निर्णय नं. ६०९ - साझेदारी जग्गाबाली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०९ - साझेदारी जग्गाबाली भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०३/०४ २३१५ निर्णय नं. ६०९ ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री झपट सिंह रावल न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत २०३७ सालको दे.फु.नं. १०२ फैसला भएको मिति : २०२८।३।४।६ निवेदक : जि.घ.प्र.को मौजे जनकपुर विसहरा सहोद्रा पट्टि बस्ने भगवतीप्रसाद उपाध्याय विरूद्ध विपक्षी : ल.पु.ई.जावलाखेल घर भई हाल जि.घ.प्र.को मौजे जनकपुर विसहा सहद्रा पट्टि बस्ने डाक्टर वसन्तबहादुर राजभण्डारी मुद्दा : साझेदारी जग्गाबाली (१) जग्गा ठेकामासम्म कवूल गरी पाउने ठेकेदारले आफू खुशी वीचमा अर्को मानिससँग साझेदारी खडा गरी हक छाडी दिन नहुने । प्रतिवादी डा.वसन्तबहादुरले कुन स्थितिमा सो जग्गा पाउनु भएको रहेछ भन्नेतर्फ हेर्दा मिसिल सामेल पेश भइराखेको निज डा.वसन्तबहादुरको ०१५।६।२९।४ को कवुलियत नक्कलसमेतबाट जनकपुर मेनेजरी तालुक श्री रामचन्द्र गुठीको जग्गा साल वसाल मनखप ठेक बुझाउने कवुल गरी ठेकामासम्म पाएको देखिन आउँछ । यस किसिम ठेक्का कबुल गर्ने ठेकदारको कवुलबमोजिम मनखप ठेक बुझाई खान पाउनेसम्म हक हुने हो, जग्गाको स्वामित्वको हकमा जनकपुर मेनेजरीकै कायमरहने कुरा प्रष्टैछ । यस्तो जग्गा ठेकमासम्म कबुल गरी पाउने, ठेकदारले आफू खुशी बीचमा अर्को मानिस साझेदार खडागरी हक छाडी दिन र त्यसरी पाउनेको हक कायम हुन नसक्नेसमेत हुनाले प्रतिवादीले गरी दिएको ०१५।७।१।६ को साझेदारीको शर्त लिखतबमोजिम ४ भागको १ भाग जग्गा छुट्टा्याइपाउँ भन्नेसमेत जग्गाको स्वामित्व नै आफ्नो कायम गर्ने किसिमको दावी लाग्न सक्ने प्रश्नै आउँदैन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे उल्लेखित मुद्दा : फैसला प्रधान न्यायाधीश श्री रत्नबहादुर १. विपक्षी र म २ जनाले साझामा जनकपुर मेनेजरी मटिहानी अस्थान मातहतको जि.प्र.म.मौजे गोनोरपुर भमरपुरा उश्राही विर्ताको जग्गा बिगाहा ११७ र प्र.को मौजे जनकपुर विसहरा सहोद्रा पट्टिको जिरायत जग्गा बिगाहा ८३ समेत जग्गा मनखप जनकपुर मेनेजरीमा बुझाई सधैंको लागि खान पाउने गरी श्री ५ महाराजाधिराज सरकारबाट बक्सेकाले जम्मा जग्गामा बाह्र आना विपक्षी डाक्टर साहेब र चार आना मैले खाने व्यवस्था पहिलेकै लिखत सल्लाहअनुसार सो व्यहोरा डाक्टर साहेबले श्री ५ मा बिन्ती गरी बक्स भएको जग्गा कबुलियतसमेत भई गोनरपुरा भमरापुरा उश्राही विर्ता पट्टिको साझेदारबाट बाँडफाँट गरी आफ्नु भोगचलन भैसकेको र जनकपुर विसहरा सहोद्रा पट्टिको जिरायततर्फ डाक्टर साहेबले मेनेजरी अड्डामा कबुलियत गरी ०१५ साल कार्तिक १ गतेमा गरीदिनु भएको साझेदार लिखतबमोजिम जग्गाको आयस्ता राम मन्दिर दाखेल गर्नसमेत डाक्टर साहेबले लिई मेरो फाँट चारआना हिस्साको फाँट १७ सालसम्मको जो आएको दिई भरपाई लिंदै गुर्नुभएको थियो । ०१८ सालको बाली श्रीचं साहुको उजूरीले रोक्का रहेको ०१९ साल देखि नदिई एकलौटी लिई जग्गाको हकबाटै मलाई बन्चित गर्न नचाहिंदो अवैध कुरापट्टि लागी झै झगडा गर्न लाग्नु भयो । जग्गा घर समेतको कित्ता १ र अन्यत्रको जग्गामध्येबाट कृषि फाराम नहर विभाग वन विभागको घर अफिस कम्पाउण्डलाई गएको जग्गा बाहेक बाँकी रहेको जग्गामा हाल आसु भदै बाली र धान बाली लागेकोछ । भदैया पाक्न लागेकोले यो मुद्दा निर्णय नभएसम्म बाली रोक्का गरी उक्त जग्गा ८३ बिगाहामध्ये माथि उल्लेख भएको सरकारी अड्डाखानाम