निर्णय नं. ५९३ - गुठी पालो

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५९३ - गुठी पालो भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/१२/०३ २३०८ निर्णय नं. ५९३ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायधीश श्री रत्नबहादुर विष्ट न्यायधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री झपटसिंह रावल सम्वत २०२५ सालको देवानी फु.नं. ९४ फैसला भएको मिति : २०२७।१२।३।३ निवेदक : भ.पु.नासनामलाछे टोल बस्ने पद्मरत्न राठौरसमेत विरूद्ध विपक्षी : का.ई. मखन जड्डी पहरा बस्ने पूर्णविलासको सकार गर्ने बैकुण्ठविलास जोशी मुद्दा : गुठी पालो (१) शर्तनामाको अभावमा–भोज भाग दिलाई गुठीबाट हटक गराइपाउँ भन्ने दावी पुग्न नसक्ने । पालोको भोज भागसमेतको रु. ५।९० दिलाई गुठीबाट समेत हटक गराई एकलौटी दिलाई पाउँ भन्ने वादी दावीको हकमा पावोको भोज भागसमेत दिनुपर्ने र नदिएमा सो नदिनेले गुठीबाट हटक हुनु पर्नेसमेत शर्त राखिएको कुनै पनि लिखत सबूद वादी पक्षले पेश दाखेल गर्न नसकेकोले सो अभावमा वादी दावी कायम गर्न मिलेन । (प्रकरण नं. १८) निवेदकको मु.सकार गर्नेतर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षीको मु.सकार गर्नेतर्फबाट : वरिष्ट अधिवक्ता कृष्णप्रसाद भण्डारी उल्लेखित मुद्दा :  फैसला न्यायाधीश श्री वासुदेव शर्मा १. मुलुकी सुव्वा हृदयरत्न रायठोर गोंगलेले शिवालय घाट देवालय पारी सतलसमेत बनाई १५ नं.सूर्य विनायक मौजाको समेत धेरै जसो लाल मोहरमा लेखिएबमोजिमको जग्गाको आयस्ता बालीबाट पर्व पर्वमा गुठी चलाइ खानु भनी मेरा पुर्खा जिज्यु बराज्यूका नाउँमा १९५१ साल वैशाख बदी १४ र १९३५ साल पौष सुदी १५ मा दानपत्र गरिदिए बमोजिम जिज्यूबाजे, बराज्यू, बाजे, बाबु छउन्जेल निजहरूले र निजहरू मरेपछि मैले र अन्यायवाला २ जना भई आलोपालो गरी ०७ सालको पालो निजले चलाएको यो ०८ सालको पालो मैले चलाउनलाई गए श्रावण सुदी १३ भाद्र १ गते ६ का दिन मै चली आएको थितिरिति बमोजिम पावोसमेत राखी पालो मलाइ बुझाउनु पर्नेमा एकलौटी गरी लोप गरी खाने नियतले पालो नबुझाइ जवरजस्ती गरी नदिएकोले नालेस गर्न आएको छु । अन्यायवालाहरूले पावो पालो कुनै नदिएतापनि ०८ सालको मेरो पालोमा श्री को पर्व पर्वको अखण्ड नित्य गुठी मैले नै चलाउने हुँदा पाबो पालोसमेत केही कुनै दिनपर्ने नदिएमा सजाय गरी पावोको भोज भाग समेतको रु.५।९० भराई दिलाइ गुठीबाट समेत हटकगराइ एकलौटी दिलाइपाउँ भन्नेसमेत पूर्णविलास जोशीको ०८।६।४ को फिरादपत्र । २. १९२२ साल वैशाख वदी १ रोज ४ मा सु.हृदयरत्नले देव देवताको पर्व पूजा चलाउन दानपत्र गरेको गुठी चलाइ भोज खाने भन्ने छैन, दिक्षा हुनेले पूजा गर्ने भई धिरजनारायण वराजु हर्कनारायण भई गुठी चलाएको एकै जुठो सुत कर्म पूजा खण्डीत हुने भएबाट १९२८ सालमा निजै दाताले मानवीर तिमिला जितमान तिमिला समेत दुइजना थपी ४ जना गुठीयार भई पालो चलाई आएको, भूकम्पले भत्केको देवालय पाटी पौवा बनाउनु पर्ने नवनाइ छाडी ९१ सालदेखि गुठी छोडी पूर्व ठोसेमा गएं । गुठीयार राधा पनि सोही सालमा गुठीं छोडी वाह्रविसे गई बसे । भागी छाडेको ठाउँमा गुठीयारमा मलाइ कायम गरी ९१ सालदेखि गुठी चलाइ आएको ०४ सालको बालीदेखि ३।९।१।२ मा अन्यायको वादीलाई दाताको सन्तान पद्मरत्नले नयाँ गुठीयार गरी राखे । ०४ पालो वादीको ५ सालको पालो मेरो ६ सालको पालो वादीको भएकोमा दाता पद्मरत्नले ५।११।५ मा गणेश तिमिलाको कबुलियत गराई निजलाई गुठीयार कायमगरेको हुँदा वादीले नै भिœयाएको गुठीयारमा मन्जुर गरी गुठीयारबाट बाहेक गर्नसक्नुपर्ने नसकेको,नयाँ गुठीयार पनि अघिका गुठीयारकै सन्तान हुँदा ०७ सालको पालो मैल