निर्णय नं. ५९७ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५९७ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०७/२० २४४५ निर्णय नं. ५९७ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायधीश श्री वासुदेव शर्मा न्यायधीश श्री प्रकाशबहादुर के.सी सम्वत २०२७ सालको रिट नम्बर ८८३ आदेश भएको मिति : २०२७।७।२०।५ निवेदक : ल.पु.जि. तपाहिटी घर हालसदर खोर कार्यालयमा थुनामा रहेको रुद्रलाल खड्गी विरुद्ध विपक्षी : वाग्मती विशेष अदालत पुतली बगैंचा सिंहदरवारसमेत विषय : बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ (१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १९ (२) र अ.बं.१२१–अनुसन्धानको समयमा यो दफा अनुसारको कसूर हो भनी किटान गर्न नसकिने कारण अनुसन्धानको लागि कसूरको प्रकृति खोली थुनुवा पुर्जी दिएमा–अ.वं.१२१ नं.बमोजिम नभएको भन्न नहुने । अनुसन्धानको अवस्थामा यो दफाबमोजिम कसूर हो भनी किटान गरी लेख्नलाई कसूरकै ठेगाना लागिसकेको नहुँदा र सो पत्ता लगाउन अनुसन्धान हुँदैको अवस्थामा सम्भव पनि नहुने हुनाले अनुसन्धानको लागी कसूरको प्रकृति खोली दिएको थुनुवा पुर्जीलाई अ.बं १२१ नं.बमोजिम भएन भन्न नहुने । (प्रकरण नं. ९) (२) अ.बं.१२३ नं.ले गरेको व्यवस्थाले गर्दा विशेष प्रहरी अधिकृतले एकपटक तारेखमा राखी पुनः थुनामा राख्न मिल्ने । एकपटक तारेखमा राखी पुनः गिरफ्तार गरेको गैरकानूनी हो भन्ने कुरालाई अ.बं.१२३ नं. मा तारिखमा वा धरौटमा वा जमानीमा रहेको व्यक्तिउपर परेको मुद्दा कारवाई गर्दै लाँदा थप हुनआएको प्रमाणबाट थुनामा राख्नुपर्ने हुनआयो भने त्यस्ता व्यक्तिलाई थुनामा राख्न सकिनेछ भन्नेसमेत व्यवस्था भएको हुनाले विशेष प्रहरी अधिकृतले बीचमा पुनः थुनामा राख्न नमिल्ने भन्ने तर्क युक्तिसङ्गत देखिंदैन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता श्री कुशुम श्रेष्ठ विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल उल्लेखित मुद्दा : आदेश न्या.श्री वासुदेव शर्मा १. म रुद्रलाल यही ०२७।५।२१।१ का दिन गैरकानूनी तबरबाट पक्राउ गरी थुनुवामा राखी सरकारी कर्मचारीलाई हात लिई सरकारी कार्यालयमा रहेको कागजात दबाउने छिपाउने समेत क्रिया गर्यो भनी आरोप लगाई थुनुवामा राखेको ०२७।५।२२।२ मा थुनुवामा पुर्जी दिएको थियो, जसमा विपक्षी बाग्मती विशेष अदालतको अनुमति लिई अनुसन्धानको लागि थुनेको कुरा उल्लेख छ । मोहनमायाले मेरो बाबु कान्छा खड्गीका नाउँमा अंश पाउँ भनी ल.पु.जि.अ.मा नालिश गर्दा बाबुले पत्नी होइन भनी प्रतिउत्तरमा दिएका थिए र बाबुको मृत्युपछि सो मुद्दा मैले सकार गरी पुर्पक्ष गरी आएको थिएँ । सोही अंश मुद्दामा अंश मुद्दाको फिरादी का.जि. लगन नायवाचो बस्ने मोहनमायले प्रहरीमा दिएको हुलिया समेतको प्रमाण लगाई दर्खास्त दिएकोमा सो सक्कल हुलिया मगाई अदालत मै प्रमाण लिन खोज्दा सक्कल हुलिया नभइ विपक्षीले जाल परिपञ्चको रचना गरी झुठ्ठा प्रमाण दिएका थिए । सोही झुठ्ठा प्रमाणका आधार लिई सरकारी कर्मचारीलाई हात लिए । सरकारी रहेका कागजात दबाउने छिपाउनेसमेत गरेको भनी भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ अन्तर्गतको आरोपको सिलसिलामा एकपटक बयान लिई तारिखमा राखी कारवाई गरेको । यसप्रकार बयान गरिलिई तारेखमा राखिसकेपछि भ्र.नि.ऐन, २०१७ को दफा १९अनुसार तारिखमा राखी कारवाही गरेको व्यक्तिलाई सोही अपराधमा थुनुवामा राख्न नपाउने दोस्रो अदालत समक्ष प्रमाण रुपमा पेश भएको लिखतलाई अन्यथा प्रमाणित हुनेगरी गैरकानूनी तबरबाट थुनुवामा राखी सो थुनुवामा राखेको कारणबाट अन्यथा बयान गराई प्रमाण खडा