निर्णय नं. ५९२ - अपुताली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५९२ - अपुताली भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/११/२८ २२१५ निर्णय नं. ५९२ ने.का.प २०२८ फुल बेञ्च प्रधान न्यायधीश श्री रत्नबहादुर विष्ट न्यायधीश श्री नयनबहादुर खत्री न्यायधीश श्री झपट सिं रावल सम्वत २०२६ सालको देवानी फुल नम्बर ९३ फैसला भएको मिती : २०२७।११।२८।६ निवेदक : जि. पर्शा सिद्धमास मौजे मनियारी बस्ने देवराज राउत अहिर विरूद्ध विपक्षी : ऐ ऐ बस्ने सत्यदेव राउत अहिर सामदेव राउत अहिर मुद्दा : अपुताली (१) दाखेल दर्ता गराई हक छुट्टाई लिनेले नै तिरोभरो भोगचलन गरी आउनाका साथै निजकै नाममा नापी दर्ताको पुर्जीसमेत पाईसकेमा–हकछाडी दिनेको मृत्युपछि उक्त जग्गा अपुताली परेको भन्न नमिल्ने । त्यसरी ०१३ सालमै सम्मतीयाले हक छाडी सामदेव सतदेवका नाउँमा दाखेल दर्ता गराई दिई तिरो भरो भोग चलन गरी आएको र ०८ सालको नापीले निजै सामदेव सतदेवका नाममा नापी दर्ता गरी पुर्जासमेत दिइसकेको त्यस्तो जग्गालाई ०२१ सालमा सम्मतीया मरेपछि निजको अपुताली परेको भन्न नमिल्ने भएकोले सो जग्गामा हकवाला हुँ भन्नेको हकदैया लाग्न नसक्ने हुँदा त्यसतर्फ प्रतिवादी सतदेव सामदेवकै हक कायम हुने ठहर्‍याएको इन्साफ ०२५।२।२१।१ को डिभिजन बेञ्चको मुनासिवै छ । (प्रकरण नं. १६) (२) मानो जोडी बसेको कानूनी लिखत सवूदको अभावमा–मानोजोडी बसेको भन्ने कुरालाई मान्यता दिन नमिल्ने । तर निज सतदेव सामदेव सम्मतीयासँग कुन मितिमा मानो जोडी बसेका हुन त्यस कुराको कानूनी लिखत सबूद नभएकोले सगोलमा बसी आएको भनी उल्लेख गरेको कुरालाई मान्यता दिन मिलेन । (प्रकरण नं. १७) निवेदक तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा :  फैसला न्या. श्री झपट सिंह रावल १. जिजुवा अर्जुनका वाल कुवँर १ करझिगन १ ढोडाही १ बाबुराम १ समेत ४ छोरा हुन् । करझिगनको छोरा प्रताप र प्रतापको छोरा म देवराज हुँ ढोडाईको छोरा रामलगन र राम लगनको छोरा लक्षन र लक्ष्मी २ भाइमा लक्षनको छोरा सामदेव लक्ष्मीको छोरा सत्यदेव हो, त्यसो हुँदा सामदेव सत्यदेव मेरा भतिजा हुन । कान्छा बाबुरामको छोरा महावीर, महावीर परलोक हुनु भएको वहाँको छोरा थिएनन् । जाहान सम्मतीया ०२१।७।४ गते परलोक हुनुभएकाले काका महावीरको अपुताली पर्न आएकोले सबै भन्दा नजिकको हकदार म भएकोले मैले स्याहार सम्भार समेत गरेको अपुतालीमा मेरो हक हुन आएको, सत्यदेव र सामदेवले खिचोला गर्न आएकोले साविक मुलुकी ऐन रजिष्ट्रेशनको १,२,३।४ नं.बमोजिम कुनै लिखत प्रमाण छ भन्न नसकेको हुँदा ऐ ७ नं.ले दावी नपुग्ने र सम्मतीया मरी मेरो हक हुन आएको रु. ५३४०। मोल जाने घर जग्गामा सामदेव, सत्यदेवले खिचोला गर्न आएकोले ऐनबमोजिम सजाय गरी तपसीलको घर जग्गामा मेरो हक कायम गरी खिचोला मेटाई पाउँ भन्नेसमेत २१।८।२९।२ को देवराज राउत अहिरको फिराद । २. मर्ने बजे सम्मतीया हामीहरूकै सगोलमा रही हामीले प्रतिपालन गरी परलोक हुँदा समेत दागवती क्रिया आदि हामीलेनै गरेको हुनाले वादी उजुरी झुठ्ठा हो । हामीले अन्याय गरेको भए अरू नातेदारले समेत उजुर गर्नुपर्ने वंशावलीतर्फ वादीले वाल कुवँरको सन्ताननै नदेखाएको बाल गोविन्दको ५ छोरा थिए । त्यसमध्ये विजनको छोराहरू गोविन्द र चौधुरको स्वास्नी औं म सतदेव सामदेवलाई झगडिया बनाए पनि हामीहरूको भाइ पुनदेव, राजदेव, जयनाथ समेत जिवित रहेकोमा सत्य कुरा गुम गर्नु भएको, सच्चा पुस्तावली मुल पुर्खा अर्जुन क्रमशः बाल कुवँर करझिगन ढोडाइ, बाबुराम ४ छोरा भएको