निर्णय नं. ८४० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०३/२८ २०४२ निर्णय नं. ८४० ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३० सालको रि.फु.नं. ४२ आदेश भएको मिति : २०३१।३।२८।६ मा निवेदक : जि.पर्सा वहर्वा माटा गा.पं. वडा नं. ३ बस्ने दरोगाप्रसाद कुर्मी विरुद्ध विपक्षी : भूमिप्रशासक, भूमि प्रशासन कार्यालय पर्सा विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) गुठी संस्थान अधिनस्थ गुठी जग्गामा तत्काल प्रचलित कानूनअनुसार मोहियानी हक नलाग्ने । यस सम्बन्धमा सर्वप्रथम प्रतिरक्षी भूमिप्रशासकको उक्त विवादग्रस्त निर्णयलाई हेर्दा सो निर्णयमा निवेदकले जोताहाको रूपमा उपर्युक्त जग्गा जोतिआएको स्थितिलाई खलबल्याउने गरी कुनै निर्णय भएको पाइँदैन । निवेदकले लगतमा मोहियानी लेखाएकोले सो लगत कट्टा गरिपाउँ भन्ने प्रतिरक्षी गुरुज महतोको उजूरी परेकोमा गुठी जग्गामा मोहियानी लाग्न नसक्ने भन्ने आधारमा लगत संशोधन गर्ने भन्ने सम्म उक्त निर्णयमा उल्लेख भएको पाइन्छ । यसबाट निवेदकले साविकबमोजिम जग्गा जोत्न नपाउने, जग्गा जोत्न पाउने अधिकारबाट निज बञ्चित हुने वा निजको स्थिति खल्बलिने गरी निर्णय भएको भन्न मिल्दैन । प्रस्तुत उक्त निर्णयमा जग्गा निवेदकले जोती आएको र निवेदक नै सो जग्गाको जोताहा हो भन्ने कुरा प्रष्टरूपमा उल्लेख भएको देखिन्छ । जहाँसम्म मोहियानी हकको प्रश्न छ, गुठी संस्थान अधिनस्थ गुठी जग्गामा तत्काल प्रचलित कानूनअनुसार मोहियानी हक नलाग्ने कुरा निर्विवाद छ र प्रतिरक्षी भूमिप्रशासकले उक्त निर्णयमा सोही कुरा उल्लेख गरेको छ । त्यसबाट निवेदकको कुनै कानूनी हकमा आघात परेको देखिन्न । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद चापागाईँ विपक्षी तर्फबाट : का.मु. सरकारी अधिवक्ता शोभाकर उपाध्याय, अधिवक्ता लवदेव भट्ट आदेश न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : जि.पर्सा हवर्वाभाटा गाउँपञ्चायत वडा नं. ९ को कि.नं. ४४४ को जग्गा विगाहा १–८ र कि.नं. ४५२ को जग्गा कठ्ठा ०–२–० दरोगाप्रसादले लगतमा मोहियानी लेखाएकोले सो लगत कट्टा गरिपाउँ भनी गुरुज महतोले निवेदन दिएकोमा गुठीको जग्गा भएकोले गुठी संस्थान ऐन, ०२१ को दफा १७ ले गुठी संस्थानअन्तर्गतको जग्गामा मोहियानी हक लाग्न नसक्ने भएकाले जोताहाको हैसियतले त्यस्तो जग्गा जोत्ने व्यक्ति दरोगाप्रसाद कुर्मी मोही लेखिए पनि जग्गा नापजाँच संशोधन ऐन, ०२४ को दफा ८ (३) मा तोकिएको अधिकारबमोजिम जग्गा (नाप जाँच) संशोधन नियम, ०२४ को नियम ७ बमोजिम जोताहा दरोगाप्रसाद लेखिएको संशोधन गरिदिने गरी भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५५ अनुसार अन्तिम हुने भनी विपक्षी भूमिप्रशासकले ०२९।१।८ मा निर्णय पर्चा गरेको रहेछ । उक्त निर्णयउपर दरोगाप्रसादले दिएको रिट निवेदनमा मलाई बुझ्दै नबुझी मलाई उजूर प्रतिवाद गर्ने मौकै नदिई निर्णय पर्चा गरेको प्राकृतिक न्याय विरुद्ध हुन गएको छ, भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५५ अनुसार भूमिप्रशासक समेतले पाएको अधिकार भूमिसम्बन्धी ऐनअन्तर्गत पर्ने मुद्दा सम्बन्धलाई मात्र हो, (जग्गा नाप जाँच) ऐन, ०२१ र गुठी संस्था ऐ