र म पूर्णतः निर्दोष व्यक्ति हुँ । त्यस्तो मौका दिन मनासिव नपर्ने कुनै वस्तुस्थिती प्रकट नभएको हुँदा सो पर्चा नै अमान्य छ । सजायको निर्णय भएको उक्त कानूनका त्रुटीहरूमा पुनरावेदनमा न