निर्णय नं. ५८३ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५८३ - जग्गा भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०६/०८ २३१७ निर्णय नं. ५८३ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री राजा ईश्वरी जंगबहादुर सिंह सम्वत् २०२६ सालको दे.फु.नं. ६४ फैसला भएको मिति : २०२७।६।८।५ निवेदक : जुम्ला सोरुपदरा सिममध्ये बुञ्च गाउँ बस्ने वारेस समेत रणवीर विष्ट विरुद्ध विपक्षी : ऐ सिजादरा देहार पाटा गाउँ बस्ने जानकीदत्त काफ्ले समेत मुद्दा : जग्गा (१) कस्तो देखिएमा कुनै जग्गा कसैको (वादीको) हकको भन्ने प्रमाणित नहुने । प्रतिवादीहरूले आफ्नो नाममा दर्ता गराए पनि जग्गा हामीहरूले तिरो–भरो गरिआएको हाम्रो हकको भन्ने वादी पक्षको मुख्य जिकिर भएको हकमा तिरो–भरोतर्फ आफूहरूले तिरो–भरो गरेको झगडा पर्नुभन्दा अगाडी कुनै पनि सालको रसिद वादीहरूले पेश गर्न सकेको पाइंदैन । जग्गातर्फ वादीहरूतर्फकै निलवीर विष्ट भागिन्ते विष्टसमेतको जुम्ला अदालतबाट ९३।७।२०।५ मा फैसला भएको जग्गा मुद्दाको फिरादमा वादीले नै शिवनाथ काफ्लेका नाममा दर्ता भई निजको छोरा प्रभुनाथ काफ्लेबाट कुतमा भोगेको शिवगेडी कुइचाखेतसमेतमा जवरजस्ती चलन गरिदिए भन्ने उल्लेख गरेको र वादी रनवीर विष्टसमेत प्रतिवादी मु.प्रभुनाथ काफ्लेसमेतको २००१ सालमा परेको लुटपीट मुद्दामा हामीले भोग गरेको हाम्रो जग्गामा अधिया साजौ कुतवापत ठिटुवा दिनुपर्छ भनी धनमाल लुटे भन्ने वादी दावी र हाम्रो जग्गा कुत साजा अधियाँमा दिएको भन्नेसमेत प्रतिवादी भएकोमा आखिर वादीहरूको उजुर झुठ्ठा ठहरी जुम्ला अदालतबाट ०२ साल चैत्रमा फैसला भएको औ वादी रामकृष्ण हमाल प्रतिवादी पुरीनाथ काफ्लेसमेतको देवीदासलाई कर्तव्य गरी मारे भन्ने ज्यान मुद्दामा यो मुद्दाको वादी रनवीरको बाबु भनिएका मागिन्ते विष्ट र राम्पती चन्द्रवीर चन्द्र सिंहसमेतले ९८ सालमा बयान गर्दा सिप गाउँमा देहारपाटा गाउँका प्रतिवादी रजनीखरबाहेक अरु प्रतिवादीको घर जग्गा छ पौष माघमा सिपागाउँमा थिए भन्ने उल्लेख गरेकोसमेत देखिन्छ । वादी महिन्द्रमली विष्टसमेत प्रतिवादी प्रभुनाथ काफ्लेको तिरो तिरेको रसिद दिलाई जग्गामा दावी छुटाइपाउँ भन्नेसमेत ९४ सालमा जग्गा मुद्दा परेकोमा अघिदेखि वादीहरूले प्रतिवादीहरूलाई कुत बुझाई खाइआएको र अब पनि कुत तिरी जग्गा खान पाउने भन्ने शर्त राखी ९४।६।२३।६ मा मिलापत्र भए गरेको देखिएको समेतबाट जग्गा वादीहरूको हकको भन्ने कुरा प्रमाणित हुँदैन । (प्रकरण नं. २२) (२) प्रमाणको निम्ति प्रस्तुत शंकास्पद देखिने कागज प्रमाणमा लिन नहुने । वादीहरूतर्फबाट प्रमाणमा पेश भइराखेको प्रतिवादीहरूले जग्गामा हक छाडी गरी दिएका भनेको ९५।९७ सालको कागजहरू हेर्दा मु.प्रभुनाथ काफ्ले आगे भएको ९५।१२।१६।४ को कागजमा सिंजा दरा देहारपाटा गाउँको मुखिया तालुकदार म भएकाले सो रुपदरासिपा गाउँका खेतको जम्मा तिरोको रसिद दिए तापनि अघिदेखि जग्गाको भोगतिरो तिम्रो भएको हुनाले पछि कसैबखत हकदावी गर्ने छैन भन्नेसम्म लेखिएको, यही जग्गाभन्ने त्यसमा उल्लेख नभएको र प्रभुनाथ काफ्लेसमेत जना १२ आगे भएको अर्को ९७।१।२४ को कागजमा ९६ सालको मोठ तेरिजमा हाम्रो नाममा लेखी दर्ता भएको सिपज्यूलाका तेरिजभित्रका जम्मै जग्गा हाम्रो नाउँमा दर्ता गर्‍यौं तापनि अड्डामा गई उजुर गर्नुपर्दैन पछि कसैबखतमा दा.खा.दर्ता र अड्डाबाट फैसला मिलापत्र छ भनी हकदावी खिचोला गर्ने छैनौं भन्नेसमेत उल्लेख भएको भए पनि कसैको ल्याप्चे सहीछाप तत्काल प्रचलित कागजजाँचको २० नं.बमोजिम प्र