निर्णय नं. ५९० - उत्प्रेषणको ओदश जारी गरीपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५९० - उत्प्रेषणको ओदश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०७/२७ २३७८ निर्णय नं. ५९० ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री झपट सिंह रावल सम्वत २०२७ सालको रिट नम्बर ८३५ आदेश भएको मिति : २०२७।७।२७।५ निवेदक : गोरखबहादुर कठेतक्षेत्रीसमेत विरूद्ध विपक्षी : का.जि.पञ्चायतको लागि निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतको मुख्य न्यायाधीश श्री ऋद्धिमान बज्राचार्य समेत विषय : उत्प्रेषणको ओदश जारी गरीपाउँ (१) अधिकारको श्रोत दावीको कारण र उपस्थित गरिएको कानूनी प्रश्न समान भएको कारण विभिन्न निर्णय दिनपर्ने नदेखिएमा निवेदकहरूको संयुक्त निवेदनबाट निर्णय दिन मिल्ने । यसबाट अधिकारको श्रोत दावीको कारण र उपस्थित गरिएको कानूनी प्रश्न समान भएकोले विभिन्न निर्णय दिनुपर्ने विषय नदेखिएकोले निवेदकहरूको संयुक्त निवेदनबाट निर्णय दिन मिल्ने देखिन्छ । (प्रकरण नं. १३) (२) एक जिल्ला अन्तर्गतको गा.पं.अर्को जिल्लाको क्षेत्रमा गाभिएको भन्ने सूचना प्रकाशित हुनपूर्व पहिलो जिल्ला अन्तर्गतको गा.पं.को सदस्य गाभिएको जिल्ला सभाको लागि कसरी खडा र निर्वाचित भए भन्ने प्रष्ट देखाउन नसकेमा–विजयी भएको भन्ने प्रमाणपत्रमा गाभिएको जिल्ला सभामा विजयी भएको भन्ने उल्लेख नभएमा–क्षेत्र गाभिनु पूर्व पहिलो जिल्ला पञ्चायत अन्तर्गतको जिल्ला सभाको निर्वाचन गाभिएको जिल्ला सभाबाट भएको भन्ने कुरालाई मान्यता दिन नमिल्ने । तर उक्त क्षेत्र परिवर्तन गर्ने श्री ५ को सरकारको सूचना ०२६।११।१२ मा मात्रै राजपत्रमा प्रकाशित भएको देखिन्छ । राजपत्रमा प्रकाशित हुनुभन्दा अगावै काठमाडौं जिल्लापञ्चायत अन्तर्गत रहेको गा.पं.बाट ०२६।१०।१३ मा कसरी मकवानपुर जिल्लासभाका लागि ती २ व्यक्ति निर्वाचित भए सो कुरा विपक्षीले प्रष्ट गर्नसकेको छैन । निवेदकहरू जानी बुझिकन मकवानपुर जिल्लासभाको लागि निर्वाचनमा खडा भएका थिए भन्ने कुरा पनि देखाइएको छैन । निवेदकले पेशगरेको फाइलसाथ रहेको जिल्लासभासद्मा विजयी भएको प्रमाणपत्रमा मकवानपुर जिल्लासभामा विजयी भएको भन्ने कुरा उल्लेख छैन । यस्तो अवस्थामा श्री ५ को सरकारको क्षेत्र परिवर्तन गर्ने ०२६।११।१२ को राजपत्रमा प्रकाशित सूचना भन्दा अगावै काठमाडौं जिल्लापञ्चायत अन्तर्गतको जिल्लासभाको निर्वाचन मकवानपुर जिल्ला सभाबाट भएको भन्ने विपक्षीको कुरालाई मान्यता दिन नमिल्ने हुनआउँछ । (प्रकरण नं. १४) (३) अधिकार क्षेत्रको अभावमा वा प्राकृतिक न्यायको सिद्धान्तको विपरित भएको कुनै निर्णय आदेशलाई कुनै व्यक्तिलाई आघात पुग्ने गरी प्रयोग गर्न नसकोस् भन्ना खातिर उत्प्रेषणको आदेशले बदर गरिने । गलत र त्रुटिपूर्ण कुरालाई प्रारम्भ देखि नै उत्प्रेषणको आदेशले मेटिदिने । उत्प्रेषणको आदेशले अधिकार क्षेत्रको अभावमा वा प्राकृतिक न्याय सिद्धान्तको विपरित भएको कुनै निर्णय आदेशलाई बदर गर्दछ ता कि त्यस्तो निर्णय आदेश कुनै व्यक्तिलाई आघात पुग्ने किसिमबाट प्रयोग गर्न नसकियोस् । निवेदक मूलचन्द आजाद विपक्षी निर्वाचन अधिकृतसमेत भएको रिटमा फुल बेञ्चबाट उत्प्रेषणको आदेशले गलत र त्रुटिपूर्ण कुरालाई सफा गरेर मेटिदिन्छ भन्ने सिद्धान्त कायम गरेको देखिन्छ । सो गलत त्रुटिपूर्ण कुरा प्रारम्भ भएदेखि नै मेटिन्छ । अतः उक्त श्री ५ को सरकारको ०२६।११।१२ को निर्णय शुरू देखिनै मेटिएको मान्नु पर्दछ । (प्रकरण नं. १७) (४) कुनै जिल्लापञ्चायतको निर्वाचन हुँदाको अवस्था कुनै व्यक्ति सोही जिल्लाको ज