निर्णय नं. ५८८ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५८८ - हक सफा भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/१०/२० २१२९ निर्णय नं. ५८८ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री रंगनाथ उपे्रती न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान न्यायाधीस श्री जयदेव भट्ट सम्वत २०२६ साल देवानी फुल नम्बर ६६ फैसला भएको मिति : २०२७।१०।२०।३ निवेदक : प.४ नं. म्यादी चौर बस्ने डि.प्रेम शर्मा उपाध्याय विरूद्ध विपक्षी : वाग्लुङ थंथाप ग्यादी बस्ने सु.वे.बमबहादुर खत्री मुद्दा : हक सफा (१) प्रधान न्यायाधीशको आदेशसँग नबाझिने अन्तिम आदेश (पहिले प्रकाश नभएको) पछि प्रकाशमा आएमा–उक्त अन्तिम आदेशलाई नयाँ र महत्त्वपूर्ण प्रमाण भन्न नहुने । प्रधान न्यायाधीशज्यूबाट भएका आदेशानुसार गर्नु पर्दैन ऐन सवालबमोजिम गर्नु भन्ने गरी पाउँ भनी मैले दिएको निवेदनमा ऐनबमोजिम गर्नु भन्ने ०१४।१।९।१ मा अन्तिम आदेश भएको सो पाल्पा अपिल सर्वोच्चअदालतको कुनै पनि फैसालामा उल्लेख नभएको अव प्रकाशमा आउँदा त्यहिनै नयाँ र महत्त्वपूर्ण प्रमाण हुनआउने भन्ने निवेदकको निवेदनपत्र मा उल्लेख भएको पाइयो । मिसिलसामेल रहेको ०१४।१।९।१ को आदेश भनेको हेर्दा बम बहादुरले निखन्न नपाउने ठहराई मालले पर्चा गरीसकेको त्यसमा चित्त नवुझ्नेले अपील गर्न पाउने र सर्वोच्चअदालतमा जाहेर गर्नुभन्ने अघि आदेश भएको नदेखिएबाट ऐन सवाल ले जाहेर गर्नुपर्ने भए आफ्नो तालुक अड्डामार्फत गर्नुपर्ने हुनाले ऐनसवाल बमोजिम गर्नु भन्ने श्री माननीय न्यायाधीश मीनबहादुर थापाबाट ०१४।१।६।५ मा आदेश दिनुभएकोले आदेशानुसार उक्त निवेदन र मिसिल पठाइदिएको छ भन्ने सर्वोच्चअदालतबाट गुल्मी माल लाई १४।१।९।१ मा लेखेको पत्रमा उल्लेख भएको हुँदा हदम्याद सम्बन्धमा माननीय प्रधान न्यायाधीशज्यूबाट भएका आदेशसँग बाझिएको नदेखिएको निवेदकले सर्वोच्च अदालतमा दिएको पुनरावेदनमा समेत यसको जिकिर लिएकै हुँदा त्यस्तो आदेशलाई अब प्रकाशमा आउँदा नयाँ र महत्त्वपूर्ण प्रमाण हुन्छ भनी नयाँ र महत्त्वपूर्ण प्रमाणको संज्ञा दिएको निवेदकको लेखाई उचित देखिएन । (प्रकरण नं. १५) (२) पहिले नै उल्लेख र प्रस्तुत गरिसकेको देखिएको दर्ता उतार र फारामहरूलाई नयाँ र महत्त्वपूर्ण प्रमाण भन्न नमिल्ने । २००६ सालको पाखा १० वर्ष घरदर उतार र रातामाटा भन्ने पाखो जग्गा पूर्णवीरका नाउँमा दर्ता भएको ०९ सालको दर्ता उतार औ विपक्षी वादी बमबहादुर र निजको दाजु जङ्गबहादुरले भरेका १।७ नं.फारामहरू निवेदक वादीकोतर्फबाट विद्वान अधिवक्ता श्री कृष्ण प्रसाद घिमिरेले बेञ्चसमक्ष पेशगर्नु भएकोमा निवेदक वादीले पूर्णवीर र बमबाहादुर एका घर सगोलकै हुन् । १० बर्ष घरदर ३ महले समेतबाट पनि देखिन्छ भन्नेसमेत उल्लेख गरी गुल्मीमाल बाग्लुङमा ०१२।८।१६।५ मा कागज गरेका र त्यसपछि पटक–पटक दिएका निवेदन पत्रमा पनि सोही कुरासमेत जिकिर गरी ०६ सालको दर्ता उतार भनी पेशगरेको मिसिलसामेलै देखिएको, १।७ नं.फारामहरूका हकमा पनि ०२०।२।२।६ मा फुल बेञ्चबाट अन्तिम किनारा भएको ३।४ बर्षपछि ०२३ र ०२५ सालमा भूमिसुधार कार्यक्रम अन्तर्गत पेशगरेको देखिनाले उल्लेखित दर्ता र फारामहरूलाई पनि फुल बेञ्चबाट २० सालमा अन्तिम भएका निर्णयको तात्पर्यको लागि नयाँ र महत्त्वपूर्ण प्रमाण भन्न मिलेन । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली उल्लेखित मुद्दा :  फैसला न्या.श्री जयदेव भट्ट १. म भारत सरकारको ९ गोरखा राईफलमा भर्ती भएकोछु । मेरो ३ पुस्ताको हकदा