निर्णय नं. ८४२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८४२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०९/१७ २०८३ निर्णय नं. ८४२ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री माननीय न्यायाधीश श्री वाशुदेव शर्मा सम्वत् ०२७ सालको रि.फु.नं. २४ आदेश भएको मिति : २०२७।९।१७।६ निवेदक : वागवीर बुढाको छोरा जिल्ला डोल्पाअन्तर्गत तारागाउँ पञ्चायत सगर तारागाउँ बस्ने डोल्पा जिल्लाको सभासद ताकला बुढा विरुद्ध विपक्षी : जिल्ला डोल्पा गुम्बाहा तारागाउँ बस्ने रा.पं.स.कमलबहादुर बुढा समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) ऐनको दृष्टिमा निर्वाचित जिल्ला सभा सदस्य तथा मनोनित जिल्ला सभा सदस्यमा समान अधिकार कर्तव्य दिएको पाइने । २० वटा गाउँपञ्चायत नपुगेको कारणले मनोनित जिल्ला सभा सदस्य २० वटा गाउँ पुगेपछि स्वतः हट्ने भन्न कानूनसंगत नहुने । (२) पद रिक्त नरहेको अवस्थामा निर्वाचनलाई जिते तापनि कानूनले निर्वाचनबाट कानूनी हक प्राप्त भएको नदेखिने । विपक्षी कमलबहादुर २० वटा गाउँपञ्चायत नपुगेसम्मको लागि मात्र मनोनित भएकोले २० वटा गाउँपञ्चायत गठन भई विधिवत निर्वाचन भइसकेपछि उहाँको जिल्ला सभाको सदस्यता स्वतः खारेज हुने हो भन्ने निवदेकतर्फका विद्वान वकिलको तर्कका हकमा मनोनित जिल्ला सभा सदस्यको अधिकार कर्तव्यको के–कस्तो व्यवस्था रहेछ भन्ने समेत हेर्नुपर्ने आवश्यक हुन आयो । जि.पं.ऐन, २०१९ को दफा ४९ मा श्री ५ को सरकारले जिल्ला सभाका सदस्यहरू मनोनित गर्ने भन्ने भई उपदफा (१) मा बीसभन्दा कम गाउँपञ्चायत भएका जिल्लाहरूका सम्बन्धमा जिल्ला सभाका सदस्यहरूको संख्या २० नपुगेसम्म श्री ५ को सरकारले मनोनित गर्न सक्ने र उपदफा (२) मा त्यस्तो मनोनित सदस्यहरू जिल्ला पञ्चायतका सदस्य छानिएमा निजहरूको पदावधि, कर्तव्य र अधिकार निर्वाचित सदस्यहरू सरह हुनेछ भन्ने भएको र उपदफा (३) मा त्यस्तो मनोनित सदस्यहरू श्री ५ को सकारको इच्छानुसार बहाल रहनेछन् र निजहरूको कर्तव्य र अधिकार निर्वाचित सदस्यसरह हुनेछ भन्ने व्यवस्था भएको पाइन्छ । जिल्ला पञ्चायत ऐन, २०१९ को दफा ३ मा जिल्ला सभाको स्थापना र गठन भन्ने र उपदफा (२) मा जिल्ला सभामा देहायबमोजिमका सदस्यहरू रहनेछन् भन्ने र खण्ड (क) मा प्रत्येक गाउँपञ्चायतले आफ्नो सदस्यहरू मध्येबाट तोकिएबमोजिम छानेको एकजना व्यक्ति ...सदस्य भन्ने भई खण्ड (घ) मा नेपाल कानूनद्वारा व्यवस्था गरिएको अन्य सदस्य ...सदस्य भन्ने भएकोले गाउँपञ्चायतले आफ्नो सदस्य मध्येबाट तोकिएबमोजिम छानेको एकजना व्यक्ति वा नेपाल कानूनद्वारा व्यवस्था गरिएको अन्य सदस्य भन्ने व्यक्तिसमेत जिल्ला सभा सदस्य हुन सकिने भन्ने देखियो र जि.पं.ऐन, २०१९ को दफा ४९ (३) अनुसार त्यस्तो मनोनित सदस्यहरूको कर्तव्य र अधिकार निर्वाचित सदस्यसरह हुनेछ भन्ने भएबाट ऐनको दृष्टिमा निर्वाचित जिल्ला सभा सदस्य तथा मनोनित जिल्ला सभा सदस्यमा कुनै अन्तर नभई समान अधिकार कर्तव्य दिएको पाइन्छ । माथि लेखिएबमोजिम विपक्ष कमलबहादुर बुढा जि.पं.को सभापतिमा निर्वाचित भएपछि जि.पं.ऐन, २०१९ को दफा ४९ (२) अनुसार निजको पदावधि, कर्तव्य र अधिकार निर्वाचित सदस्यसरह हुनेभयो । जिल्ला पञ्चायत (संशोधन) ऐन, २०२१ ले थपेको उपदफा (३) मा उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशमा दफा ७ मा जुनसुकै कुरा लेखिएको भए तापनि गाउँपञ्चायत नगरपञ्चायतको कुनै सदस्य जि.पं.को सभापति उपसभापति वा सदस्य छानिएमा सो हैसियतले जिल्ला सभामा निजक