निर्णय नं. ८४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०५/२१ २०७१ निर्णय नं. ८४१ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् ०३० सालको रि.फु.नं. ५२ आदेश भएको मिति : ०३१।५।२१।६ मा निवदेक : जि.भू.प.मौजे धवौली मलीवारा टोल बस्ने सोखत अन्सारी विरुद्ध विपक्षी : ऐ.ऐ.भलियवारा पछवारी टोल बस्ने रामविलास पाण्डे भूमिहार समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनुअगावै मोहियानीमा कमाएको भन्ने र भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ भइसकेपछि कमाएको भन्ने तथ्यमा फरक परी डिभिजन बेञ्चबाट कानून प्रयोग गरी भएको निर्णयलाई रुलिंग बाझिएको भन्न मिल्ने नदेखिने । यसमा रि.नं.२२१ निवेदक तीर्थबहादुर विरुद्ध जि.भू.सु.का.ललितपुर समेतको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा ०२४।६।२।२ को डिभिजन बेञ्चबाट निर्णय हुँदा भूमिसम्बन्धी नियमहरू, ०२१ को नियम ६ बमोजिम मोही कायम गरी लगत प्रकाशित भएउपर नियम ७ बमोजिम उजूर परेमात्र लगत सच्चिन सक्ने भन्ने सिद्धान्त कायम भइसकेको र प्रस्तुत मुद्दामा पनि म निवेदकले जो.अ.नि.प्राप्त गरी लगत प्रकाशित भएकोमा नियम ७ बमोजिम कसैको उजूर नपरेकोमा ०२९।४।१९।५ को डिभिजन बेञ्चबाट भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ बमोजिम कबुलियत नहुँदा कानूनबमोजिम हक प्राप्त मोही नदेखिएको भन्ने निर्णय हुन गएकोले एकै बिषयमा २ किसिमको रुलिंग हुन गई बाझिएको भन्ने निवेदकको मुख्य जिकिर रहेछ । मिसिल हेर्दा रि.नं.२२१ निवदेक तीर्थबहादुर विरुद्ध जि.भू.सु.का.ललितपुर समेतको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा भूमिसम्बन्धी ऐन, ०२१ प्रारम्भ हुनुभन्दा अगावैदेखि मोहियानीमा कमाएको भन्ने र प्रस्तुत मुद्दामा चाहिँ भूमिसम्बन्धी ऐन, ०२१ प्रारम्भ भइसकेपछि ०२६ सालदेखि कमाएको भन्ने भई तथ्यमा फरक देखिन्छ, मोहियानी हक प्राप्तिको सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा (१) मा यो दफा प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाइआएको व्यक्तिलाई सो जग्गामा यो परिच्छेदबमोजिमको मोहीको हक प्राप्त हुनेछ भन्ने र सोही दफा २५ को उपदफा (२) मा यो दफा प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएछ र सो व्यक्तिले मुख्य बार्षिक उब्जनीको एक बालीसम्म मोहीको हैसियतले कमाएको छ भने निज स्वतः सो जग्गाको यो परिच्छेदबमोजिमको हक प्राप्त मोही हुनेछ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । उक्त २ मुद्दाको भिन्न तथ्य भएकोमा भिन्न–भिन्न कानूनको प्रयोग गरी ०२४।६।२।२ र ०२९।४।१८।५ को डिभिजन बेञ्चबाट निर्णय भएको देखिएकोले उक्त २ डिभिजबेञ्चको रुलिंग नमिलेको भन्न मिल्ने देखिएन । अतः रुलिंग बाझिएको नै नदेखिएपछि अरू कुरा विचार गरिरहनु परेन, तामेलीमा राख्न नियमबमोजिम बुझाइदिनु । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता इच्छाहर्ष विपक्षी तर्फबाट : सरकारी अधिवक्ता रतनलाल कनौडिया आदेश प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा निवेदक तीर्थबहादुर खत्री क्षेत्री, विपक्षी जि.भू.सु.अ.ल.पु.को भू.सु.अधिकारी भएको उत्प्रेषणको रिट निवेदनमा ०२५।६।२ मा भएको डिभिजन बेञ्चको निर्णयको रुलिंगसँग यस मुद्दामा ०२९।४।