निर्णय नं. ५९१ - जग्गा बाली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५९१ - जग्गा बाली भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/११/२१ २०९३ निर्णय नं. ५९१ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री प्रकाशबहादुर के.शी. न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत २०२६ सालको देवानी फु.नं. १०५ फैसला भएको मिति : ०२७।११।२१।६ निवेदक : जि.मो.विजयपुर धरानबस्ने कुलप्रसाद आचार्य पर्लोक भई मु.स.गर्ने पशुपति आचार्य विरूद्ध विपक्षी : ऐ.बस्ने जयप्रसाद थपलिया, रूपनारायण प्रसाई समेत मुद्दा : जग्गा बाली (१) राजिनामा गरिदिने व्यक्तिको नठहर्ने गरी अन्तिमरूपमा फैसला भइरहेको देखिएमा–राजिनामा गरी लिनेको हक नपुग्ने । त्यसरी पहिले मुद्दा परी वादीहरूको दाता सु.भैरवप्रसादसमेतले हारी जयप्रसादको कि.नं. ३६८।३७२।३८३ को कायम भई जिति सके । उसै जग्गामा सो पछि उनै सु.भैरवप्रसाद समेतले गरिदिएको राजिनामाको नाताबाट वादीहरूको हक पुग्न नसक्ने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : वरिष्ट अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी उल्लेखित मुद्दा : फैसला न्यायाधीश श्री बब्बरप्रसाद सिंह १. सुव्वा भैरवप्रसाद र निजको पत्नी देवकुमारीसमेतबाट राजिनामा गराई लिएको जग्गा मध्ये ६२ नं.को जग्गा ४।।४।। मध्ये आधा २।२। को जग्गा विपक्षीले खाई १४५ नं.को मध्ये आधा दुई बिगाहा हाकिमलाई खुवाई राखेको सो १४५ नं.मा मुद्दा गरी विपक्षीले जिति पाएकोले राजिनाको ६२ नं को मध्ये २।२। जग्गा हामीलाई छाडी दिनुपर्ने नदिएकाले २ वर्षको बिगो रु.२६१६ दिलाई जग्गा चलन चलाई पाउँ भन्नेसमेत वादी । २. वादी दावीबमोजिम खाएको छैन । वादीले ६२ नं.भनेको जग्गा मेरो नं.२६८।३७२।३८३ घर बारीको जग्गा हो वादीसँग सट्टापट्टा गरी खाएको होइन भन्नेसमेत प्रतिवादी। ३. प्रतिवादीले ३६८।३७२।३८३ नं.भनेको जग्गा वादीको ६२ नं.को जग्गा ठहर्छ । बाली बिगो २६१६ भराई दिने भन्नेसमेत ०१५।४।२६ को मो.वि.अमिनीको फैसला । ४. मेरो साक्षी प्रमाण कागज केही नवुझी अन्याय गरी हराई बिगो रु.२६१६ । तिर्नुपर्ने गरेकाले चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन । ५. वादीले दावी गरेको जग्गा वादीको हक दावी पुग्न नसक्ने हुनाले शुरूले गल्ती ईन्साफ गरेको ठहर्छ भन्नेसमेत ०१५।११।२२ को मोरङ विराटनगर अपीलको फैसला ६. अघि सर्वोच्चअदालतबाट भएको फैसलामा ६२ नं.को जग्गा भैरवप्रसादबाट आएको ठहर्ने यो जग्गा नठहर्ने भन्ने उल्लेख भएको यसमा ६२ नं.को जग्गा पनि नपाउने ठहरफैसला भएकोसमेत हुँदा मो.वि.अपीलको इन्साफमा चित्तबुझेन भन्नेसमेत वादीहरूको पुनरावेदन । ७. झगडा परेको र झगडा नपरेको वादीले ६२.नं.भनेको जग्गासमेत नापीबाट जम्मा जग्गा बिगाहा ४।४ देखिन आएकाले प्रतिवादीको जग्गा त्यस ठाउँमा छ भन्न नमिल्ने देखिएकोले समेत प्रतिवादीले घरवास गरेको घर र त्यो घरको बाटो निकासको जग्गा बाहेक अरू जग्गा ६२ नं.को जग्गा कायम हुन आई वादीको हक ठहराएको समेत शुरूको इन्साफ मुनासिव, न्याय प्रशासन ऐन, ०१६ ले अपील नलाग्ने भन्नेसमेत ०१८।६।२० को पूर्वाञ्चल उच्च अदालत सिंगलबेञ्चको फैसला । ८. सो फैसलाउपर सर्वोच्च अदालतमा अपील गर्ने निस्सा आदेश गरिपाउँ भन्ने प्रतिवादी ना.सु. कुलप्रसादको हकमा पशुपति अचार्जले दिएको निवेदनपत्रमा ऐनबमोजिमको पुनरावेदन दिए लिई अपील किनारा गर्न मिसिल सहित सर्वोच्च अदालतमा पठाई दिनु भनी पूर्वाञ्चल उच्च अदालतबाट ०१८।७।२१।२ मा आदेश भएको । ९. एकपटक मुद्दा परी मो.वि.इ.अ.बाट ०५ सालमा