निर्णय नं. ४८२९ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८२९ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०६/१८ २६५४ निर्णयनं. ४८२९ ने.का.प. २०५० (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०४९ सालको रिट नं. २४३४ आदेश मिति: २०५०।६।१८।२ निवेदक : काभ्रेपलान्चोक जिल्ला पाँचखाल गा.वि.स. वडा नं. बस्ने चैतलाल कायस्थ । विरुद्ध विपक्षी : मालपोत कार्यालय, काभ्रे समेत । विषय : उत्प्रेषण मिश्रित परमादेश । (१) मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (१) ले सार्वजनिक जग्गा वा सरकारी वन क्षेत्रको जग्गा दर्ता गराउन निषेध गरेको देखिन्छ । केही गरी कुनै व्यक्तिले सार्वजनिक वा सरकारी वन क्षेत्रको जग्गा कुनै व्यहोराले दर्ता गराएमा पनि सोही दफाको उपदफा (३) ले सो दर्ताको नाताले कसैले त्यस्तो जग्गा दावी गर्न वा आवाद गर्न नपाउने र त्यस्तो दर्ता स्वतः बदर हुने प्रावधान समेत रहेको छ । तथापि निवेदकहरुको दर्ता बदर गर्नु भन्दा पहिले निवेदकहरुले हकभोगको दावी लिई दर्ता गराई एक पटक जग्गा धनी प्रमाण पुर्जा समेत प्राप्त गरेको जग्गा के कति कारण वा स्थितिबाट सार्वजनिक जग्गा भएको वा निवेदकहरुको दावी बमोजिम निज वा निजका दाताको हक लाग्ने वा निजहरुका नाउँमा दर्ता हुने होइन भनी निवेदक र निजका दाताको सबुद प्रमाण एवं निजहरुको भनाइ समेतको मुल्यांकन गरी निर्णय गर्नुपर्ने दायित्व रहँदैन भन्न नमिल्ने । (प्र.नं. ९) (२) निवेदक जस्तो लिखत प्रमाणको आधारमा दर्ता गराउने व्यक्तिलाई बुझ्दै नबुझी निर्णय गर्नु यस अदालतबाट पटक पटक प्रतिपादित प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूल हुने स्पष्ट हुँदा मालपोका कार्यालय काभ्रेको निर्णय त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ९) विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट आदेश न्या. केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ । २. मैले काभ्रे पलान्चोक जिल्ला पाँचखाल वडा नं. बस्ने सानुबाबु कायस्थको नाममा दर्ता रहेको ऐ. ऐ. कि.नं. ३८ को ५४–९–१.५ जग्गा मध्ये कित्ताकाट गरी कायम हुन आएको कि.नं. ११६० र ११६५ को जग्गा मिति २०४७।११।२७ मा हालैको वक्सपत्र पारित गरि लिएको हुँ । मालपोत कार्यालय काभ्रेको मिति ०४९।३।२४ को निर्णय अनुसार उक्त जग्गा समेतको दर्ता बदर गर्ने गरेको निर्णयको जानकारी सोहि दिनको पत्रद्वारा मलाई गराइयो सानुबाबु कायस्थबाट मैले पारित गरि लिएको लिखत बदर गर्ने अधिकार प्रत्यर्थीलाई छैन । मलाई बुझ्दै नबुझि मेरो नाममा दर्ता रहेको जग्गाको दर्ता बदर गर्न मिल्दैन । यसरी प्राकृतिक न्यायको सिद्धान्तको उल्लंघन गरी गरिएको मालपोत कार्यालय काभ्रेको टिप्पणी निर्णय त्रुटिपूर्ण छ । नाप नक्सा भएको जग्गा दर्ता गर्न सम्म छुट भएकोमा उक्त जग्गाको साविक दर्ता तिरो र भोगका सम्बन्धमा आवश्यक छानविन गरी तोकिएको समितिको सिफारिसमा दाता सानुबाबु कायस्थले श्रीबहादुर बस्नेतसँग २०३२ सालमा राजिनामा पारित गरी लिएको उक्त जग्गा सबदु प्रमाण साविक विजन गर्दा समेत झिकाई दर्ता गर्न माग गरेकोमा मालपोत कार्यालय काभ्रेबाट स्थलगत सर्जमिन गर्दा घरवास समेत देखिएको र साविक दर्ता, राजिनामा र समितिको सिफारिस समेतको आधारमा सानुबाबु कायस्थको नाउँमा दर्ता भएको जग्गा हो । यसरी साविक देखि नै दर्ता तिरो भ