निर्णय नं. ४८२८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८२८ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०८/१४ २५७७ निर्णय नं. ४८२८ ने.का.प. २०५० (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय २०४९ सालको रिट नं. २१९० आदेश मिति: २०५०।८।१४।२ निवेदक : दोलखा जिल्ला सुनखानी गा.वि.स. वडा नं. ४ बस्ने वर्ष ६१ को रुकमणि राज सिवाकोटी । विरुद्ध विपक्षी : मालपोत अधिकृत, मालपोत कार्यालय, दोलखा, चरिकोट समेत । विषय : उत्प्रेषण । (१) मुलुकी ऐन, अ.वं. ८५ नं. मा “अडडामा मुद्दा परि फैसला भएपछि सो फैसला उपर ऐन बमोजिमको पुनरावेदन नभै सोही मुद्दामा उस झगडियाका नाउँको फिराद लिई सुन्न हुँदैन लिएको भए पनि खारेज गरी दिनुपर्छ” भन्ने प्रावधान रहेको छ । यसै गरी अ.वं. ८९ नं. मा “एकै मुद्दामा एकजनाले एका अडडामा वादी र अर्को चाहिलै उसै मुद्दामा अर्को ठाउँमा वादी दिएछ वा एकै जनाले एकै मुद्दामा दुवै अडडामा वादी दिएछ भने अघि जहाँ जसको वादी परेको छ सो सदर हुन्छ पछिको वातिल गरी मुद्दा छिन्नुपर्छ” भन्ने व्यवस्था रहेको देखिंदा यस अनुसार एउटा विषयमा एक पटक वादी वा प्रतिवादी जे भए पनि पुनः नालिस गर्न पाउने नदेखिने । (प्र.नं. ८) (२) अदालतमा मुद्दा परि फैसला भइृ पुनरावेदन परि रहेको विषयमा पुनः नालिस गर्न जानु भनी सुनाएको अ.वं. ८५ र ८९ नं. को विपरित भै त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री मुरली प्रसाद शर्मा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलराम के.सी. आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ । २. ठूलाचौर वारी विजन ।१।२ (एकपाथी दुई माना) को जग्गा २०११ सालमा घरसारको वण्डा हुँदा ।५ (पाँचमाना) मेरो भागमा ।५(पाँचमाना) दाजु तिर्थराजको भागमा परेको थियो । सो वण्डापत्र २०१७ सालमा अदालतको फैसला बमोजिम पारित भई आफ्नो भागको जग्गा भोग चलन गर्दै आएका थियौं । तिर्थराजको भागको जग्गा अदालतबाट लिलाम बढाबढ हुँदा मैले सरकार गरी ।१।२ (एकपाथी दुईमाना) मध्ये ५ माना विक्री गरी ५ माना मैले नै भोग गर्दै आएको छु । विपक्षी तिलकराजले उक्त जग्गको तिरो म निवेदकले नबुझेको धरौटी सदर स्याहा गर्न मालपोत धरौटी सहित माल कार्यालय दोलखामा निवेदन दिई माल कार्यालयबाट मलाई म्याद दिई मैले बारेस मार्फत उपस्थित भई वयान गर्दा तिलकराजको हकभोग नै नभएको हुँदा तिरो बुझ्न नमिल्ने कुरा वयान समेत गरेको थिएँ । तिलकराजको उक्त निवेदनमा माल कार्यालय दोलखाका मालपोत अधिकृतले प्रचलित कानूनको वास्ता नगरी प्रतिवादीले पेश गरेको फैसलामा मु. लाल बहादुर भनी देखाएकोेले तालुक फरक भएको र प्रतिवादीले तिरो बुझ्न इन्कार गरेकोले प्रमाण बुझि इन्साफ गर्नुपर्ने हुँदा आजका ३५ दिनभित्र दोलखा जिल्ला अदालतमा फिराद गरी हक कायम गरी ल्याउनु भन्ने सुनाउने, उक्त म्यादभित्र फिराद नदिए वादीले तिरो सदरस्याहा गर्न दिने भनी मिति २०४९।३।१ मा निर्णय गरे । मैले मेरो सम्पत्तिमा हक स्थापित गर्नुपर्ने नभै विपक्षी तिलकराजले नै दावी बमोजिमको जग्गामा हक स्थापित गर्नुपर्ने हो । एउटै प्रकृतिको मुद्दामा पहिले वादी र अहिले प्रतिवादीलाई अदालतमा फिराद गर्न जानु भनी सुनाएकोले मालपोत अधिकृतको निर्णय दोषपूर्ण छ । प्रस्तुत जग्गाको सम्बन्धमा तिलकराजको हक भोगको प्रमाण छै