निर्णय नं. ८३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०५/२१ २१९३ निर्णय नं. ८३९ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको रिट फु.नं. १७ आदेश भएको मिति : २०३१।५।२१।६ मा निवेदक : का.जि. भाटभटेनी बस्ने लोचनशमशेर थापा विरुद्ध विपक्षी : काठमाडौं नगरपञ्चायत सभा, का.जि. भाटभटेनी बस्ने तेजबहादुर थापा क्षेत्री विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) हकबेहकसम्बन्धी प्रश्न उठेको देखिए नगरपञ्चायत ऐन, २०१९ को दफा १७ (ढ) ले नगरपञ्चायतको अधिकार क्षेत्र भित्र नपर्ने । जहाँसम्म नगरपञ्चायत ऐन, २०१९ को दफा १७ को खण्ड (ढ) को प्रश्न छ, त्यसमा हकबेहक छुट्याउनु पर्ने बाहेक घर पाताल, सडक नाली, सन्धिसर्पन सम्बन्धी उजूर परेमा नगरपञ्चायतले जाँची किनारा गर्ने अधिकार दिएको पाइन्छ, रिट निवेदन जिकिरको का.न.पा.मा परेको मुद्दामा हकबेहकसम्बन्धी प्रश्न उठे नउठेको के रहेछ भन्नेतर्फ हेर्दा विपक्षीले जडान गरेको धाराको निकास पानी मेरो जग्गाबाट सो पटाड्डिनी र घरमा परेको पानीसम्म जाने मेरो एकलौटी निकास ढलमा जान दिन मञ्जुर छैन भन्ने वादी र साविक मेरोसमेत निकास गइरहेको ढलमा धाराको निमित्त पठाएको हो भन्ने प्रतिवादी भई दुई पक्षको मुख नमिलेको कुरामा हकबेहक छुट्याई निर्णय दिनु पर्ने हकबेहकसम्बन्धी प्रश्न उठेकै देखिन्छ । त्यसकारण उक्त दफा १७ को खण्ड (ढ) ले नगरपञ्चायतको अधिकार क्षेत्रभित्र पर्ने कुरै आएन । (प्रकरण नं. १०) आदेश प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।३।३१।५ मा हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : तेजबहादुरसँग धारा जडान गरेको जग्गामा तेरो मेरोमा का.जि.अ.मा मुद्दा दायर छ । त्यसै जग्गाामा चर्पी बनाई सो चर्पीको मल मेरो जग्गामा बगाइदियो भनी उजूर गरेको का.न.पं.स्यानीटेशन फाँटमा छ । उक्त मुद्दा परिरहेको जग्गामा ०२३।३।१२ गते राती धारा जडान गरी सो धाराको पानी मेरो जग्गामा र आकाशबाट पटांगिनी र घरमा परेको पानीसम्म जाने मेरो एकलौटी निकास ढलमा मिलाई लैजान दिन मेरो मञ्जुर छैन भन्ने लोचन शमशेरको उजूरी र सो ढल साविक हो ८७ सालदेखि घर भोग गरी सो पानी आफ्नै जग्गामा परेको ढलमा गइरहेको हो । हालमात्र पठाएको होइन मेरोसमेत निकास गइरहेको ढलमा धाराको निकास पठाएको हो भन्ने समेत तेजबहादुरको प्रतिवादी भएको मुद्दामा अण्डरग्राउण्ड ढल बनाई सो धाराको निकास लान पाउने समेत गरी का.न.पं.सभाबाट ०२५।१२।१०।१ मा फैसला गरेको रहेछ । ३. उक्त निर्णयप्रति आपत्ति जनाउँदै लोचनशम्शेरले दिनु भएको रिट निवेदनमा हकबेहक सम्बन्धी बाहेक अरू मुद्दा नगरपञ्चायत ऐन, २०१९ को दफा १७ (ढ) ले विपक्षी नगरपञ्चायतलाई हेर्ने अधिकार छ । हकबेहकसम्बन्धी मुद्दा हेरी निर्णय गर्न अनाधिकर हो । पटक पटक मुद्दा परी जग्गा मेरो ठहरी अदालतबाट समेत निर्णय भएको छँदाछँदै उक्त फैसलालाई असर पारी अनाधिकार निर्णय हुन गएको त्यसबाट मेरो संविधानको धारा ११ (२) को खण्ड (ङ) र धारा १५ ले प्रदान गरेको संवैधानिक र हकबेहकमा पठाई त्यसबाट न्यायिक निर्णय गर्न पाउने कानूनी हकसमेत हनन भएकोले संविधानको धारा ७१ अनुसार उत्प्रेषणलगायत उपयुक्त आज्ञा आदेश पूर्जि जारी गर