निर्णय नं. ८१६१ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१६१ - उत्प्रेषणयुक्त परमादेश भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०१/३१ ३२७६ निर्णय नं. ८१६१ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत, विशेष इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गौरी ढकाल 065-WS-0006 आदेश मितिः २०६६।१।३१।५ विषयः— उत्प्रेषणयुक्त परमादेश । निवेदकः का.जि.का.म.न.पा.वडा नं. ३५, कोटेश्वर स्थित नाप इन्टरनेशनल प्रा.लि समेत । विरुद्ध विपक्षीः नेपाल सरकार मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार समेत । § कानूनको व्यवस्था समयसापेक्ष हुनु पर्दछ । समय अनुकूल नरहेका व्यवस्था वा प्रावधानलाई परिमार्जन गरी राज्यले संविधानको भाबना विपरीत नहुने गरी कानून बनाउन सकिने । § संशोधित कानून आउनुभन्दा पहिले वैदेशिक रोजगार सञ्चालन गर्न पाउने गरी दर्ता भएका व्यबसाय, व्यबसाय दर्ता हुँदाका बखतको व्यवस्था विपरीत हुने गरी कानून निर्माण गर्न नहुने भन्न नसकिने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३, १२(१)(२)(३), १८ र १९ § वैदेशिक रोजगार ऐन, २०४२ को दफा ६, ८, २७ § वैदेशिक रोजगार नियमावली, २०५६ को नियम ३(१)क, ३ § वैदेशिक रोजगार ऐन, २०६४ को दफा १०, ११, ११(३), ११(२) आदेश प्र.न्या.मीनबहादुर रायमाझीः नाप इन्टरनेशनल प्रा.लि.ले २०६१।९।२३ मा इजाजतपत्र प्राप्त गरी २०६८ साल असार मसान्त सम्मका लागि नवीकरण गरी आएको छ । फ्युजन इन्टरनेशनल प्रा.लि. २०६२/६/७ मा इजाजतपत्र प्राप्त गरी ०६८ असार मसान्तसम्म नवीकरण गरी आएको, सिद्धिबाबा ओभरसिज प्रा.लि. २०६२।०५।०७ मा दर्ता भै २०६८ असार मसान्तसम्म नवीकरण गरिआएको र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ जि.प्र.का. काठमाडौँमा दर्ता भै वैदेशिक रोजगारमा काम गर्ने संस्थाहरूको छाता सँगठनको रुपमा कार्यरत् रही आएको संस्था हो । वैदेशिक रोजगार ऐन, २०४२ र वैदेशिक रोजगार नियमावली, २०५६ अन्तर्गत वैदेशिक रोजगारका लागि दर्ता भएका संस्थाले तत्कालीन श्री ५ को सरकार हाल नेपाल सरकार समक्ष निवेदन दिई आवश्यक प्रक्रिया पुरा गरी ऐ. नियमावली, २०५६, को ३(२) बमोजिम ५ लाख रु. धरौट र १० हजार रु. इजाजतपत्र दस्तूर तिरी वैदेशिक रोजगार संस्था दर्ता भै हजारौं वेरोजगार युवा युवतीलाई सम्बन्धित निकायको स्वीकृति प्राप्त भै विदेशमा कामदारको रुपमा पठाएका छौं । यसै बीचमा समय समयमा वैदेशिक रोजगार ऐन, २०४२ को २०५०।२।२० मा पहिलो र २०५४।१०।१५ मा दोस्रो संशोधन भै कार्यान्वयन हुँदै आएको छ । पहिलो र दोस्रो संशोधन हुँदा समेत इजाजतपत्रको दस्तूरको बारेमा कुनै रकम थपघट नभै यथावत रहेको थियो । यसरी वैदेशिक रोजगार ऐन, २०४२ र ऐ नियमावली, २०५६ को सफल कार्यान्वयन भै आएकोमा वैदेशिक रोजगार ऐन, २०६४ जारी भै पछि मिति २०६४।५।१९ देखि लागू भएको छ । यसरी जारी भएको वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११(३) को बन्दोवस्तले साविक वैदेशिक रोजगार ऐन, ०४२ अन्तर्गत दर्ता भएका वैदेशिक रोजगार संस्थाहरूलाई थप धरौटी दस्तूर, बैंक ग्यारेण्टी दिनुपर्ने वाध्यात्मक व्यवस्था लागु गरी भूतलक्ष्मी कानून बनाई लागु गरेबाट साविक वैदेशिक रोजगार ऐन, २०४२ अन्तर्गत दर्ता भएका सबै वैदेशिक रोजगार संस्थालाई अतिरिक्त आर्थिक भार व्यहोर्नु परेकाले नेपालको अन्तरिम संविधानको धारा १२, १३ द्वारा प्रदत्त मौलिक