निर्णय नं. ५९५ - उत्प्रेषण आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५९५ - उत्प्रेषण आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०९/०६ २२६९ निर्णय नं. ५९५ ने.का.प. २०२८ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री भगवतप्रसाद सिंह न्यायाधीश श्री हेरम्बराज ०२४ सालको री.नं. २९५ आदेश भएको मिति : २०२५।९।६।६ निवेदक : प.१ नं.नु.ई नर्जा खरानीटार बस्ने रविलाल उप्रेती विरूद्ध विपक्षी : जि.भू.सु.अधिकारी जि.भू.सु.कार्यालय नुवाकोटसमेत विषय : उत्प्रेषण आदेश जारी गरीपाउँ (१) नेपालको संविधानको धारा ७१–गैरकानूनी निर्णयबाट कसैको हकमा आघात पुगेमा–उक्त हक प्रचलनको लागि यथासक्य चाँडो निवेदन दिनुपर्ने । यदि कानूनको अधिकार क्षेत्र नाघी गैरकानूनी निर्णय गरी निवेदकको मौलिक हकमा अघात पुर्‍याएकोसमेत भए सो हक प्रचलनार्थ नेपालको संविधानको धारा ७१ अन्तर्गत यथासक्य चाँडो निवेदन गर्न आउनुपर्ने हो । भुमिसुधार अधिकारीले भूमिसम्बन्धी ऐन, ०२१ को दफा ४५।५० बमोजिम ऋण निश्चित गरेकोमा पुनरावेदन लाग्ने ऐनमा व्यवस्था नभएको कुरामा पनि भू.सु.विशेष अदालतले पुनरावेदन लिइदिएन भनी विभागीय मन्त्रिज्यू कहाँ निवेदन दिई कृषिसम्बन्धी ऋण हो होइन भन्ने प्रश्न उठी निर्णय भएकोमा चित्त नबुझ्ने व्यक्तिलेमात्र पुनरावेदन गर्नसक्ने भन्नेसमेत निर्णय भएको सूचना जि.भू. सु. कार्यालय नुवाकोटबाट ०२३।४।२६ मा पाइसकेको पनि १ वर्षपछि मात्र प्रस्तुत निवेदन दर्ता हुनआएको र रिटको छिटो छरितो व्यवस्थामा यस किसिमसँग ढीलो गरी धेरै समय पछि पर्नआएको यस्तो निवेदनपत्रलाई स्थान दिई यस अदालतको असाधाण अधिकारक्षेत्र प्रयोग गर्न नमिल्नेसमेत हुनाले प्रस्तुत रिटको निवेदनपत्र खारेज हुनेठहर्छ । (प्रकरण नं ७) विपक्षी भू.सु कार्यालय तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी बलवीरको तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा :  आदेश प्र.न्या.श्री भगवतीप्रसाद समेत १. विपक्षीले बलवीरले निजको साहु गोकर्णराज उप्रेतीलाई तिर्न भनी ०१९।९।२२ गते मसँग रु.१६६४ कर्जा लगेको भा.रु.११७०।४० तिर्न बुझाउन बाँकी छ । सो ऋण निश्चित गरिपाउँ भन्ने जि.भू.सु.कार्यालयमा उजुरी दिई भू.सु. अधिकारीज्यूले ऋण साधन भएको ठहराई ०२३।१।६ गते आदेश दिनु भएको छ । भू.सं.ऐन, ०२१ को दफा ५० मा कृषिसम्बन्धी बाहेक अरू ऋणको पनि निश्चित गरिपाउँ भन्ने उजुर पर्न आएमा दफा ४५ को अधिनमा रहेर मात्र ऋण रकम निश्चित गर्नुपर्ने उल्लेख भएको छ । भू.सु.अधिकारीले गर्नु भएको निर्णयमा दफा ४५ को खण्ड (ङ) बमोजिम गरेमा पनि सावा साधन भएको ठहर्छ भन्ने उल्लेख गर्नुभएको छ । तापनि सो खण्ड (ङ) लाग्ने स्थिति नै छैन । किनभने सो खण्ड (ङ) मा कसैले आफ्नु हली, जन वा गोठालालाई दिएको ऋण वापत व्याज लगाई लिएको भए सो व्याज सावाँमा कट्टा भएको मानिने छ त्यस्तो हली, जन वा गोठाला काम गरेको प्रत्येक वर्ष कूल ऋणको सयकडा १० का दरले मिनाहा हुँदै जानेछ भन्ने लेखिएको छ । निजले ०१९।९।२२ मा मात्र कर्जा लिएको त्यस मध्येमा पनि ०२० सालमा केही रूपैयाँ बुझाईसकी ०२०।९।२६ गते बाँकीको कागज गरी दिएको हुँदा ऋण साधन हुने स्थिति नभएको र निज मेरो हली जन गोठालो समेत नभएको हुँदा खण्ड (ङ) लाग्ने अवस्थै छैन । निज आसामीको पुरानो साहुसँग जे जस्तो व्यवस्था भएको भए पनि निजको र मेरो ०१९ सालदेखी मात्र साहु आसामीको सम्बन्ध भएको हो । भू.सु. अधिकारीले पुराना साहुसँगको व्यवहारको उल्लेख गर्दै मेरो ऋण साधन भएको ठहराउन हुने कुरै हैन । विपक्षी वलवीरले बाबुलाल उप्रेतलीलाई मलाई ९० साल देखिको सा