निर्णय नं. ५८९ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५८९ - लेनदेन भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/१०/२३ २१२८ निर्णय नं. ५८९ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री प्रकाशबहादुर के.शी. न्यायाधीश श्री हेरम्वराज न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०२७ सालको दे.फु.नं. १२० फैसला भएको मिति : २०२७।१०।२३।६ पुनरावेदक : त्रिभुवन विश्वविद्यालय किर्तिपुरका रजिष्ट्रार श्री डा.त्रैलोक्यनाथ उप्रेती विरूद्ध विपक्षी : का.जि. पुतली सडका बस्ने भू.पु.डे.से. अधिवक्ता गजेन्द्रबहादुर प्रधानाङ्ग मुद्दा : लेनदेन (१) प्रचलित साहु आसामीको १ नं.र ३८ नं.–मालको मोल दिन बाँकी भराइपाउँ भन्ने विषय १ नं. अन्तर्गत नपर्ने–उक्त विषयमा ३८ नं.को हदम्याद २ वर्ष भित्र फिराद गर्नुपर्ने । पत्रको मिति १८।१०।१७ मा भएको यो फिरादपत्र ०२१ पौष १६।३ मा दायर भएको रहेछ । पत्रमा कर्जा लिएको भन्ने र तमसुक गरेको छु भन्ने बोली नपरी दाउराको चट्टा ३० को मोल रु.२५२०० आजका मितिले १ महिनाभित्र दिने काम हुनेछ म्यादभित्र भुक्तानी नभएमा सुदसमेत बुझाउने बोली परेको रहेछ । त्यस्तो मालको मोल दिन बाँकी भराइपाउँ भन्ने विषय लिखत भएको बखतमा प्रचलित साहु लेनदेन आसामीको १ नं.अन्तर्गत नपर्ने हुनाले ऐ.३८ नं.को हदम्याद वर्ष २ भित्र फिराद परेको नहुँदा यो फिरादपत्र खारेज हुन्छ । दर्ता गर्न नहुने फिराद दर्ता गरेको देखिएकोले कोर्टफी धरौटीसमेत ऐनको रीतपुर्‍याई फिर्ता दिनु । काडमाडौं जिल्लाअदालत र बागमती अञ्चलअदालतको फैसला उल्टी हुन्छ । (प्रकरण नं. १०) पुनरावेदन तर्फबाट :  विपक्षी तर्फ :  उल्लेखित मुद्दा :  फैसला न्यायाधीश श्री हेरम्वराज १. त्रिभुवन विश्वविद्यालय (एस.टि.सी.यू.वि.सी.) किर्तिपुरबाट ०१८।१०।१७।३ मा पत्र संख्या ११६१ को पत्रमा श्री डे.से.गजेन्द्रबहादुरले मृगेन्द्र शम्सेर ज.ब.रा. वा आफ्नो जिम्माबाट ल्याएको दाउरा चट्टा ३०।३० कमिशन र अफिसमा उजुरी साथ जिम्मा लगाएकोमा उक्त अफिसले आफू खुसी गरी काम लगाउन पाउने गरी मेरै जिम्मा फिर्ता दिएमा बिक्री नगरी त्यसै राख्दा पता बढ्ने भएको र किन्ने मानिस पनि तयार भएका छन् । तर मैले ६००००० ईंट पोल्ने काम ठेक्का लिएकोले मलाई नै दाउरा आवश्यक पर्ने हुँदा सो दाउरा एकमुष्ट खरिद गर्ने काम होस् । म पेश्कीको रूपमा बुझेको भरपाई गरिदिनेछु भन्ने गयालालको दरखास्त परेकोमा सो दाउरा यूनिभरसिटिलाई चाहिने हुँदा त्यसको मोल चट्टा १ को रु.८४० ले हुने रु.२५२०० । एक महिनाभित्र बुझाउने सो म्यादमा नबुझाए सो सयकडा १०।। दरले व्याजसमेत राखी दाउराको मोल दिनेछु भन्ने उल्लेख गरी लिखत गरिदिएकाले सो दाउरा दिईसकेपछि उक्त शर्त बमोजिमको रूपैयाँ नदिएकाले नालेस गर्न आएको छु । उक्त ०१८।१०।१७।३ को पत्रमा उल्लेख भएबमोजिम दाउराको मोल रु.२,५२,००० र खरिद भएको मिति ०१८।१०।१७।३ देखि ०२१।९।१६ तक २ वर्ष ११ महिनाको सयकडा १० का दरले हुने व्याज रु.७२५० समेत जम्मा रु.३२५५० र फैसला भएका मिति तकको व्याजसमेत त्रिभुवन विश्वविद्यालयको जेथाबाट दिलाई पाउँ भन्नेसमेत ०२१।९।१६।४ को गजेन्द्रबहादुर प्रधानाङ्गको फिरादपत्र । २. वादी दावी झुठ्ठा हो । ले.ज.मृगेन्द्र सम्सेर ज.ब.रा. बाट आफ्नो जिम्मा ल्याएको रूपैयाँले खरिद गरेको भन्ने भनाई भएको सो दाउराको मोलमा धनीको हैसियतले दावा गरेको गयालालले उक्त ०१८।१०।१७ को दरर्खास्तमा उल्लेखित दाउरा चट्टा ३०।३० को मोल डे.से. गजेन्द्रबहादुर प्रधानाङ्गलाई एकमुष्ट दिई पठाउने काम होस् । रुपैयाँ भरपाई गरिदिनेछु भन्ने उल्लेख भएअनुसार पेश्की भरपाई गरि