निर्णय नं. ६०७ - घर चलन चलाईपाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०७ - घर चलन चलाईपाउँ भन्ने भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०२/१४ २२९६ निर्णय नं. ६०७ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२७ सालको दे.फु.नं. १९६७।२२३८ फैसला भएको मिति : २०२८।२।१४।६ पुनरावेदक : का.जि.भोंसिको टोल भई हाल का.जि.डिल्लीबजार बस्ने उमादेवी श्रेष्ठनी विरूद्ध प्रतिवादी : का.जि. भोंसिको टोल बस्ने देवकुमारी श्रेष्ठनी मुद्दा : घर चलन चलाईपाउँ भन्ने (१) सर्वोच्च अदालतको अन्तिम फैसलाबाट कसैको हकको ठहरेको (जस्तोः घर पसलको हक) सगोल भनी अरूले जिकिर लिए पनि अन्य सबूद प्रमाणको अभाव भएमा–उक्त जिकिर पुग्न नसक्ने । त्यसरी सर्वोच्च अदालतको अन्तिम फैसलाबाट उमादेवीको हकको ठहरेको घर पसल सगोलको भनी देवकुमारीले जिकिर लिए पनि अन्य सबूद प्रमाण दिन नसकेकोले देवकुमारीको पुनरावेदन जिकिर पुग्दैन । (प्रकरण नं. ८) पुनरावेदक देवकुमारी तर्फबाट : वैतनिक वकिल श्री टोपबहादुर पुनरावेदक उमादेवी तर्फबाट : वैतनिक वकिल श्री इच्छाहर्ष र अधिवक्ता श्री दिनेशमान प्रधान उल्लेखित मुद्दा :  फैसला न्यायाधीश श्री चन्द्रप्रसाद १. श्री सर्वोच्चअदालत डिभिजन बेञ्चबाट मेरो दाइजो पेवाको ठहरी २०२५।९।२४ गतेका फैसलाले जिती पाएको मेरो भोंसिंको टोलको ब्लक नं.१०।३०१ को घरमा विपक्षीहरू बसिरहेका घर खाली गराउन सकेको छन् छैनन्, बहाल तिरी बसेकी छु । साहु रूद्रमानले देवकुमारीको नाउँमा नालेस गरी थैली भराई लिनुपर्ने आजसम्म गरेको छैन । घर खाली गराई जिउको समेत शान्ति सुरक्षा गरिदिनु भन्ने बाग्मती अञ्चलाधीशज्यूको नाममा हुकुम प्रमांगी बक्स पाउँ भनी उमादेवीले चढाउनु भएको निवेदनपत्रमा श्री बाग्मती अञ्चल अदालत यसमा व्यहोरा साँचो भए त्यस ठाडै बुझी निवेदकको हकको घर कानूनबमोजिम गरी चलन चलाई दिनु भन्ने हुकुम प्रमांगी बक्स भएको रहेछ । २. मेरो निवेदन जिकिरमा लेखएिबमोजिमको मेरो हकको घरमा बस्ने विपक्षीहरूलाई घरबाट उठाई खाली गराई बक्स भएका हुकुम प्रमांगीबमोजिम चलन चलाई पाउँ भन्नेसमेत निवेदीका वादी उमादेवीको २०२६।५।२५।४ को बयान । ३. वादीसँगको घर खिचोला मुद्दामा श्री सर्वोच्चअदालत डिभिजन बेञ्चबाट भएको फैसला बन्धकी लिखत बदर गरिपाउँ भन्ने दावी नभएकोले त्यसतर्फ अहिले बोली रहन पर्ने अवस्था देखिदैंन भनी किटान साथ लेखि भोगबन्धकी लिखत यथावत कायम राखेको चलन चलाई पाउँ भनेको घर वादी सगोल छदैं वादीको लोग्ने सितल काजीसँग रु.१०००१। मा २०१३।८।१५ गते भोगबन्धकी पास गराई म रुद्रमानले लिएको हुँदा उक्त बन्धकी रुपैंवा तिर्न नपर्ने गराउने बिचारबाट वादीले झुठा उजुर गरेकी हुन् भन्ने रुद्रमान दुर्गादेवी समेतको वा भई आफ्ना हकमा समेत हीराकाजीको बयान । ४. वादीको दाइजो पेवा र एकलौटी हकको ठहरी श्री सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको भन्ने कुरा वादीको झुठ्ठा हो । दाइजो पेवा र वादीको एकलौटी ठहरेको छैन । तसर्थ घर सगोलको हुन्छ । सो घर मेरा छोरा वादीको लाग्ने सितलकाजीसँग अंशबण्डा हुँदा मेरो भागमा परेको छ । सो घर रुद्रमानलाई भोगबन्धकी दिएको लिखत श्री सर्वौच्च अदालतबाट पनि कायम गरेको छ । छोरा सितलकाजी र वादी सगोलमा बसेकोले घर चलन चलाई पाउँ भन्ने वादीको उजुर खारेज गरिपाउँ भन्ने देवकुमारीको र सो घर पसल हामीले २०२५ साल फल्गुण मसान्त मै छाडी दिइसकेकोले हामीले चलन दिनुपर्ने होइन छैन भन्नेसमेत हरि महर्जन र हीरा माया समेतको वा निलप्रसादको बयान । ५. रुद्रमान समे