निर्णय नं. ६१० - उत्प्रेषणको आदेश जारी गरीपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६१० - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०९/१६ २२०० निर्णय नं. ६१० ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२६ सालको रिट नम्बर ३७७ आदेश भएको मिति : २०२७।९।१६।५ निवेदक : जि.वारा.प्र.खेश्राहा मौजे छतवा गा.पं.वा.नं.६ बस्ने रामेश्वर राउत अहिर बिरूद्ध विपक्ष : श्री का.मु.भूमि प्रशासक, भूमी प्रशासन कार्यालय कलैया, वारा समेत विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ (१) भूमिसम्बन्धी ऐन,२०२१ को दफा २६ को उपदफा (१) र दफा २८को उपदफा (१) र (३): दफा २६ (१) अन्तर्गतको सूचनालाई दफा २८ (१) अन्तर्गतको आदेशसरह मानी दफा २८ (३) अन्तर्गतको पुनरावेदन सुन्ने अधिकारीको अधिकार भूमिसुधार अधिकारीले प्रयोग गर्न नहुने । यस स्थितिमा दफा २६ को उपदफा (१) अन्तर्गतको सूचनालाई दफा २८ को उपदफा (१) अन्तर्गतको आदेशसरह मानी उक्त दफा २८ को उपदफा (३) अन्तरर्गत पुनरावेदन सुन्ने अधिकारीको अधिकार प्रयोग गर्नु कानूनसङ्गत नहुने कुरा स्पष्ट छ । (प्रकरण नं. ६) निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी : उल्लेखित मुद्दा : आदेश न्यायाधीश श्री विश्वनाथ उपाध्याय १. भूमिसुधार सर्भे नापीमा मेरा नाउँको छतबा गा.पं.वार्ड नं.४ को कि.नं.१२ को जग्गा बिगाहा ।१ र ऐ वार्ड नं.६ को कि.नं.१६२ को जग्गा विगाहा ।२। समेत रामप्रित महरा चमारका नाउँमा जोताहा भई निजले कमाई आएकोमा उक्त जग्गा कमाउन असमर्थ भई जोत्न सक्दिन, ०२५ सालको बालीदेखि जग्गा धनीलाई सौंपी पाउँ भनी रामप्रित महरा चमारको निवेदन पर्न आएको भू.सं दफा २६ बमोजिम सूचना गरिएको छ भनी छतवा गा.पं.बाट ०२४।९।१० मा मलाई सूचना दिनु भएकोले मैले नै जोतभोग गरी चलन गरेको थिए । उक्त उल्लेख गरिएको जग्गाको जोताहा अस्थाई निस्सा पाएको छु, ०२५ सालको बाली बुझाएको भरपाई नदिएको र मोही डर धाक देखाई छोडाएकोले मोहिया कायम गरिपाउँ भन्ने विपक्षी राम औतारले ०२५।९।८ गते निवेदन दिई विपक्ष भूमि प्रशासकज्यूले सनाखत समेत गराई मलाई बुझिएकोमा मेरो जग्गा जोताहाले पञ्चायतमा छाडी मलाई सूचना दिएकोले मैले जोति भोगी आएकोछ भन्नेसमेत बयान भएको थियो यसैसाथ संलग्न गरिएको विपक्षी भूमि प्रशासकज्यूले गर्नु भएको फैसलामा धनीले बाली बुझी लिएको भन्ने भएबाट बाली बुझेको भरपाई गरी दिनुपर्ने ठहर्छ, दुबै कित्ता जग्गा निज मोहीको नामबाट खारेज गरी रामेश्वर राउत अहिरलाई जग्गा जोत आबाद गर्नु भनी पञ्चायतको सूचनाउपर चित्त नबुझेको निज निवेदकले ऐनका म्यादभित्र पुनरावेदन गर्न आएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को संशोधन विधेयक ऐन, ०२५।७।९ को दफा १५ ले मूल ऐन संशोधन ऐन दफा २८ को उपदफा ३ बमोजिमउपरोक्त कि.नं.१२ को र कि.नं.१६२ को मोहीहक खारेज गरेको सूचनालाई रद्द गरी निज मोही राम औतारको मोही हक कायम गरियो भन्ने उल्लेख गर्नु भएको छ । निवेदन सनाखत गरेको भन्ने फैसलाको उतारमा नै लेखिएकोछ पञ्चायतउपर पुनरावेदन पर्न आएको भनिएकोमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ मा विपक्षी भूमि प्रशासकज्यूले पुनरावेदन सुन्न पाउने कहीं कतै उल्लेख गरिएको छैन । ऐ दफा २८ को व्यवस्था र दफा २६ को व्यवस्था छुट्टा छुट्टै हो र पञ्चायतले दिएको भूमिसम्बन्धी ऐनको दफा २६ को सूचनालाई रद्द गर्न पाउने वाहालाई कुनै पनि कानूनले अधिकार दिएको छैन । त्यस्तो अधिकार नभएकोमा विपक्षीले जुन निर्णय फैसला गर्नु भएको छ त्यो अ.बं.३५ नं.ले बदरै हुनु पर्दछ ।उपरोक्त उल्लेख