निर्णय नं. ५९९ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५९९ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/१२/१२ २६४७ निर्णय नं. ५९९ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायधीश श्री वासुदेव शर्मा सम्वत २०२७ सालको रिट नम्बर ९८८ आदेश भएको मिति : २०२७।१२।१२।५ निवेदक : ललितपुर जि.ललितपुर न.पं.वार्ड नं.१४ को मंगलबजार बस्ने श्रीकृष्ण श्रेष्ठ विरुद्ध विपक्षी : अञ्चलाधीशको कार्यालय बाग्मती अञ्चलका मुख्य अञ्चलाधीश सरदार श्री विष्णुमणि आचार्य रानीपोखरी काठमाडौंसमेत विषय : बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ (१) अ.बं.१९० नं.–हाजिर नभएको वा फेला नपरेको अभियुक्तको हकमा निर्णय गर्न ६ वर्षसम्म पर्खन कर लाग्ने । अ.बं.१९० नं.ले हाजिर नभएको वा फेला नपरेको अभियुक्तको हकमा ६ वर्षसम्म पर्खन कर लगाएको छ । ६ वर्षसम्म पर्खे पनि हुने नपर्खे पनि हुने जस्तो तजविजी अधिकार दिएको देखिंदैन । (प्रकरण नं. ११) (२) कुनै अनियमितताको कारण कसैले कारागारको यातना भोग्नु परेमा–उक्त अनियमितता लाई सानो मान्न नहुने । यस सम्मानित अदालतको विचारमा यदि कुनै अनियमितताको कारणबाट कुनै व्यक्तिले कारागारको यातना भोग्नु परी वैयक्तिक स्वतन्त्रता गुमाउनु परेको छ भने त्यो अनियमितता सानो होइन भनी मान्न करै लाग्छ । (प्रकरण नं. १४) (३) कानूनबमोजिम नगरी थुनामा राखेमा संविधानको धारा ११ को उल्लंघन भएको भन्नुपर्ने । त्यसकारण यदि कानूनबमोजिम नगरी कुनै व्यक्ति थुनामा परेको छ भने संविधानको धारा ११ को उल्लंघन भएको छ भनी अदालतले भन्नै पर्दछ । (प्रकरण नं. १५) निवेदक तर्फबाट : वरिष्ट अधिवक्ता श्रीकृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्रीरतनलाल कनौडिया उल्लेखित मुद्दा :  आदेश न्या.श्री नयनबहादुर १. व्यक्तिगत कारणबाट प्रहरीका केही व्यक्ति निवेदकसँग रिसाइ रहेका थिए । सोही रिसइवीको कारणबाट प्रहरीलाई कुटपिट गरे भन्ने मेरो माथि झुठ्ठा राजकाज मुद्दा दायर गरे । विपक्षी अञ्चलाधीशको कार्यालय बाग्मती अञ्चलको मुख्य अञ्चलाधीश सरदार श्री विष्णुमणि आचार्यज्यूले यही ०२७।४।५ मा फैसला गरी ६ महिना कैद र रु.५००। जरिवाना गर्ने गरी निर्णय गरी यही ०२७।९।१७ गते गैरकानूनी तवरबाट थुनुवामा राखियो । यसप्रकार झुठ्ठा वारदात बनाई प्रहरीलाई कुटपिट गर्‍यो भन्नेसमेत आधारबाट राजकाज (अपराध र सजाय) ऐन, २०१९ अनुसारको अपराध गरेको भनी म माथि प्रतिवेदन उजुरी परेको रहेछ । शुरु ०२७।१।२९।३ को प्रहरी प्रतिवेदनमा मशाल जुलुस निकाली अवैध नाराहरू लगाएको भन्ने आधार बनाई शान्ति सुरक्षाको लागि बुझ्न खटाएकोमा सो बुझन जाँदा केदारलाल समेतका ७ जनाले इटा ढुंगा प्रहार गर्न थालेका भनी प्रतिवेदन गरेको । २. निज प्रहरीले सरकारी काम काजमा गएको भन्ने कुराको कुनै प्रमाण दाखिल गर्न नसके र विना कसूर बुझ्न आएको प्रहरीलाई हामीले कुटपिट गर्नपर्ने प्रयोजनसमेत नभएको विना कारण प्रहरीलाई कुटेको होला भन्ने कुरा पत्यार गर्न पनि नहुने सुन्नमा आएअनुसार वैशाख २९ गतेका रात केही प्रहरीहरू रक्सी खाइ आपसमा कुटपीट गरी सो कुटपिटको चोटलाई प्रमाण बनाई नशा छुटेपछि प्रहरीमा आपसमा नराम्रो होला भन्ने सम्झिन समाज सुधार होस् प्रहरीहरूले जनसेवा बाहेक अधिकारको दुरूपयोग गरी जनताहरूसँग डर धाक देखाइ नाजायज लाभ उठाउन नपाओस भन्ने भावना राख्ने व्यक्तिलाई समावेश गर्ने प्रपञ्च रचना गरी झुठ्ठा वारदातको खडा गरी आफ्नो कसूर हामी निर्दोष व्यक्ति माथि थोप्न नभएको नगरेको क