निर्णय नं. ५९४ - उखडा जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५९४ - उखडा जग्गा भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२०/०१/२४ २२९४ निर्णय नं. ५९४ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायधीश श्री हरिप्रसाद प्रधान न्यायधीश श्रीनयनबहादुर खत्रीक्षेत्री न्यायाधीश श्री श्री ईश्वरीराज मिश्र दे.फु.नं. २३७ फैसला भएको मिति : २०२०।१।२४।३ निवेदक : जिल्ला वुटौवल तप्पे शिवराज मौजे वधभरि बस्ने लाले अहिर विरूद्ध विपक्षी : ऐ कटुवा बस्ने अवदुलमलिक मुसलमान १ रहमानी मुसलमाननी १ समेत मुद्दा : उखडा जग्गा (१) अपीलपत्रमा लिखित बिगोको आधारमा मात्र कुनै मुद्दा हद माथिको भन्न नमिल्ने । निवेदक प्रतिवादीले प्रतिउत्तरपत्र फिराउँदा जग्गाको मोल रु.३०००। भन्दा माथि पर्ने भनी उल्लेख गर्न नसकी अपीलपत्रमा मात्र मोल बिगो ने.रु.३४००। भनी जिकिर लिएकोबाट हद माथिको भनी जिल्लाअदालतले अपील दिन पाउने गरी फैसला गरेको देखियो । अपीलपत्रमा खुलेको बिगोबाट हद माथिको भनी भन्न मिल्छ मिल्दैन भन्ने कुराकै मुख्य रूपले विचार गर्नुपर्ने हुन आयो । जिल्ला अदालतउपर अपील लाग्ने बारेमा भएको न्याय प्रशासन ऐन, २०१८ को दफा ८ को उपदफा २ को खण्ड (क) हेर्दा झगडा परेको वा दावागरेको मोल बिगो रु.३०००। रूपैया भन्दा बढी भएको वा भन्ने उल्लेख भएकाले शुरू दावीमा नै झगडा परेको वा दावा गरेको मोल बिगो रु.३००० भन्दा बढी हुनपर्ने प्रष्टै देखिएको अपील जिकिरका आधारमा हद माथिको कायम गर्दा जुनसुकै मुद्दामा पनि हार्ने पक्षले बिगो चढाई अपील दिएमा हद माथि हुन जाने भई ऐनले हद कायम गरेको निरर्थक हुन जाने भएकाले अपीलपत्रमा लेखिएको बिगोको आधारबाट मात्र हक माथि भन्न नमिल्ने देखिनाले डिभिजन बेञ्चको ०१९।८।२७।४ को निर्णय मुनासिवै छ । (प्रकरण नं. १४) निवेदक तर्फबाट : अधिवक्ता श्रीकृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : उल्लेखित मुद्दा : फैसला प्रधान न्यायधीश हरिप्रसाद समेत १. यसमा डिभिजन बेञ्चबाट ०१९।८।२७।४ मा फैसला भएउपर दोहार्याई पाउँ भन्ने निवेदकको सर्वोच्च अदालत नियमावली, २०१३ को संशोधित नियम ६२ अन्तर्गत निवेदन परी ऐ नियम ६३ अन्तर्गत देहोरिने निस्सा भई दायर भएकोबाट दुवै पक्ष राखी पेश हुन आएको प्रस्तुत मुद्दा हेर्दा । २. मौजे कटुवाको हाम्रो राजिनामा दर्ता वहालीको शिर जग्गा कारणी समेतका रैतीले ११।१२ सालको बालीमा जवरजस्ती चलन हटक गरी बाली खाएकोमा झगडा पर्दा नं.१।२।३ को जग्गा कच्ची विगाहा १६।।१४ पोत रु.५० साल सालै तिरी चलन गर्न पाउने कारणीको उखडा ठहराइ तौ.जि.अ.बाट र ०१४।१०।२९ मा स.अ.प.डी.समेतबाट अन्तिम फैसला भएको १६ सालसम्मको पोत तिरी रसिद लिएको ०१७ सालको पोत भूमिसुधार ऐन गजेट बमोजिम ०१७ साल फाल्गुण मसान्तभरमा हामीलाई बुझाउन पर्ने बुझी नलिए चैत्र १५ गतेसम्म मालमा घरौट राख्नु पर्ने सो केही नगरी नबुझाएकाले ऐन गजेटले निजको उखडाजग्गाबाट हकटुटी पजनी वेदखलभई हामीले शिरबाट चलन गर्न पाउनेमा ०१८।३।५ गते चलन गर्न जाँदा चलन गर्न नदिइ आफैले जवरजस्ती चलन गरी राखेको हुनाले सो ०१७ सालको बाली निजले खाएको हुँदा पोत भा.रु. ५० को ने.रु.८०। हामीलाई दिलाइ सो जग्गा हाम्रो हक कायम गरिपाउँ भन्ने अवदुल रहमाननीको ०१८।४।१६।२ को फिरादपत्र । ३. मुद्दा परी १० सालदेखिकै पोत मालमा धरौट राखी आएको मुद्दाको टुंगो लागेपछि वादीले बुझी रसिद दिएको मसँग छ । ०१६ सालको पोत पनि मालमै दाखिल भई निजहरूले बुझी लिएकै र ०१७ सालको हकमा वादीहरूको मुख्य घर हिन्दुस्थानतर्फ भई निजहरूको काम हमराह मुन्सीले गरिआएको निज समेतलाई लिई ०१७।१२।१५ ग