निर्णय नं. ६०५ - उत्प्रेषणको आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०५ - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/१२/२० २७६० निर्णय नं. ६०५ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत २०२६ सालको रिट फु.नं.२८ आदेश भएको मिति : २०२७।१२।२०।६ निवेदक : जि.वा.प्र.खेश्रा मौजे मौतिसर पञ्चायत वा.नं.३ बस्ने भदै सा तेली विरुद्ध विपक्षी : भूमिसुधार विशेष अदालत वारा का.न्या.विजयप्रताप राणा विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ९ : जग्गा भोग गर्नेलाई जग्गावाला–जग्गा जसको नाममा दर्ता छ निजलाई दर्तावाला छुट्ट्याएको प्रष्ट–जग्गावालाको रुपमा फाँटवारी (दफा १३ अनुसार) पेश गरे पनि वास्तविक जग्गावाला अरू देखिएमा–दफा ९ को उपदफा ४ बमोजिम कारवाई हुने र फाँटवारी (दफा १४ अनुसार) प्रकाशित गर्न वा सच्याउने मौका दिन अनावश्यक–दफा १३ बमोजिमको दर्तावालाले उक्त दफाको उपदफा ३ बमोजिम वास्तविक कुरा देखाई फाँटवारी पेश गरेमा मात्र दफा १४ लागू हुने । उपरोक्त पहिलो प्रश्नका सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ९ को अध्ययन गर्दा सो दफामा जग्गावाला भन्ने शब्दको प्रयोग विशेष अर्थमा गरिएको देखिन्छ । दफा २ को खण्ड (क) मा परिभाषा गरिएअनुसारको जग्गावालालाई दफा ९ को उपदफा (१) मा उल्लेखित अवस्था र परिस्थितिमा दर्तावाला मात्र मानिएको छ । दफा २ को खण्ड (क) मा दर्तावालालाई नै जग्गावाला मानी गरिएको परिभाषा दफा ९ को विषय र प्रसङ्गमा मिल्दैन । दर्तावाला एउटा कुनै व्यक्ति छ भने पनि वास्तविक जग्गावाला अर्कै व्यक्ति हुन सक्तछ भन्ने अवस्थाको परिकल्पना गरी दफा ९ ले त्यससम्बन्धमा जग्गाको फाँटवारी पेशगराउने विशेष व्यवस्था गरेको छ । “सोअनुसार कुनै व्यक्ति वा निजका परिवारले आफैले भोग गर्ने मनसायले अरू व्यक्ति खडा गरी आफ्नो जग्गा रजिष्ट्रेशन पास गरी वा अरू कुनै व्यहोराले हक छाडी दिई अरू व्यक्तिका नाउँबाट कुनै जग्गा प्राप्त गरी प्रत्यक्ष वा अप्रत्यक्षरूपले त्यस्तो जग्गा आफैले भोग गरेको रहेछ भने सो जग्गाका सम्बन्धमा निजैलाई जग्गावाला मानिने व्यवस्था दफा ९ को उपदफा (१) मा गरी उपदफा (२) मा सो जग्गाका सम्बन्धमा सो व्यक्तिले नै दफा १३ बमोजिम फाँटवारी पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो जग्गाका सम्बन्धमा निजले म्यादभित्र फाँटवारी पेश नगरेमा म्याद नाघेपछि दर्तावालाले वास्तविक जग्गाधनी देखाई फाँटवारी पेश गर्नसक्ने र त्यसरी फाँटवारी पेश भएमा जग्गामा दर्तावालाकै हक कायम हुने व्यवस्था उपदफा (३) मा र जग्गावाला वा दर्तावालाले फाँटवारी पेश नगरी अरु कुनै व्यक्तिबाट सो कुरा थाहा हुन आएमा तोकिएको अदालतको आदेशले सो जग्गा जफत हुने व्यवस्था उपदफा (४) मा भएको छ ।” उपर्युक्त कानूनी व्यवस्थाको सन्दर्भमा विचार गर्दा जग्गा जुनसुकै व्यक्तिको नाममा दर्ता रहेको भए पनि सो जग्गा वास्तवमा भोग गर्ने व्यक्तिलाई जग्गावाला र जग्गा जसको नाममा दर्ता छ सो व्यक्तिलाई दर्तावालको रुपमा छुट्याएको प्रष्ट हुन्छ र कुनै जग्गाको सम्बन्धमा जग्गावालाको रुपमा कुनै व्यक्तिले दफा १३ बमोजिम फाँटवारी पेश गरे तापनि वास्तविक जग्गा धनी अर्कै व्यक्ति देखिएमा सो जग्गाका सम्बन्धमा दफा ९ को उपदफा (४) बमोजिम कारवाई हुनसक्ने देखिन्छ । त्यस्तो फाँटवारीलाई दफा १४ बमोजिम प्रकाशित गर्न वा सच्याउने मौका दिन आवश्यक छ वा छैन भन्ने कुराका हकमा त्यस्ता दर्तावालाले जग्गावालाको रुपमा फाँटवारी