निर्णय नं. ८३२ - जग्गाको लगत कट्टा गर्ने निर्णय बदर गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८३२ - जग्गाको लगत कट्टा गर्ने निर्णय बदर गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०५/२५ २३८९ निर्णय नं. ८३२ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री झपटसिंह राल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको दे.फु.नं. १५४ फैसला भएको मिति : २०३१।५।२५।३ निवेदक : जि.सुनसरी प्र.विजयपुर गोपा गा.पं.वडा नं.१ अन्तर्गत तल्लो धोपा बस्ने रामबहादुर पौडेल क्षेत्री विरुद्ध विपक्षी : श्री अर्थमन्त्रालय मालपोत विभागको सचिवज्यू समेत मुद्दा : जग्गाको लगत कट्टा गर्ने निर्णय बदर गरिपाउँ (१) मधेश मालसवालको ११० दफाअनुसार गोश्वाराबाट जाँच गर्नेसमेत व्यवस्था भएकोमा सो कानूनी विधि पूरा भई दर्ता हुने ठहरेपछि मात्र हाल आवादीमा दर्ता हुन सक्ने । सो जग्गा हाल आवादमा दर्ता गरिपाउँ भन्ने वादीको दर्खास्त परी निजको नाममा १० नं.फाराम खडा गरी दाखिल गरेको मधेश माल सवालको ११० दफाअनुसार गोश्वाराबाट जाँच गर्नेसमेत व्यवस्था भएको सो समेतको कानूनी विधि पूरा भई दर्ता हुने ठहरेपछि मात्र दर्खास्तवालाका नाममा हाल आवाद दर्ता हुन सक्ने हो, कानूनी व्यवस्थाअनुसार ०१०।१२।२४ गते जाँच डोर खटिई गएकोमा वादीले आफ्नो नाममा दर्ता गराउन नसकी आफूले आवाद गर्न सक्दिन भनी आफ्नो हकमा दावी छाडिसकेको र निजको छोडपत्रबमोजिम निलहरिसमतेका नाममा दर्ता गराएकोमा रामबहादुरले रू.१०,०००। मा हामीलाई राजीनामा दिएको जग्गा जालसाज गरी निलहरिसमेतका नाममा दर्ता गराएको बदर गरिपाउँ भनी चन्द्रकला रुक्मिणीदेवीहरूले यो वादीसमेत उपर जालसाजी मुद्दा दिएकोमा डोरमा गएको बखत घरसारको पास नभएको छोडपत्रको आधारमा निलहरिसमते नाममा वेरीतसँग दर्ता गराएको बदर हुने भनी मो.वि.अपिलबाट ०१३।१०।८।२ मा फैसला भई निलहरिसमेतका नामको दर्ता बदर भइसकेको समेत देखिन आयो । (प्रकरण नं. १६) (२) दर्ता बेगर हक स्थापित भएको मान्न नमिल्ने सो जग्गा विगाहा ३६द्र२।३ रामबहादुरले ०१०।२।६।३ मा रू.१०,०००। मा हामीहरूलाई राजीनामा गरिदिएको लिखत पास गराइपाउँ भनी चन्द्रकला, रुक्मिणिदेवीहरूले नालिस गरेकोमा यो वादीले दिएको ०११।२।६।४ को प्रतिवादीमा सो जग्गा मैले आवाद गरी खानलाई सावगासले नपुग्ने भएकोले निलहरिसमेतलाई ०६।१२।१४ मा छोडपत्र गरी छाडी दिइसकेको छु भनी जग्गामा दावी छाडिसकेको कुरा समर्थन गरी निज आफैंले उल्लेख गरेको र आखिर सो मुद्दामा ०१९।१२।२५।१ को डिभिजन बेञ्चबाट निर्णय हुँदा राजीनामामा आज भोलि मालबाट मेरो नाममा दर्ता हुने भएको जग्गा भन्ने बोली लेखिएको त्यस्तो आफ्नो हक भइनसकेको जग्गा बिक्री गरेको देखिएकोले राजीनामा पास हुन नसक्ने भन्ने ठहर भएकोसमेत रहेछ, यसबाट पनि डोर जाँदा आफूले आवाद गर्न सक्दिन भनी दावी छाडिसकेको वादीको नाममा दर्ता हुन नसकेको जग्गा–दर्ता बेगर निज वादीको हक स्थापित भएको मान्न नमिल्ने प्रष्ट हुन्छ । (प्रकरण नं. १७) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल, अधिवक्ता बलराम काफ्ले उल्लिखित मुद्दा :  फैसला न्या. झपटसिंह रावल १. प्रस्तुत मुद्दा डिभिजन बेञ्चको निर्णय दोहर्‍याइपाउँ भन्ने वादीको निवेदन परी भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार मुद्दा दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरिएबाट यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार