निर्णय नं. ९१७८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१७८ - उत्प्रेषण भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०३/१६ २८०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल आदेश मिति : २०७१।३।१६।२ ०६९-WO-०४७२ विषय:- उत्प्रेषण । निवेदक : कर्ने बोहराको छोरा, बैतडी जिल्ला, रूद्रेश्वर गा.वि.स. वडा नं. ४ घर भई हाल महानगरीय प्रहरी आयुक्तको कार्यालयका मुख्य घटना सहायता कार्यदल समूह दरबन्दीका प्रहरी जवान मानसिंह बोहरा विरूद्ध विपक्षी : महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी, काठमाडौंसमेत § विभागीय कारवाही भएको प्रहरी कर्मचारी स्वयम्ले चाहेको वा रोजेको सजाय मात्र गरिनुपर्ने जिकिर लिनुको कुनै कानूनी आधार रहेको देखाउन सकेको नहुनाले सजाय गर्न पाउने अधिकार भएको अधिकारीले प्रहरी नियमावलीमा तोकिएको अनेक सजायमध्ये अवस्था अनुसार कुनै पनि सजाय गर्न सक्षम रहेको हुँदा सोमध्ये तल्लो टाइम स्केलमा घटुवा गर्ने सजाय गरेकोलाई अन्यथा भन्न नमिल्ने । § निवेदकउपरको विभागीय कारवाही प्रक्रियामा कानूनी त्रुटि रहेको नदेखिएको र निवेदक स्वयम्ले पनि आफ्नो कर्तव्य पालनामा गल्ती भई पदीय आचरण उल्लङ्घन गरेको स्वीकार गरिरहेको अवस्थामा अधिकारप्राप्त अधिकारीबाट विभागीय कारवाही गरी कानूनबमोजिम सजाय निर्धारण गरिएको सम्बन्धमा रिट क्षेत्राधिकारबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता राजेन्द्र भट्टराई विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सूर्यराज दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : प्रहरी नियमावली, २०४९ को नियम ६८ देखि नियम ८४ आदेश न्या.रामकुमार प्रसाद शाह : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यस प्रकार छ । मिति २०६८।५।१ गते २१:०० बजेको समयमा महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको क्याबिन नं.१ मा रहेको १०० नं. फोन म निवेदक मानसिंह बोहराको जिम्मामा रहेको थियो । उक्त १०० नं. को फोनमा विभिन्न स्थानबाट प्राप्त झगडासम्बन्धी सूचनाहरूका बारेमा सिफ्ट इन्चार्ज र अन्य साथीहरूलाई जानकारी गराउन र सिफ्ट इन्चार्जबाट थप आदेश लिन फोन होल्डमा राखी गएको अवस्थामा प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठज्यूबाट उक्त परिचालन कक्षको निरीक्षण भएको रहेछ । निरीक्षणको क्रममा फोन होल्डमा राखी छाडेको देखी मलाई लापरवाही गरेको कारण देखाई दोषी ठहर्याई तल्लो टाइमस्केल वा त्यही टाइमस्केलको तल्लो स्केलमा घटुवा गर्ने गरी मिति २०६८।५।९ गते प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठबाट विभागीय कारवाहीको निर्णय गर्नुभयो । उक्त निर्णयउपर प्रहरी नायब महानिरीक्षकसमक्ष पुनरावेदन गर्दा सुरू निर्णय नै सदर गर्ने गरी मिति २०६९।६।१ मा निर्णय भयो। मलाई विभागीय कारवाही गर्दा १०० नं. को फोन होल्डमा राखी डिउटीको समयमा Snooker Game खेलेको भन्ने आधार लिइएको छ । १०० नं.को फोनमा एकैपटक धेरैवटा कलहरू रिसिभ गर्न मिल्दछ । एउटा रिसिभर उठाएर राख्दैमा फोन व्यस्त रहँदैन । उक्त दिनमा अन्य साथीहरूसमेत डिउटीमा रहेका थिए । उक्त फोनमा झगडासम्बन्धी खबरहरू प्राप्त हुन आएपश्चात फोन गर्ने व्यक्तिलाई एकछिन होल्डमा बस्न भनी थप आदेशको लागि सिफ्ट इन्चार्जसँग आदेश लिन गएको थिएँ । मैले उक्त फोन कुनै खराब नियतबाट होल्डमा राखेको थिइँन । वास्तविकता नै नबुझी म निर्दोषलाई पदीय दायित्व र जिम्मेवारीलाई बेवास्ता र लापरव