निर्णय नं. ६०१ - अवैधानिक संघ संस्था खोले खोलाए भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०१ - अवैधानिक संघ संस्था खोले खोलाए भन्ने भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०२/०२ २३६३ निर्णय नं. ६०१ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२७ सालको फौ.फु.नं. ६६६ र ७०९ फैसला भएको मिति २०२८।२।२।१ पुनरावेदक : श्री ५ को सरकार विरुद्ध विपक्षी : का.जि.महाराजगञ्ज वालुवाटार बस्ने विश्वकान्त मैनाली समेत मुद्दा : अवैधानिक संघ संस्था खोले खोलाए भन्ने (१) प्रहरीमा गरेको साबिति कागज बाहेक अभियुक्तलाई दोषी प्रमाणित गर्ने अरू खँदिलो आधारको अभावमा मुद्दा चलाएमा–शंकाको आधारमा उक्त मुद्दा चलाएको हुने । त्यो कारवाईका उठानको व्यहोरा र यी पुनरावेदकहरू सावित भएको भनेको कागजको धेरै असामन्जस्यहरू देखिन्छन्, यसबाट यो प्रष्ट हुन्छ कि प्रहरीले केही ठोस आधारमा प्रस्तुत केश चलाउन नसकी केवल शंकाको आधारमा मात्र चलाएको रहेछ, यसको पुष्टि यसबाट पनि हुन्छ कि प्रहरीमा भएको साविती कागजको वाहेक अभियुक्तहरूलाई दोषी प्रमाणित गर्ने अरू खँदिलो आधार मिसिलमा देखिदैन । (प्रकरण नं. ३३) (२) केही कार्य नै नहुने कुनै निस्कृय पत्र (कागज) बाट एउटा अपराध प्रमाणित भएको भन्ने आधार लिएमा–साक्षी प्रमाणसम्बन्धी सिद्धान्तको अपहेलना गरेको हुने । भरतशम्सेरलाई लेखेको भनेको पत्र जो बरामद भएको छ, त्यसलाई अञ्चल अदालतले एक बलियो आधार सम्झेको छ, मिसिलसामेल रहेको उक्तपत्रलाई हेर्दा त्यसको कुनै प्रमाणिकता छैन, फेरी जबसम्म कुनै पत्र पाउने व्यक्तिको हातमा पर्दैन, त्यसबाट केही कार्य नै हुँदैन, त्यस्तो निस्कृय पत्रबाट, एउटा अपराध प्रमाणित भएको भन्ने आधार लिनु साक्षी प्रमाण सम्बन्धी सिद्धान्तको अपहेलना गर्नु हो । (प्रकरण नं. ३४) (३) कुनै संघको सदस्यहरूले रगतले सही गर्दैमा राजनैतिक उद्देश्यले प्रेरित भएको भन्न नमिल्ने–सो गरेमा लक्ष्य प्राप्त गर्न दिलो ज्यान लगाउने भन्नेसम्म संकल्प गरेको हुने । मिसिलसामेल रहेको हिमाली सामाजिक संघको माइनुटबुक हेर्दा त्यसमा कुनै राजनैतिक उद्देश्यको झलक पाइंदैन, त्यस संघमा सम्मिलित हुने सदस्यहरूले रगतको छाप लगाउँदैमा कुनै राजनैतिक उद्देश्यले प्रेरित भएका छन् भन्न पनि मिल्दैन । एकसंघमा सम्मिलित नवयुवकहरूले आफ्ना लक्ष्य प्राप्त गर्न दिलोज्यान लगाउने भन्नेसम्म संकल्प गरेको देखिन्छ । (प्रकरण नं. ३५) पुनरावेदक तर्फबाट : सरकारी अधिवक्ता श्री हरिगोविन्द सिंह प्रतिवादीबाट : अधिवक्ता श्री प्रेमकृष्ण पाठक उल्लेखित मुद्दा :  फैसला न्यायाधीश श्री वासुदेव शर्मा १. सुरेन्द्रप्रसाद आचार्य समेतले नेपालमा पञ्चायती व्यवस्थाको अन्त गरी समाजवादी व्यवस्था कायम गर्ने र राजधानीमा अव्यवस्था उत्पन्न गर्ने विभिन्न कार्य गरी वर्तमान व्यवस्थाको अन्त गर्ने कामको लागि हिमाली सामाजिक संघ नामक एउटा संघ खडा गरेका छौं, यसमा तिमीहरू जस्तो नवयुवकले भाग लिनै पर्छ, यसमा सदस्य हुने प्रत्येक व्यक्तिले यो संस्था राजनैतिक उद्देश्यले प्रेरित भएको संस्था हो भन्ने लागि त्यसवारे अ.स.इ. गोविन्दमान श्रेष्ठमार्फत जाहेर गरी सो माइन्यूट बुकमा दर्खास्त गरी सो माइन्युट बुक नै हात पारी दाखिल गर्न ल्याएका छौ, कानूनबमोजिम होस् भन्ने अनुरोध छ भन्नेसमेत हर्षबहादुर पाण्डे र कृष्णमान श्रेष्ठको जाहेरी दरखास्त । २. सुरेन्द्रप्रसाद अचार्यले वर्तमान पञ्चायती व्यवस्थाको अन्त गरी दलगत राजनैतिक उद्देश्यले प्रेरित भएको समाजवादी राजनैतिक सिद्धान्तमा आधारित ने