निर्णय नं. ५८७ - उत्प्रेषणको आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५८७ - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/१०/२९ २१९८ निर्णय नं. ५८७ ने.का.प २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२६ सालको रिट नम्बर ६०२ आदेश भएको मिति : २०२७।१०।२९।५ निवेदक : जिल्ला मोरङ विराटनगर न.प.वार्ड नं.४ बस्ने प्रेमराज राठीको विरूद्ध विपक्षी : जि.भू.सु. कार्यालय मोरङका का.भू.सु.अधिकारी श्री गोरख प्यारा श्रेष्ठसमेत विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन पूर्वको) दफा ५३ को उपदफा १ : कुनै कारण बिना तोकिएको तारेख भन्दा अगाडि निर्णय गरेमा–अ.बं. ५३ नं १८५ नं.विपरित हुने । उचित र न्यायसङ्गत देखिन आएमा पक्षको अनुपस्थितिमा पनि भू.सु.अ.ले निर्णय गर्न सक्ने हो । तर प्रस्तुत मुद्दामा तोकिएको तारिखभन्दा अगावै निर्णय गरेकोमा कुनै कारण प्रस्तुत हुनआएन । के परिस्थिति परी तोकिएको तारिखभन्दा अगावै निर्णय गर्नुपरेको त्यस सम्बन्ध मा कुनै जवाफसम्म प्रस्तुत हुन आएन । त्यस्तो स्थितिमा तोकिएको तारिखभन्दा अगावै निर्णय गरेको अ.बं. ५३ नं.र १८५ नं.विपरित भएको प्रष्टै छ । (प्रकरण नं. ६) (२) भू.सु.अ.ले गरेको निर्णयउपर अञ्चल अदालतमा पुनरावेदन नलाग्ने भन्ने निर्णय गरेको ९ महिनाभित्र रिट निवेदन गरेमा–ढिलो गरी निवेदन गरेको भन्न नहुने । भूमिसुधार अधिकारी समक्ष डोमी साहुतेलीले ऋण साधन गरिपाउँ भनी दिएको निवेदनमा २०२४ साल चैत्र १५ गतेमा निर्णय गरेको र सो निर्णय विरूद्ध १ वर्ष ९ महिना पछि रिट निवेदन परेको ढिलो गरी आएको हुनाले त्यसमा कुनै कारवाई हुन नपर्ने भन्ने विपक्षीको तर्क जिकिर सम्बन्धमा विचार गर्दा भू.सु.अ.ले गरेको निर्णयउपर कोशीअञ्चल अदालतले पुनरावेदन लिई सो अदालतबाट कृषि ऋणसम्बन्धमा पुनरावेदन लाग्न नसक्ने भनी निर्णय गरेको ९महिनाभित्र रिटनिवेदन परेको देखिनाले ढिलो गरीआएको भन्नमिलेन । (प्रकरण नं. ७) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णकुमार बर्मा विपक्षी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल, सरकारी अधिवक्ता श्री रत्नलाला कनौडीया उल्लेखित मुद्दा :  आदेश न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह १. विपक्षी डोमी साहुले २०१५ सालमा निवेदकसँग ऋण लिई जग्गा दृष्टिबन्धकमा लेखि दिएको सम्बन्धमा मो.वि. इलाका अदालतमा नालेस परी २०१९ साल आश्विन ७ गतेमा बिगो भा.रु.३०१७। ९४ कायम भइ दृष्टिबाट भोगवन्धकी सरह जग्गाको आयस्ता खाने गरी सो अदालतबाट फैसला भइ चलन पुर्जि पाएअनुसार सो जग्गा १२ मन धानमा ठेक्का लगाई सो जग्गाको लाग्ने मालपोतसमेत सालिन्दा निवेदकले नै तिरी आएकोमा ऋण निश्रित गरिपाउँ भन्ने डोमी साहुसँग परेको मुद्दामा विपक्षी भू.सु.कार्यालय मोरङबाट तोकिएको तारिखहरूमा निवेदक बरोबर रूजु हाजिर भई ०२४ साल चैत्र १४ गते तोकिएको तारेखमा हाजिर हुँदा ०२५ साल वैशाख ११ गतेको तारिख बोकी पाएकोमा सो तोकिएको तारिखमा हाजिर हुन जाँदा ०२४ साल चैत्र १४ गतेमा नै विपक्षी भू.सु. अधिकारीले ऋण निश्रित गरी उक्त मुद्दा निवेदकको अनुपस्थितिमा निजलाई आफ्नो सफाइको सिलसिलामा बहस पैरवीको पर्याप्त मौकासमेत नदिई मुद्दा फैसला गरीसक्नु भएको थाहा पाइयो । जुन दिन जे कामको लागि तारिख तोकिन्छ सोही तारिखमा झगडीया हाजिर भएपछि सो काम गर्नु भन्ने अ.बं. ५२ नं.र १८५ नं.को व्यवस्था विपरित तोकिएको तारिख भन्दा अगावै पक्षको अनुपस्थितिमा त्यसरी निर्णय फैसला गर्नु विपक्षी भू.सु. अधिकारीलाई कुनै कानूनले अधि