निर्णय नं. ५८६ - बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५८६ - बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०७/०९ २६०१ निर्णय नं. ५८६ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री प्रकाशबहादुर के.सी न्यायाधीश श्री हेरम्वराज सम्वत् २०२७ सालको रिट नम्बर ९४९ आदेश भएको मिति : २०२७।७।९।१ निवेदक : पूर्व १ नं.का.प.जि.गोल्धार गा.पं.वार्ड नं.३ जकमलेको हाल का.जि.डिल्ली बजार खोरमा थुनिएको लालबहादुर तामाङ समेत विरूद्ध विपक्षी : श्री विशेषअधिकृत,श्री ५ को सरकार,विशेषअधिकृतको कार्यालय धादिङसमेत विषय : बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ (१) विष्फोटक पदार्थ ऐन, २०१८ को दफा २४ र स्थानीय प्रशासन ऐन, २०२२ को दफा ५ : विष्फोटक पदार्थसम्बन्धी मुद्दा हेर्ने अधिकारक्षेत्र स्थानीय बडाहाकिमलाई हुने भई उक्त अधिकार अञ्चलाधीशले प्रयोग तथा प्रत्यायोजन गर्नसक्ने । उक्त ऐनको दफा २४ को मुद्दा हेर्ने अधिकारक्षेत्र स्थानीय बडाहाकिमलाई हुने भई स्थानीय प्रशासन ऐनको दफा ५ अनुसार अञ्चलाधीशले प्रयोग तथा प्रत्यायोजन गर्न पाउने हुन्छ । यसैले मुद्दा हेर्ने अधिकार विशेष अधिकृतलाई भएको प्रष्ट छ । (प्रकरण नं. ८) (२) अधिकार क्षेत्र भएमा–मुद्दाको तथ्य हेरी कुनै ऐन प्रयोग गर्नसक्ने । अधिकारक्षेत्र भएपछि उक्त अधिकृतले कुन ऐन प्रयोग गर्ने हो मुद्दाको तथ्यमा निर्भर गर्दछ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा :  आदेश न्यायाधीश श्री हेरम्वराज १. मेरो छोरा लालबहादुर भाइलाइ चिठ्ठी हाल्न र जुवाइं मानबहादुर नुन, तेल, कपडा किन्न र भानिज विवी सिंह भाइलाई भेट गर्न भनी चैत्र २७ गते काठमाडौं आएका अवस्थामा निजहरूले नचिनेका हाल मात्र नाउँ थाहा हुन आएका पद्मबहादुर क्षेत्रीले भारी वोक्छौ भनी सोधपुछ गर्नुभएछ । आफ्नो आर्थिक स्थिति कमजोर भएका कारणबाट भारी वोक्न मन्जुर गरी कुनै खरावी किसिमको वस्तु भएको नजानिकन निजको भारी दिन १ को रु.१०। का दरले मजुरी लिने गरी भारी बोकी गएकोमा ०२६।१२।३१ गते धादिङ जिल्ला अन्तर्गतको वेनीघाटमा विपक्षी जिल्ला प्रहरी निरीक्षक कार्यालय अन्तर्गतका प्रहरीहरूले पक्राउ गर्नुभई बिना पुर्जि र खानपिनसमेत नदिई ०२७।१।२७ गते तक आफ्नै कार्यालयमा लगी थुनामा राख्नु भएछ । गत ०२७।१।२८ गते विपक्षी विशेष अधिकृतको कार्यालय समक्ष लगी जथाभावी तरिकाबाट इच्छा विरूद्धमा समेत बयान कागज गराई यसै निवेदन साथ संलग्न गरिएको थुनुवा पुर्जिमा लेखिएअनुसार प्रतिवादी ब्लाष्टर पद्मबहादुर खड्का क्षेत्रीसमेत भएको बिस्फोटक पदार्थ चोरी बिक्री गर्‍यो भन्ने मुद्दामा विस्फोटक पदार्थको भारी बोकेमा समेत साविती हुनु भएकाले विस्फोटक पदार्थ ऐन, ०१८ को दफा १० को देहाय (ङ) बमोजिम यस कार्यालयको ०२७।१।२८ का आदेशबमोजिमको रु.१०००।— एक हजार धरौटी दिन नसक्नु भएकोले (ख) श्रेणीको सिधा दिई कारागारमा थुनामा बस्ने तपाईका नाउँमा अ.बं. १२१ नं.बमोजिम यो थुनुवा पुर्जि गरी दिएको छ भनी थुनामा राखी ०२७।२।६ गते यहाँ काठमाडौं ल्याई हाल विपक्षी हाकिमको खोर कार्यालयमा थुनामा राखिएको छ मेरा छोरा जुवाइं तथा भानिज समेतले बोकेको भारीमा बिष्फोटक पदार्थ छ भनी जानी जानी बोकेका थिएनन् । उनीहरू त्यस सम्बन्धमा विलकुलै अनिभिज्ञ थिए । त्यसो हुँदा निजहरूलाई दोषी हुन् भनी कुनै हालतमा पनि कसैले अभियोग लगाउन सकिने अवस्था कतैबाट पनि थिएन । तैपनि मुद्दा चलाउने भनी चलाइएको छ । कानूनको मर