निर्णय नं. ५८४ - उत्प्रेषणको आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५८४ - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०५/१७ २१९५ निर्णय नं. ५८४ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री प्रकाशबहादुर के.सी. ०२५ सालको दे.फु.नं. ३३ आदेश भएको मिति : २०२६।५।१७।३ निवेदक : जि.ललितपुर छाय बहाल बस्ने हिरामान डंगोल विरूद्ध विपक्षी : जिल्ला भूमिसुधार अधिकारी ललितपुर भूमिसुधार कार्यालय विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ (१) भूमिसम्बन्धी (संशोधन) नियमहरू, २०२१ को दफा २ ले संशोधित मूल नियमहरूको नियम १८ को उपनियम (३) भू.स.(प्रथम संशोधन) अध्यादेश, २०२२ को दफा २ ले संशोधित भू.सं.ऐन, २०२१ को दफा १३(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ख)–जग्गा रहेको स्थानमा भूमिसुधार टोली पुगेको मितिदेखि फाँटवारी दाखिल गर्ने म्याद शुरू हुनुपूर्व उक्त जग्गाको फाँटवारी दाखिल गरेमा म्याद नघार्ई फाँटवारी दाखिल गरेको भन्न नमिल्ने । तर तत्कालै०२१।९।१८ को अतिरिक्तांक २४ को राजपत्रमा प्रकाशित भूमिसम्बन्धी (संशोधन) नियमहरू, ०२१ को दफा २ ले संशोधित मूल नियमहरूको नियम १८ को उपनियम (२) मा जग्गा भएको ठाउँमा भूमिसुधार टोली गएको मितिमा उपनियम (१) बमोजिमको सूचना जारी भएको मानिनेछ भन्नेसमेत व्यवस्था गरेको र निवेदक हिरामानको जग्गा भएको ठाउँमा ०२२।१।११ मा मात्र भूमिसुधार टोली पठाएको भन्ने भनाई देखिएको समेत हुँदा भूमिसुधार टोली गएको ०२२।१।११ देखिमात्र म्याद शुरू भएको प्रष्ट छ । ०२२।९।८ गतेको अ.रि.२७ को राजपत्रमा प्रकाशित भूमिसम्बन्धी (प्रथम संशोधन) अध्यादेश, ०२२ को दफा २ ले संशोधित भूमिसम्बन्धी ऐन, २०२१ को दफा १३ (१) को प्रतिबन्धात्मक वाक्यांश खण्ड (ख) मा यो उपदफा प्रारम्भ हुँदाको मितिसम्ममा फाँटवारी दाखिल गर्ने म्याद गुज्रिसकेको व्यक्तिहरूको सम्बन्धमा पनि तोकिएको अधिकारीले श्री ५ को सरकार बाट अख्तियार पाएमा यो उपदफा प्रारम्भ भएको मितिले ६० दिनसम्मको थप म्याद दिन सक्नेछ र सो म्यादभित्र दाखिल भएको फाँटवारी म्याद भित्रै दाखिल भएको मानिनेछ भन्ने उल्लेख गरी म्याद गुज्रिसकेकाको हकमा पनि म्याद थपको व्यवस्था गरेको र वादी बालचा खड्गी विरूद्ध रामदाश च्यामेको दे.फु.नं.५८ को बालीभराई मोहीबाट निष्काशन गरिपाउँ भन्ने मुद्दामा ०२३।११।२३।३ को फुल बेञ्चबाट निर्णय हुँदा भूमिसम्बन्धी (प्रथम संशोधन) अध्यादेश, ०२२ को दफा ४ ले थप भएको मूल ऐनको दफा २९(क) को खण्ड (क) मा मोही निष्काशन गरिपाउँ भन्ने नालेस उजुर गर्ने कुराको म्याद कुत बुझाउने म्याद नाघेको मितिले ३५ दिन तोकिएको भए पनि भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को दफा ६ ले थपेको मूल ऐनको दफा २९(क) को खण्ड (क) मा कुत बुझाउने म्याद नाघेको मितिले ९० दिन वा यो दफा लागू भएको मितिले ३५ दिनभित्र जुन पछि हुन्छ सो म्यादभित्र भन्ने लेखिएकोले उक्त दफा लागू भएको मितिले ३५ दिनको म्याद पनि पाउन सक्ने हुँदा उक्त ऐन प्रारम्भ हुनुभन्दा अगावै परिराखेको उजुरीलाई म्यादभित्र नपरेको भन्न नमिल्ने भन्नेसमेत सिद्धान्त कायम भई ठहर निर्णय भइराखेको पनि देखिएको समेत हुँदा निवेदक हिरामानले निजको जग्गा भएको ठाउँमा भूमिसुधार टोली पुगेको मिति ०२२।१।११ गतेदेखि म्याद शुरू हुनुभन्दा अगावै ०२१।९।३० गते नै पठाइराखेको भन्ने फाँटवारीलाई म्याद नघार्ई दाखेल गरेको भन्न मिल्ने देखिन आएन । (प्रकरण नं. १०) (२) भूम