निर्णय नं. ४८२७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८२७ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०९/०५ २५४८ निर्णय नं. ४८२७ ने.का.प. २०५० (ग) अङ्क ११ संयुक्त माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत २०४६ सालको रिट नं. ८०२ आदेश मिति: २०५०।९।५।२ निवेदक : का.जि. सतुगंल गा.वि.स. वडा नं. ९ मा स्थापित शालिनी प्लाष्टिक प्रा.लि. को तर्फबाट अख्तियार प्राप्त ऐ. का संचालक ऐ ऐ बस्ने धनन्जय आचार्य । विरुद्ध विपक्षी : पंचायत तथा स्थानीय विकास मन्त्रालय, ललितपुर समेत । विषय : उत्प्रेषण । (१) निवेदकको शालिनी प्लाष्टिक उद्योग तत्कालिन काठमाडौं नगर पंचायतको क्षेत्र बाहिर रहेकोमा विवाद देखिएन । थानकोट कर डिपोमा प्राप्त भएको सामान उद्योगको लागि झिकाइएको भन्ने भएकोले जहाँ उद्योग स्थित हुन्छ त्यही खपत प्रयोग हुने भन्ने सम्झनुपर्ने कुरा स्वाभाविक हुन आउँदछ । चुंगीकर लाग्न नगर पंचायतको क्षेत्रभित्र खपत वा विक्री हुनैपर्ने अनिवार्यता तत्कालिन नगर पंचायत ऐनको दफा ३९(क) र (ख) को समुच्चायात्मक अध्ययनबाट देखिन आउँने । (प्र.नं. ८) (२) चुंगीकर माल कर डिपोमा आउँदाका अवस्थामा खपत वा विक्री वितरण सोझै हुने अवस्थाको मालमा मात्र लाग्ने हो । (प्र.नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर : विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजीर : गायत्री प्रसाद रिजाल विरुद्ध विराटनगर न.पं. भएको मुद्दामा ने.का.प. ०४५, अङ्क १० मा प्रतिपादित सिद्धान्त । आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. शालिनी प्लाष्टिक्स प्रा.लि. का.जि. सतुंगल गा.प. वडा नं. ९ मा स्थापित छ । त्यसको मुख्य कच्चा पदार्थ प्लाष्टिक हो । यस उद्योगको निमित्त आयात गरिएको मेसिनरीको निमित्त का.न.प. कर डिपो थानकोटले न.पं. कर (चुँगीकर) लाग्ने भनेर २०४६।३।३।१ मा सामान आएको अवस्थामा विवाद गरेकोमा धेरै प्रयास स्वरुप प्लाष्टिक छाप्ने मेसिन गली ०४६।४।३ मा उद्योगमा जडान भै सकेको छ । अझै पनि न.प. कर नतिरेसम्म मेसिन सम्बन्धी डकुमेन्ट विपक्षीले आफुसँग राखेका छन् । ठेकेदारले म बाट न.पं. कर असुल उपर गर्नु भन्ने का.न.प. समक्ष पत्र पे्रषित गरेको सोको प्रत्युत्तरमा २०४६।५।१२ मा का.न.प. क्षेत्र भन्दा बाहिरका उद्योगबाट आयात गरिएको सामानमा न.पा. कर चौकीले उठाई आएको न.पं. कर सर्वथा न्यायोचित भएको भनी ०४४।९।२२ मा पंचायत तथा स्थानीय विकास मन्त्रालयबाट निर्णय भएकोले सो निर्णयानुसार गर्ने गरी २०४६।३।५ मा निर्णय भएको हुँदा कर लाग्ने व्यहोरा अवगत गर्नु भै न.पा. कर लाग्ने सूचित गरिन्छ भन्ने उल्लेख गरिएको रहेछ । सोको बोधार्थ मलाई दिइएको थियो । २०४६।५।१९ मा का.न.प. समक्ष मैले चुंगिकर लाग्नुपर्ने कानूनी स्थिति नभएको तथ्य दर्शाउँदै निवेदन प्रस्तुत गरेकोमा आजसम्म कुनै सुनवाई गरिएको छैन । अब आयात गरिने सामान न.पं. कर नतिरी नछोड्ने धारणा समेत व्यक्त गरेकोले यो निवेदन गर्न आएको छु । ३. न.पं. ऐन, २०१९ को दफा ३९(क) मा न.पं. क्षेत्र भित्र खपत वा बिक्री गर्ने व्यापारिक कुनै मालमा मात्र चुंगीकर लाग्ने व्यवस्था छ । न.पं. को बाटो भएर अन्यत्र जाने सामानको हकमा न.पं. ले चुंगीकर लिन नपाउने व्यवस्था उक्त ऐनको दफा ३९(क) को उपदफा (४) मा स्पष्ट रुपमा ग