निर्णय नं. ८३३ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३३ - अंश भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०५/११ २२०५ निर्णय नं. ८३३ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वाशुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२९ सालको दे.फु.नं. १२९ फैसला भएको मिति : २०३१।५।११।३ मा निवेदक : का.जि.साँखु सालखा टोल बस्ने रत्नदेवी श्रेष्ठनी समेत विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने तेजबहादुर श्रेष्ठ मुद्दा : अंश (१) मानो छुट्टिएको भन्ने वादी, बण्डा भएको भन्ने प्रतिवादी भएकोमा कानूनको रीतपूर्वकको लिखतको अभावमा बण्डा भएको भन्न नमिल्ने । निर्णय उक्त विचार गर्दा वादी र प्रतिवादी समान अंशियार भन्ने कुरामा कुनै विवाद छैन ०१५।६।१७ मा मानु छुट्टिएको भन्ने वादी, १५ सालमा अंशबण्डा भइसकेको भन्ने प्रतिवादीको जिकिर देखिन्छ । प्रतिवादीका जिकिरअनुसार प्रतिवादीका जिकिरबमोजिम कानूनको रीत पुगेको बण्डापत्रको लिखतको अभावमा १५ सालमा बण्डा भएको भन्ने मिलेन, नालिस परेको मिति ०१९।१०।३।४ मा मानु छुट्टिएको मिति कायम गरी सो मितिभन्दा अघिल्लो मितिको तायदाती लिने भन्ने ०३०।५।१९ को फुल बेञ्चको आदेशबमोजम दुवै पक्षबाट तायदाती दाखिल भइसकेको सो दाखिल भएको तायदातीमा उल्लिखित ऋणको हकमा साहूको दावी परेको बखत ठहरेबमोजिम हुने हुँदा प्रतिवादीले ३ अंशियार देखाई तायदाती दिएकोमा १ अंशियार जगतबहादुर मरिसकेको देखिएकोले वादीको १ अंश र प्रतिवादी तेजबहादुरको १ अंश लाग्ने हुँदा वादी रत्नदेवी श्रेष्ठ १, इश्वरबहादुर श्रेष्ठ १ समेतको वारेस भई आफ्नो हकमा समेत राधाकृष्णबहादुर श्रेष्ठले ०३०।८।२४ मा दिएको तायदातीमा लेखिएको घर पनि प्र.तेजबहादुर श्रेष्ठले दिएको ०३०।११।२७ को तायदातीमा पनि लेखिएकोले पनि प्र.तेजबहादुरले दिएको तायदातीबमोजिमकै श्रीसम्पत्ति बण्डा गरिदिए पुग्ने हुन आएकोले प्र.तेजबहादुर श्रेष्ठले दिएको तायदातीमा लेखिएको जम्मा विगो रू.३४,६००। को अवधि विगो रू.१७,३००। को श्रीसम्पत्ति वादीहरूले अंश छुट्याई पाउने ठहर्छ । सोबमोजिम नगरी ०१५।६।१७ मा मानु छुट्टिएको कायम गरिदिएको तायदाती कायम गरी डिभिजन बेञ्चले गरेको निर्णय मिलेको देखिएन । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु । (प्रकरण नं. १३) फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई मुद्दा दोहरिई यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. मुद्दाको विवरण यसप्रकार छ : ससुरा बाजे जगतबहादुरको दुई छोरामा जेठा विपक्षी तेजबहादुर कान्छा हाम्रा पति बाबु दानबहादुर १३ सालमा स्वर्गे भएको जेठा छोरा पनि परलोक भएको उनको पत्नी राधादेवी र नाबालक छोरा छ, दानबहादुरको अंशबाट अंश लिन पाउने हामी वादीहरू र बुहारी राधादेवीसमेत ६ अंशियारहरू छौं । ०१५।६।१७।६ मा जीविका निमित्त कोठा दिई आफ्नो जेठो छोरा तेजबहादुरसँग सगोलमा बस्नु भई मानो छुट्याई दिएको थियो । बाजे जगतबहादुर ०१९ साल आषाढमा परलोक हुनुभई जगतबहादुरको सम्पत्तिमा आधि अंश पाउने विपक्षी तेजबहादुर बाँकी आधामा हामी वादीहरूसमेत हुन् बाजेले सगोलको धनबाट फार्छे लिएको मखन टोलको घर रामशंकर लालले पाउने उद्देश्यमा चलेको घरसारमा बण्डा गरिदिएको छ भनी लिखत देखाउँछ भने देख्न सुन्न पाउँ मानो छुट्टिएको मिति १५।६।१७ को अघिल्ला दिनसम्मको तेजबहादुरसँग तायदाती लिई आधि दानबहादुरको अंश दिलाई भराइपा