निर्णय नं. ६०२ - अपहेलना गर्यो भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०२ - अपहेलना गर्यो भन्ने भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०१/०३ ३९०८ निर्णय नं. ६०२ ने.का.प. २०२८ फुल बेञ्च न्यायधीश श्रीवासुदेव शर्मा न्यायधीश श्रीझपट सिंह रावल न्यायधीश श्री विश्वनाथ उपाध्याय सम्वत २०२७ सालको फौ.फु.नं.४३ फैसला भएको मिति : २०२८।१।३ वादी : श्री सर्वोच्च अदालत विरुद्ध प्रतिवादी : कर्मचारी सञ्चयकोष सुन्धाराका प्रशासक लोकबहादुर विष्ट मुद्दा : अपहेलना गर्‍यो भन्ने (१) शंका उचित तरिकाबाट व्यक्त गर्ने सबैलाई अधिकार प्राप्त–शंका व्यक्त गरेको भन्ने निहुले सम्मानित अदालतको मान मर्यादालाई कसैले कमजोर पार्न नहुने । आफूलाई मनमा लागेको शंका उचित तरिकाबाट व्यक्त गर्न सबैलाई अधिकार छ । तर शंका व्यक्त गरेको भन्ने निहुँबाट यस सम्मानित अदालतको मानमर्यादालाई कसैले कमजोर पार्न हुँदैन । कानूनी राज्य कायम राख्न हामी कटिबद्ध नेपालीले सदैब यस न्याय मन्दिरको मर्यादालाई उच्चा से उच्चा राख्न सत्प्रयत्न गर्नु परेको छ । (प्रकरण नं. ६) (२) अदालतको मानहानी मुद्दा द्विविधापूर्ण मुद्दा (Border-Line-Case) भएमा र क्षमायाचना गरेमा–क्षमा दिनुपर्ने । श्री लोकबहादुर विष्टतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले आफ्नो सारगर्भित बहसमा यो भन्नु भयो कि मेरो पक्षले अपहेलना गर्ने विचार गरेकै छैन । अपहेलना गरेको बेञ्चलाई लाग्छ भने पनि निजलाई क्षमा प्रदान गरे हुन्छ । निजले आफ्नो बहस टुङ्गयाउँदै भन्नु भयो कि क्षमा दिनाले निजले कसूर गरेको कुरा त कायमै रहन्छ । यस बेञ्चसमक्ष प्रस्तुत केशलाई विद्वान वरिष्ठ अधिवक्ताले द्विविधापूर्ण (Border-Line-Case) हो भनी भन्नु भयो । त्यस सन्दर्भमा हेर्दा यद्यपी श्री लोकबहादुर बिष्टले आफ्नो जवाफमा बिनाशर्तको (Unqualified Apology) क्षमायाचना गरेको देखिन्न । तथापि यो एक द्विविधापूर्ण (Border-Line-Case) केश भएको र श्री लोकबहादुर विष्टले क्षमा याचनासमेत गरेको देखिंदा निजलाई क्षमा प्रदान गरिदिएको छु । फाइल नियमबमोजिम बुझाइदिनु । (प्रकरण नं. ७) वादी तर्फबाट :  विपक्षी तर्फबाट : वरिष्ट अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दा :  फैसला न्यायाधीश श्री वासुदेव शर्मा १. तपाईले २०२७।१२।८ मा सम्माननीय प्रधान न्यायाधीशज्यूलाई सम्बोधन गरी लेख्नु भएको पत्र फाइल सामेल भई यस बेञ्च समक्ष प्रस्तुत हुन आएकोमा सो पत्रद्वारा तपाईले निम्न लिखित रूपमा सर्वोच्च अदालतको अपहेलना गर्नुभएको देखिएकोले तपाई उपर अदालतको अपहेलनामा कारवाई हुने भएको, त्यस सम्बन्धमा तपाईलाई सर्वोच्च अदालत ऐन, २०१९ को दफा ६ अन्तर्गत सजाय किन नगर्ने ? सजाय गर्न नपर्ने कुनै कारण भए यो सूचना तामेल भएको मितिले ३ दिनभित्र कारणसहितको स्पष्टीकरण आफै उपस्थित भई पेश गर्नु होला र सो म्यादभित्र स्पष्टिकरण पेश नभएमा कानूनबमोजिम कारवाई हुनेछ भनी कर्मचारी संचयकोष सुन्धाराका प्रशासक लोकबहादुर विष्टलाई सूचना पठाउनु भन्ने र देहायको प्रकरण (१) मा उक्त पत्रको प्रकरण ३ मा तपाईले सम्माननीय प्रधान न्यायाधीश रहितको २०२७।११।२८ को फुल बेञ्च संचयकोषको सबै लिखित जवाफ र पत्रहरूको अध्ययन नै नगरी मुद्दाको सुनवाई गर्‍यो भन्ने उल्लेख गरी बेञ्च उपर अपवाद लगाई सम्माननीय प्रधान न्यायाधीशज्यू समक्ष अनधिकृत एवं अवाञ्छनीय रूपमा उजुरी गर्नु भएको छ । कर्मचारी संचयकोषतर्फबाट उपस्थित हुनुभएका विद्वान बरिष्ट अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले संचयकोषको सबै लिखित जवाफहरूको अध्ययन ह