निर्णय नं. ८३७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/०४/२८ २७८१ निर्णय नं. ८३७ ने.का.प.२०३१ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा सम्वत् २०२९ सालको रिट नम्बर १३६५ आदेश भएको मिति : २०३०।४।२८।१ मा निवेदक : सुर्खेत डाँडा स्यालकोट गा.पं.वार्ड नं.९ बस्ने मु.उदयसिं बुढा क्षेत्री विरुद्ध विपक्षी : जि.भु.सु.का. सुर्खेतको शाखा अधिकृत गोपालप्रसाद शर्मासमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) गाउँको मालपोत असुल तहसील गर्ने मुखिया भूमिसम्बन्धी ऐनको तात्पर्यको लागी जग्गा धनीको परिभाषा भित्र नपर्ने । अब यो निवेदक जग्गा धनी हो होइन भन्ने प्रस्तुत केशमा सर्वप्रथम निर्णय गर्नु पर्ने हुन आउँछ र त्यस सम्बन्धमा विचार गर्दा प्रतिपक्षी नरहरिले पेश गरेको निवेदक मु.उदस सिंले प्रतिपक्षी नरहरिलाई गरी दिएको १०१०।११।१८ को चलनी पूर्जि नक्कलमा वनजंगल नभएको पर्ति बाँझो भएको खोर भन्ने विरौटो खेत चन्द्रमान राणा मगरले लाग दावी छाडेको सोल्डेछ र सो जग्गा मलाई देउ भन्न आएका सो जग्गा तिम्रा नाउँमा मालमा लगत दिई दर्ता गरी खानु भनी नरहरि जैसीलाई चलनी पूर्जि गरी दियाँ भन्ने लेखिएको देखिएबाट उदय सिं गाउको मालपोत असुल तहसील गर्ने मुखिया देखिन आउँछ । त्यस्तो गाउँको मुखिया भूमिसम्बन्धी ऐनको तात्पर्यको लागि जग्गा धनीको परिभाषा भित्र नपर्ने भएकोले निवेदक उदय सिंलाई जग्गा धनी भनी भूमिसम्बन्धी ऐन, ०२१ (संशोधन समेतको) दफा ३२ (१) को खण्ड (ख) अनुसार रु.७०१। जरिवाना गरी ऐ.दफाको उपदफा २ को खण्ड (क) अनुसार निर्देशन जारी गर्ने गरेको प्रतिपक्षी भूमिसुधार कार्यालयको निर्णय त्रुटिपूर्ण देखिएकोले सरकारी विद्वान अधिवक्ताको बहस कानूनसंगत देखिएन । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता कृष्णकुमार वर्मा विपक्षी तर्फबाट : सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : आदेश प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई आज यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : विपक्षी नरहरिले भोग गरी आएको जग्गा निवेदक उदयसिंले चलन गर्न नदिई जवर्जस्ती जोत्न आई मेरा कायम गर्छु भनी दावी गरेको हुँदा मेरो जोत कायम गरी पाउँ भन्ने विपक्षी नरहरिको निवेदक उदय सिं उपर परेको उजूरीमा मोहीलाई जग्गाबाट वेइमानी गरी हटाएकोले भूमिसम्बन्धी ऐन संशोधन समेतको दफा ३२ को उपदफा २ को खण्ड (ख) अनुसार रु. ७०१। निवेदक उदय सिंलाई जरिवाना गर्ने र जग्गा नरहरि जैसीलाई पुनः भोग चलन गर्न दिनु भन्ने निर्देशन जारी गर्ने समेत ठहराई ०२८।८।१ मा प्रतिपक्षी जि.भू.सु.का.सुर्खेतबाट निर्णय भएको रहेछ । ३. विपक्षी नरहरि जैसीले ऐलानी जग्गाको अस्थायी निस्सा कसरी पाएको सो जग्गाको धनी को हुन त्यस्तो ऐलानी जग्गामा मोही लाग्ने हो होइन कुनै विचार नराखी मेरा नाउँमा ३ दिने म्याद जारी गर्नु भएकोमा विरामी भई म्याद गुज्री हुकूम प्रमांगीबाट म्याद थामी जाँदा मिति ०२८।८।१ मा निर्णय भई सकेकोले केही हुन सक्तैन भनी जवाफ दिनु भएको म्याद थामी मलाई सफाई सबूद पेश गर्ने मौका नदिई सबूद नकेलाई न्यायिक मन प्रयोग नगरी हचुवा निर्णय गरी म जग्गा धनी नभएकोलाई जरिवाना गर्ने गरी प्रतिपक्षीले निर्णय गर्नु भएको छ निवेदक न त जग्गावाला हो न त जग्गावालाको तर्फबाट काम गर्ने व्यक्ति हो प्रतिपक्षी पनि मेरो मोही होइन तथा छैन म निवेदक बेसर