निर्णय नं. ८३१ - गुठी धर्मलोप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३१ - गुठी धर्मलोप भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०५/०७ ३०७१ निर्णय नं. ८३१ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३० सालको दे.फु.नं. ९१ फैसला भएको मिति : २०३१।५।७।६ पुनरावेदक : का.न.पा.वडा नं.१० वटुटोल बस्ने शम्भु भन्ने समुंदिन मियाँसमेत विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने महमद अहसन मुसलमानसमेत मुद्दा : गुठी धर्मलोप (१) एकाले राखेको गुठीमा अरू मानिस गुठियार कायम हुनलाई कानूनबमोजिम लिखतपत्र भई गुठीको हक प्राप्त गरेको हुनु पर्ने अनिमात्र गुठियार कायम हुन सक्ने । गुठियार भनेको गुठीको ऐनअनुसार गुठी राख्ने वा उनका सन्तान हकदार वा दान दिई राखेको गुठी रहेछ भने पाउने हकदारलाई मान्नु पर्ने देखिन्छ । एकाले राखेको गुठीमा अरू मानिस गुठियार कायम हुनलाई कानूनबमोजिम लिखतपत्रमै गुठीको हक प्राप्त गरेको हुनुपर्छ अनिमात्र गुठियार कायम हुन सक्ने हुन्छ पञ्च कश्मिरी मुसलमानहरूका पुर्खाले राखेको गुठीमा पञ्च कश्मिरी बाहेकका सबै नेपाली मुसलमानहरूको हक स्थापित भएको कानूनबमोजिम लिखत सबूतको अभावमा सबै नेपाली मुसलमानको हक लाग्ने गुठी हो भन्न ठहराउन मिल्ने देखिँदैन । (प्रकरण नं. १४) निवेदक तर्फबाट : अधिवक्ता सुधानाथ पन्त विपक्षी तर्फबाट : अधिवक्ता गणेशराज शर्मा उल्लिखित मुद्दा : फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा ०३०।४।१७।४ को डिभिजन बेञ्चबाट निर्णय हुँदा माननीय न्यायाधीशहरूको राय नमिली सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ अनुसार निर्णयार्थ यसबेञ्चमा पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : घण्टाघरदेखि उत्तरतर्फको कश्मिरी मस्जिद तकिया नेपाली मुसलमान मात्रको धर्मस्थल हो । संरक्षकको लागि रहेको चलअचल श्रीसम्पत्ति सबै व्यक्तिगत पारिवारिक गुठी हो भनी प्रतिवादीहरूले उक्त तकियाको अचल जग्गा आफ्नो नाममा दर्ता गरी गराई उक्त मस्जिदको सम्पत्ति हिनामिना गरेकोले मस्जिदको सम्पत्ति यत्रतत्र गर्न पाइन्न नेपाली मुसलमान मात्रको अगाडि हिसाब देखाई बुझाउँ भन्दा मस्जिदमा प्रार्थना गर्न नमाज पढ्नसमेत दिएनन् । मस्जिदको चलअचल घर जग्गा जमीन सारा श्रीसम्पत्ति नेपाली मुसलमान मात्रको सार्वजनिक सम्पत्ति कायम गरी घरको बहाल उठाई हिनामिना गरी खाएको रू.४८००। विपक्षीहरूबाट दाखिल गराई धर्मलोप गरेमा विपक्षीहरूलाई गुठीबाट बाहेक गराई कानूनबमोजिम सजाय गरिपाउँ भन्ने समेत वादी । ३. कश्मिरी मस्जिद तकिया कश्मिरबाट आएका हाम्रा पुर्खाले सरकारसँग जमीन बक्साई लालमोहर तामापत्रसमेतबाट पाएको जग्गा गुठी राखी कश्मिरीका सल्लाहले मनोनित प्रतिनिधिद्वारा मस्जिद तकिया धर्मशालासमेतको संरक्षण गरी गुठी चलाई आएका छौं । धनसम्पत्ति मस्जिद तकियाको हिनामिना गरे पारेको र खाएको छैन । मस्जिदमा नमाज पढ्न रोक लगाएको होइन । सबै मुसलमानहरूलाई मस्जिदमा जान खुल्लै छ । घरको बहाल उठाई खाई मासे भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी । ४. वादी लेखको कश्मिरी तकिया मस्जिद बुझिएसम्मका प्रमाणबाट प्रतिवादीहरूका पुर्खाका पालामा बक्साई स्थापित गरेको र पछि लालमोहर र पटक पटक झगडा हुँदासमेत प्रतिवादीहरूले जिती पाएको समेत प्रमाणबाट नेपाली मुसलमानको मात्र सार्वजनिक धर्मस्थल हो भन्ने र गुठी धर्मलोप गरे भन्ने दावीसमेत झुठ्ठा ठहर्छ भन्ने बागमती विशेष अदालतका अध्यक्ष न्यायाधीश जगन्नाथ र सदस्य शेरबहादु